Author: नेपाल राज्य

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले आफ्ना सदस्यहरूको २०८२/०८३ सालको लागि सदस्यता नविकरण खुला गरेको छ। समूहले हालसम्मका सबै सदस्यहरूलाई आगामी वर्षको लागि सदस्यता नविकरण २०८२ साउन मसान्तभित्र अनिवार्य रूपमा गर्न अनुरोध गरेको छ। समूहका अनुसार २०८०/८१ सम्मको सदस्यता असार मसान्तसँगै समाप्त हुने भएकाले साउन मसान्तभित्र नविकरण नगर्ने सदस्यहरुको सदस्यता स्वतः खारेज हुने जानकारी दिइएको छ। त्यस्तै, फोटो पत्रकारितामा संलग्न योग्यता पुगेका व्यक्तिहरूका लागि नयाँ सदस्यता आवेदन खुला गरिएको छ। समूहको विधान २०५३ बमोजिमका मापदण्ड पुरा गर्ने फोटो पत्रकारहरूले यो सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन्। नयाँ सदस्यता आवेदकले पेश गर्नुपर्ने कागजातहरू: १.…

Read More

काठमाडौं । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिकमा वृद्धि गर्दै अब मासिक १९ हजार ५५० रुपैयाँ पुर्‍याउने निर्णय गरेको छ। यो निर्णय आजदेखि औपचारिक रूपमा कार्यान्वयनमा आएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत श्रमिकप्रति सम्मान जनाउँदै लेखेका छन्: “श्रम बिना प्रगति सम्भव छैन, श्रमिकको सम्मान बिना समृद्धि सम्भव छैन।” प्रधानमन्त्री ओलीका अनुसार करिब २१ लाख श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध भइसकेका छन्। उनले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले श्रमिकको भविष्य सुरक्षित गर्ने विश्वास पनि दोहोर्‍याए। साथै, सरकारको नीति अनुसार अब रोजगारीमा संलग्न सबै व्यक्तिको सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकरण गरिनेछ। कम्पनी, फर्म, सहकारी वा कुनै संस्था नवीकरण गर्दा श्रमिकका लागि कोषमा…

Read More

अर्घाखाँची । नेकपा (एकीकृत समाजवादी) अर्घाखाँचीका अध्यक्ष राम बहादुर चौहानले नेकपा एमालेलाई लोकप्रिय पार्टी बनाउने क्रममा आफ्नो महत्वपूर्ण भूमिका रहेको दाबी गरेका छन्। जिल्ला अध्यक्ष चौहानले एमालेमा रहँदा मालारानी गाउँपालिका–५ बाँगी लगाएत जिल्ला लाई एमालेको किल्ला बनाएको उल्लेख गर्दै भने, “९५ प्रतिशत एमाले मत ल्याएर त्यो क्षेत्रको राजनीति मोडल बनाएको थिएँ। त्यसबेला जिल्ला हुँदै देशभर एमालेलाई एक नम्बर पार्टी बनाउन हाम्रो योगदान छ ।” अध्यक्ष चौहानले एमालेका कार्यकर्ताको इमानदारीको खुलेर प्रशंसा गर्दै ७५ प्रतिशत नेता कार्यकर्ता अझै पनि उनलाई माया गर्ने बताएका छन्। उनले भने, “मैले तिनलाई भुल्न सक्दिन। तर अहिले एमाले नेतृत्व भित्र ‘म नै सर्वेसर्वा’ भन्ने प्रवृत्तिले पार्टीलाई…

Read More

कञ्चनपुर । छाउगोठमा सर्पदंश लागेर मृत्यु भएकी २८ वर्षीया कमला दमाईंका परिवारलाई नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नं २ (क) प्रदेशसभा कार्यसमितिले आर्थिक सहायता प्रदान गरेको छ। सभापति झंकरबहादुर खडका (पुरन)को नेतृत्वमा रहेको टोलीले मृतकका श्रीमान् पुरन दमाईं र तीन सन्तान आयुष, आशिष तथा आदित्यलाई रु २१ हजार ५ सय हस्तान्तरण गरेको हो। सहयोग मानवीय भावनाले स्वस्फूर्त रूपमा संकलन गरिएको खडकाले बताए। उनले छाउपडीजस्ता हानिकारक परम्पराका कारण महिलाको जीवन संकटमा पर्नु दु:खद रहेको भन्दै यस्ता कूरीतिहरू अन्त्य गर्न सरकारी तथा सामाजिक पहल आवश्यक रहेको बताए। प्रदेश कार्यसमितिका सदस्य उत्तमराज भट्टले छाउगोठ हटाउन मात्र नभई सोच परिवर्तन गर्न व्यापक सचेतनामूलक अभियान चलाउनु…

Read More

अर्घाखाँची । अर्घाखाँचीमा रवी लामिछानेको पक्षमा ७ हजार अधिक हस्ताक्षर सङ्कलन गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीका सभापति हरिप्रसाद भुसालले पार्टीका अध्यक्ष रवी लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनसमर्थन सङ्कलन गर्न सुरु गरिएको हस्ताक्षर अभियानप्रति गाउँ–गाउँमा सकारात्मक प्रतिक्रिया देखिएको बताएका हुन् । गाउँस्तरमा जनमत बुझ्नका लागि टोलीसहित गाउँ पसेका भुसालले सामाजिक सञ्जालमार्फत अभियानका क्रममा देखिएका तीनवटा मुख्य पक्ष सार्वजनिक गरेका छन्। उनका अनुसार गाउँका सर्वसाधारण रास्वपाको पक्षमा उभिन तत्पर देखिएका छन्। “धेरैले हस्ताक्षर अभियान कहिले आउँछ भनेर कुरिरहेका थिए। अभियानप्रति चासो र आत्मीयता अत्यधिक पाइयो, जिल्लाभर ७ हजार अधिकको हस्ताक्षर सङ्कलन गरेका छौ, वडाको रिपोर्ट आउन बाकी छ ।…

