अर्घाखाँची । सञ्चार माध्यमको प्रभावकारी प्रयोग गर्दै डढेलो नियन्त्रण र वन संरक्षणमा सक्रिय रहेका मालारानी-५ बाँगीका पत्रकार सागर महतलाई डिभिजन वन कार्यालय अर्घाखाँचीले सम्मान गरेको छ।
रेडियो, टेलिभिजन र अनलाइनमा रिपोर्टिङ, अन्तरवार्ता र जनचेतनामूलक कार्यक्रममार्फत उनले समुदायमा चेतना फैलाउँदै आएका थिए। कार्यक्रममा सभागीले महतजस्ता सञ्चारकर्मीको सक्रियता अभियान सफलतामा टेवा पुगेको बताए।
सम्मान ग्रहण गर्दै महतले भने, “वन बचाउन कलम पनि उत्तिकै शक्तिशाली हतियार हो। यो मेरो पेशा मात्रै होइन, प्रतिबद्धता पनि हो।”
कार्यक्रममा पत्रकार महासंघ, स्थानीय सञ्चारकर्मी, सरोकारवाला निकाय र वन अधिकारीहरूको उपस्थिति थियो।

