नेपाल राज्य संवाददाता
अर्घाखाँची– नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष एवं प्रभावशाली नेता रामबहादुर चौहानले ५ दलीय गठबन्धन भएमा अर्घाखाँची प्रदेशसभा (क) र (ख) मध्ये एउटा समाजवादीलाई चाहिने दावी गरेका छन् । त्यसको लागि आफु चुनाव लड्न तयारी गरेको बताए । यदी गठबन्धन नभएमा प्रतिनिधिसभा सदस्यमा एक्लै चुनाव लड्ने बताए ।
‘शितगंगा र भुमिकास्थान नगरपालिका हाम्रै कारणले गठबन्धनले चुनाव जित्यो,’ चौहानले भने, ‘छत्रदेव गाउँपालिका पनि हाम्रै निर्णायक कराणले जित्यो । स्थानीय तहको चुनावमा हामी धेरै ठगिएका छौं, हाम्रो जनमत अर्घाखाँचीमा निर्णायक छ, त्यसै कारण गठबन्धनमा हामीले पाउनुपर्छ ।’
टिकट पाए, आफुले जिल्ला र जिल्लावासीको लागि आजसम्म गरेको त्याग तपस्या जिल्लाकाे लागि गरेको याेगदान, समाजवादीको एजेण्डा र कांग्रेस, माओवादी, राजमो, जसपाका नेता/कार्यकर्ताको सहयोग र अर्घाखाँचीवासी जनताको भोटले आफु अत्यधिक भारी मतले चुनाव जितेर सांसद बन्ने चौहानले दावी गरे ।