Read More

अर्घाखाँची, सन्धिखर्क । साउन महिनाको आगमनसँगै अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका–२, भक्तिटोलस्थित श्री सिद्धेश्वर शिवालय मन्दिरमा यसवर्ष पनि बोलबम विशेष धार्मिक कार्यक्रमको आयोजना गरिने भएको छ। शिव भक्तहरूको उत्साहपूर्ण सहभागिता रहने यो वार्षिक कार्यक्रम यसपटक साउन १ गते बिहीबार बिहान ७:३० बजेबाट सुरु हुनेछ। आयोजक श्री सिद्धेश्वर शिवालय मन्दिर व्यवस्थापन समितिका अनुसार, बिहान साढे सात बजे भजन–कीर्तनसहितको कलश यात्राबाट नगर परिक्रमा आरम्भ हुनेछ। कलश यात्रापछि बिहान ९:३० बजेबाट हवनसहित सामूहिक लघु रुद्राभिषेक गरिने कार्यक्रम तय गरिएको छ। दिउँसो ३:३० बजे भने विशेष शिव ताण्डव नृत्य र शिव महाआरतीसहित पुष्पाञ्जली अर्पण गरिनेछ। मन्दिर समितिले सम्पूर्ण भक्तजनहरूलाई कार्यक्रममा सहभागी भई पुण्य लाभ लिन…

Read More

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सत्तारूढ गठबन्धनलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। भूमि विधेयकप्रति असन्तुष्टि जनाउँदै आएको जसपाले सभामुख देवराज घिमिरेलाई औपचारिक जानकारी गराइसकेको छ। हालै उपेन्द्र यादवसहितका नेताहरूले बालुवाटारमा सत्तारूढ कांग्रेस–एमाले नेतासँग छलफल गरेपछि जसपा सरकारमा सहभागी हुने चर्चा चलेको थियो। तर निर्णय उल्टिएको छ। प्रतिनिधिसभामा बहुमत रहेको सत्तारूढ गठबन्धनलाई राष्ट्रियसभामा भने तीन सिट कम छन्। जसपाको समर्थनले बहुमत पुग्ने अपेक्षा गरिएको थियो। यसअघि नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन फिर्ता लिइसकेको छ।

Read More

सप्तरी। कामको सिलसिलामा भारतको गुजरात पुगी असहज परिस्थिति झेलिरहेका पाँच नेपाली मजदुरको सकुसल उद्धार गरिएको छ। भारत गुजरातको जोहरापुरा गाउँस्थित रामदेव कोल्डस्टोरमा काम गर्ने सप्तरी जिल्ला तिरहुत गाउँपालिका र हनुमाननगर कङ्काल्नी नगरपालिकाका पाँचजना मजदुरको उद्धार गरी उनीहरूलाई परिवारसमक्ष जिम्मा लगाइएको हो। तिरहुत गाउँपालिकाका अध्यक्ष विजय यादवका अनुसार काम लगाउने ठेकेदारले कुटपिटसहित मानसिक तथा शारीरिक यातना दिनेगरेको र सम्झौताअनुसारको पारिश्रमिक दिनुको सट्टा कार्यक्षेत्रमा डरधम्की देखाइ श्रम शोषणमा परेका तिरहुतका-४ का ६० वर्षीय सकलदेव सदा र हनुमाननगर कङ्कालिनी-८ का २८ वर्षीय चन्दन खङ्ग एवं शैलेन्द्र सदासहित पाँचजनालाई सकुशल उद्धार गरिएको हो। अध्यक्ष यादवले पीडित मजदुरहरूको उद्धार गरी नेपालसम्म ल्याउने काममा सञ्चारकर्मीसमेत रहेका…

Read More

अर्घाखाँची । सञ्चार माध्यमको प्रभावकारी प्रयोग गर्दै डढेलो नियन्त्रण र वन संरक्षणमा सक्रिय रहेका मालारानी-५ बाँगीका पत्रकार सागर महतलाई डिभिजन वन कार्यालय अर्घाखाँचीले सम्मान गरेको छ। रेडियो, टेलिभिजन र अनलाइनमा रिपोर्टिङ, अन्तरवार्ता र जनचेतनामूलक कार्यक्रममार्फत उनले समुदायमा चेतना फैलाउँदै आएका थिए। कार्यक्रममा सभागीले महतजस्ता सञ्चारकर्मीको सक्रियता अभियान सफलतामा टेवा पुगेको बताए। सम्मान ग्रहण गर्दै महतले भने, “वन बचाउन कलम पनि उत्तिकै शक्तिशाली हतियार हो। यो मेरो पेशा मात्रै होइन, प्रतिबद्धता पनि हो।” कार्यक्रममा पत्रकार महासंघ, स्थानीय सञ्चारकर्मी, सरोकारवाला निकाय र वन अधिकारीहरूको उपस्थिति थियो।

Read More

काठमाडौं । नेकपा (एमाले)ले भोलि अर्थात् बिहीबारका लागि सचिवालय बैठक बोलाएको छ। पार्टी मुख्यालय च्यासलमा बैठक बिहीबार दिउँसो १ बजे बस्नेछ। सचिवालय बैठकमा पार्टीको आगामी पोलिटब्युरो बैठक (२ साउन) र केन्द्रीय कमिटी बैठक (५ साउन) को तयारीका विषयमा विशेष छलफल हुने एमालेले जनाएको छ। बैठकमा समसामयिक राजनीतिक अवस्था, कार्यदिशा तथा संगठनात्मक विषयहरूबारे पनि छलफल हुने सम्भावना छ।

Read More