Author: नेपाल राज्य

पोखरा, ९ साउन — हर्नियाको उपचारका लागि पोखरा आएका बागलुङको जैमिनी नगरपालिका–७ ढावाका पूर्व वडाध्यक्ष ६३ वर्षीय जितबहादुर राना मगरको मृत्यु भएपछि आफन्तहरुले पोखरास्थित गण्डकी मेडिकल कलेजमा तोडफोड गरेका छन्। विहिबार बिहान करिब १०:४५ बजे अस्पतालमा उनी बेहोस भएपछि डाक्टरले मृत घोषणा गरेका थिए। मगरको केही दिनअघि (साउन ५ गते) सोही अस्पतालमा हर्नियाको शल्यक्रिया गरिएको थियो। शल्यक्रिया पछि स्वास्थ्यमा सुधार देखिएको र बुधबार ड्रेसिङपछि आफन्तहरूसँग भिडियो कलसमेत गरेर छिट्टै घर फर्किने बताएको आफन्तले बताएका छन्। तर सोही दिन ड्रेसिङ गर्ने क्रममा उनी एक्कासी बेहोस भएका थिए। एक आफन्तका अनुसार, “ड्रेसिङका लागि डाक्टर आफैंले साथमा लिएर गएका थिए। त्यसपछि विरामी फर्किएनन्।…

Read More

काठमाडौँ , ९ साउन- प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार महोत्तरी र बारा जाँदै छन् । आज उनले महोत्तरीको मटिहानी नगरपालिका(८ स्थित विग्ही नदी पुलको उद्घाटन गर्ने , वडा नं ६ मा नवनिर्मित प्रसूति गृहको उद्घाटन र सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसैगरी बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्ने पनि कार्यक्रम रहेको छ ।

Read More

अर्घाखाँची, ९ साउन – नेकपा एमाले अर्घाखाँचीका उपाध्यक्ष शम्भु पोख्रेलले हालै सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया दिएका छन्। उनले नाम नखुलाइकन पूर्व एमालेका एक नेताप्रति कटाक्ष गर्दै पार्टी सदस्यता नै नभएको व्यक्तिले नेतृत्वको दाबी गर्नु हास्यास्पद भएको टिप्पणी गरेका छन्। पोख्रेलले भनेका छन्, “दश वर्ष पहिले एमालेको साधारण सदस्य समेत त्यागेर राज्यको सबैभन्दा माथिल्लो निकायमा दुई–दुई पटक बिराजमान भइसकेका माननीय अहिले पार्टीको नेतृत्व गर्न पाइँन भनेर पत्रकार सम्मेलन गर्न लागेका छन्। यो कुरा आफैमा हास्यास्पद छ।” उनले उक्त पत्रकार सम्मेलनमा सहभागी हुने सबैजना एमाले बाहिरका मात्र हुने दाबी गर्दै, “एमालेको सदस्य नरहेको व्यक्तिको आयोजनामा हुने कार्यक्रममा सहभागी हुनेहरु पनि गैर-एमालेहरु मात्र…

Read More

बाजुरा, साउन ८ – बाजुराको हिमाली गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता लिन जाँदै गरेका यात्रु चढेको जीप दुर्घटना हुँदा दुई वृद्धाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार क्युडी गाउँबाट वडा कार्यालयतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ज ०३३८ नम्बरको जीप टुनीगडामा दुर्घटना हुँदा क्युडीकै ७६ वर्षीया विजा रोकाया र ७५ वर्षीया वाचा रोकायाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा जीपमा सवार अन्य १५ जना यात्रु घाइते भएका छन्। घाइतेको उद्दारका लागि गाउँपालिकाले एम्बुलेन्ससहित स्वास्थ्यकर्मी पठाएको प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापाले जानकारी दिए। प्रहरी निरीक्षक देवबहादुर चौधरीका अनुसार यात्रु धेरै भएका कारण कच्ची सडकमा जीप अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान…

Read More

शोभाखर पन्थी ,अर्घाखाँची/साउन-७ नेकपा एमाले अर्घाखाँचीले बिभिन्न कार्यक्रमको आयोजना गरी ४७ अौ पुष्पलाल स्मृति दिवस मनाएको छ । एमालेले जिल्लाका बिभिन्न ठाउँमा वृक्षारोपण,सरसफाई,प्रवचन लगायतका कार्यक्रम सम्पन्न गरेको छ । यसैबीच नेकपा एमाले जिल्ला कमिटी द्वारा सदरमुकाम सन्धिखर्कमा प्रवचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मन्तव्य राख्ने वक्ताहरुले नेपालको कम्युनिष्ट आन्दोलामा पुष्पलाल श्रेष्ठको योगदान अतुलनीय रहेको बताए । उनिहरुले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्ने पार्टीका संस्थापक महासचिव पुष्पलाल जनताको बीचमा सदैव अम्मर रहने वताए । कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य नरेन्द्र कुमार क्षेत्रीले पुष्पलाल श्रेष्ठ दुरदर्शी,जनप्रिय र क्रान्तिकारी नेता भएको बताउनु भयो । उहाँले पुष्पलालको बिचार आज…

