काठमाडौं ।
सोलुखुम्बु बाट काठमाडौँ आउदै गरेको बस दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।
सोलुखुम्बुबाट काठमाडौँ आउदै गरेको बागमती प्रदेश ०१–००६ ख ५५८२ नम्बरको उग्रचण्डी डिलक्स बस शुक्रबार बिहान साल्मेमा पल्टिँदा चालक र कन्डक्टर घाइते भएका छन्।
बिहान ४ बजे दुर्घटनामा परेका दुईजनाको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ भने अन्य पाँच जना सकुशल छन्।
बसको दाहिने भागमा क्षति पुगेको र सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।