Read More

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्षदेखि पुर्पक्षका लागि थुनामा रहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझीको मुद्दामा जाहेरीवाला र साक्षीको वकपत्र (बयान) सकिएपछि यही साउन १८ गतेका लागि पेसी तोकिएको छ । पूर्र्वउपप्रधानमन्त्री एवं अर्घाखाँचीबाट निर्वाचित भई हाल निलम्बित सांसद रायमाझीसहित अन्य विरूद्धको सो मुद्दामा जाहेरी र साक्षीको इन्कारी वकपत्रसँगै कागज गर्नेहरूको पनि बयान सकिएकाले यही साउन १८ गतेका लागि पेसी तोकिएको काठमाडौँ अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिनुभयो । ‘ठगी लिखत कीर्ते र राज्यविरूद्ध र सङ्गठित अपराधसम्बन्धी कसुर’ को उक्त मुद्दाको साक्षी वकपत्र प्रस्तुत गर्दै प्रेमराज पन्थीले तत्कालीन अवस्थामा जिल्ला प्रहरी कार्यालय टेकुमा…

Read More

अर्घाखाँची । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा रहनुभएका अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका–४, खन पातल कटेराका रामलाल सेजवाल विगत चार वर्षदेखि सम्पर्कविहीन भएका छन्। उनकी दिदी कमला खड्काका अनुसार साउदी अरब पुगेपछि केही समय नियमित सम्पर्कमा रहे पनि पछिल्लो चार वर्षदेखि कुनै खबर प्राप्त भएको छैन। परिवारजन चिन्तित छन् र उनको अवस्थाबारे जानकारी प्राप्त गराउन सार्वजनिक अपिल गरेकी हुन् । दिदी कमला खड्काले भनेकी छन्: “बुवा आमा हुनुहुन्न ,भाइको चिन्ता लागेको छ । भिनाजुले पनि चिन्ता लिनु भएको छ । हामी निकै चिन्तित छौं। यदि उहाँको बारेमा जानकारी भएका कोही हुनुहुन्छ भने कृपया सम्पर्कमा आउनुहोस्।” सम्पर्क नम्बर: ९८४७३४३०५५ (कमला खड्का)

Read More

चितवन, साउन ६ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जननेता बिपी कोइरालाप्रति सच्चा सम्मान गर्न चाहनेले अँध्यारोबाट उज्यालोको बाटोमा संघर्ष गर्नुपर्ने बताए। भरतपुर–११ मा आयोजित बिपी स्मृति भवन तथा वडा कार्यालय उद्घाटन समारोहमा बोल्दै उनले भने, “बिपीले आफ्नो लागि होइन, जनताको लागि दुख सहनुभयो, हामीले पनि त्यही बाटो समाउनुपर्छ।” थापाले कांग्रेसभित्र रहेको ‘हुटहुटी’लाई स्वीकार्दै भने, “हामी बिपीको सोच अनुसार हिँड्न नसकेको पछुतो काँग्रेसभित्र छ, त्यसैले त्यो बाटो पूरा गर्नु हाम्रो जिम्मेवारी हो।” उहाँका अनुसार लोकतन्त्रदेखि गणतन्त्रसम्म कांग्रेसले बिपीको विचारअनुसार आफ्नो जिम्मेवारी निभाउँदै आएको छ। अब बिपीको सपना कार्यान्वयनमा ल्याउन नेता–कार्यकर्ताले जनस्तरसम्म काम पुर्याउनुपर्ने उनले बताए। कार्यक्रममा केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठले…

Read More

रुकुम । रुकुमपूर्वको भूमे गाउँपालिका–५ सेराबाङमा जंगली च्याउ खाँदा एकै परिवारका ४ जना बिरामी परेका छन्। तीमध्ये ३ वर्षीय योजन विकको मृत्यु भएको छ। साउन २ गते रामकुमारी सुनारले आफ्ना तीन सन्तानसँग जंगलबाट ल्याएको च्याउ खाएपछि स्वास्थ्य समस्या देखिएको थियो। साउन ५ मा अस्पताल लगिएका उनीहरूलाई सुधार नभएपछि साउन ६ मा सल्यान अस्पताल रिफर गरिएको थियो। उपचारकै क्रममा योजन विकको मंगलबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक (डीएसपी) उमाशंकरप्रसाद यादवले बताए। गम्भीर अवस्थामा रहेकी आमा रामकुमारी र छोरी भाग्य रेखा विकलाई दाङ रिफर गरिएको छ। अर्की छोरी आयुषा विकको अवस्था मध्यम छ र उनलाई रुकुम पश्चिम…

Read More

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेकपा (माओवादी) केन्द्रसँग पार्टी नफुटाई प्रचण्डसँग विद्रोह गरेको बताएका छन् । मंगलबार पुष्पलाल स्मृति दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै उनले आँखा अगाडि माओवादी विग्रिदै गएको भन्दै विद्रोह गरेको बताएका हुन् उनले भने, ‘हामीले प्रचण्ड कामरेडसँग पार्टी फुटाएको होइन । विद्रोह गरेका हौ । माओवादी कसरी विग्रिदै थियो भन्ने कुरा प्रत्यक्ष आँखाले देखेको छु । त्यसकारण आँखा अगाडि आइसकेको परिणाम त नाकले पनि देख्छ नि ?’ उनले देशमा दलाल पूँजीवादहरु र नेपाली जनताको बीचको अन्तरविरोधहरु हल नभएको भन्दै राज्य अस्थिरतामा गएको बताए ।

Read More