Author: नेपाल राज्य

अर्घाखाँची । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि उम्मेदवारी दर्ताको समय सार्वजनिक गरिएको छ। अर्घाखाँची मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेको अध्यक्षतामा बसेको बैठकले विभिन्न राजनीतिक दलका लागि उम्मेदवारी दर्ताको समय तालिका निर्धारण गरेको हो। निर्णय अनुसार नेपाली कांग्रेसले दिउँसो ४ बजेदेखि ४ः३० बजेसम्म, नेकपा एमालेले दिउँसो १ बजेदेखि २ बजेसम्म, नेकपाले दिउँसो २ बजेदेखि २ः३० बजेसम्म र राष्ट्रिय स्वतन्त्र पार्टीले बिहान ११ बजेदेखि १२ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय पाएको छ। यस्तै राष्ट्रिय जनमोर्चाले १२ बजेदेखि १ बजेसम्म, जनता समाजवादी पार्टीले दिउँसो ३ः३० बजेदेखि ४ बजेसम्म तथा राप्रपाले दिउँसो २ः४५ बजेदेखि ३ः१५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तय…

Read More

अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीका नेता रामजी प्रसाद घिमिरेले नेपाली काँग्रेसको पछिल्लो राजनीतिक परिवर्तनलाई सकारात्मक संकेतका रूपमा लिएको बताएका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिदै घिमिरेले नेपाली काँग्रेसको आधिकारिकता गगन नेतृत्वको समूहले प्राप्त गरेसँगै पार्टीले समयको मागअनुसार आफूलाई रूपान्तरण गर्दै नयाँ युगतर्फ प्रवेश गरेको बताएका हुन् । उनले प्रसंशा गर्दै नेतृत्व परिवर्तनले पार्टीभित्र नयाँ ऊर्जा, जिम्मेवारी र अपेक्षा थपिएको स्टाटस मार्फत उल्लेख गरेका छन्। विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले संगठन सुदृढीकरण, आन्तरिक लोकतन्त्र मजबुत बनाउने र जनअपेक्षाअनुसारको राजनीतिक दिशानिर्देश तय गर्न सक्ने विश्वास नेता घिमिरेका लिएका छन्। साथै उनले नयाँ नेतृत्वले देशको समग्र राजनीति सकारात्मक दिशामा लैजान भूमिका खेल्ने अपेक्षा…

Read More

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सांस्कृतिक, आर्थिक र पर्यटकीय पहिचानलाई उजागर गर्ने उद्देश्यसहित सञ्चालन भइरहेको सातौं अर्घाखाँची महोत्सव पूर्ण उत्साहका साथ जारी छ। चेम्बर अफ कमर्स अर्घाखाँचीको आयोजनामा पुष २७ गतेदेखि सन्धिखर्कको कुँडुले फाँटमा सुरु भएको महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति चलिरहेकाले दर्शकको उल्लेख्य सहभागिता देखिएको हो। महोत्सवमा दर्शकको भीड उल्लेखनीय रहेको छ। पुष २८ गते गायक बद्री पंगेनी, गायिका वर्षा थापा र जादुगर राजेन्द्र गिरीले प्रस्तुत गरेको कार्यक्रमले दर्शकलाई झुमाएका थिए। पुष २९ गते गायिका ज्योति मगर, बसन्ता खनाल र गायक दामोदर बस्यालको ऊर्जावान प्रस्तुतिले महोत्सवको माहोल थप उत्साहपूर्ण बनायो। त्यसैगरी पुष ३० गते गायक अर्जुन सापकोटा र…

Read More

अर्घाखाँची । अर्घाखाँची जिल्लाको धार्मिक तथा सांस्कृतिक पहिचान बोकेको मालारानी क्षेत्रको प्रचार–प्रसार र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ लोक भजन “मालारानी” को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। सुमन खनालको परिकल्पनामा तयार भएको यस भजनमा लोकप्रिय गायक तथा सर्जक मोतिराज खनालको शब्द तथा संगीत रहेको छ। भजनमा मोतिराज खनाल र गायिका सुनितामी परियारको सशक्त स्वर सुन्न सकिन्छ भने चर्चित एरेन्जर महेन्द्र भण्डारीले एरेन्ज गरेका छन्। भजनको सम्पादन जनार्दन खनालले गर्नुभएको हो। सान्सा फिल्मको प्रस्तुति रहेको यस भजन मालारानी गाउँपालिकाको सहयोगमा निर्माण गरिएको हो। भिडियोमा लोकप्रिय कलाकार सुरबिर पण्डित, शर्मिला शर्मा, सुस्मिता बुढाथोकी, शोभाखर खनाल र राजेन्द्र रानाको प्रभावशाली अभिनय देख्न सकिन्छ।…

Read More

सुर्य बस्याल, काठमाडौं – आज देशको राजनीतिक परिदृश्य हेर्दा जनताको एउटै स्पष्ट चाहना देखिन्छ-दलहरू मिलून्, स्थिरता आओस् र विकास-समृद्धिको बाटो खुलोस्। पुराना दलप्रति आक्रोश बढिरहेको बेला नयाँ वैकल्पिक शक्तिहरूबाट जनताले आशा गरेका छन् कि अब पद, प्रतिष्ठा र अहंकार होइन, देश र जनताका साझा लक्ष्यका लागि राजनीति गरियोस्। तर यही संवेदनशील घडीमा कुलमान घिसिङले लिएको बाटोले उनको नियतमाथि गम्भीर प्रश्न खडा गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जस्तो उदाउँदो राजनीतिक शक्तिसँगको एकता प्रक्रियामा प्रवेश गर्दा कुलमानले “देशका लागि मिल्नुपर्छ” भन्ने सन्देश दिन खोजेका थिए। तर व्यवहारमा देखिएको तस्बिर त्यसको ठीक उल्टो बन्यो। पद नमिलेको कारण एकता भङ्ग हुन पुग्नुले उनको…

Read More

पौष २५ , अर्घाखाँची। लुम्बिनी वाङ्मय प्रतिष्ठान जिल्ला कार्य समिति अर्घाखाँचीको आयोजनामा साहित्यकार नारायण खनाल (नीलम) को कविता सङ्ग्रह जिजीविषाको लय र गजलकार डिल्लीराज घिमिरे (सङ्गम) को गजल सङ्ग्रह भँगेरी को संयुक्त विमोचन सम्पन्न भएको छ। प्रतिष्ठानका अध्यक्ष विष्णु प्रसाद वस्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका सचिव तिर्थराज आचार्यले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने उपाध्यक्ष कमल पोखरेलले उपस्थित महानुभावलाई स्वागत गर्नुभएको थियो। कविता सङ्ग्रह जिजीविषाको लय माथि प्रतिष्ठानका पूर्व अध्यक्ष तथा केन्द्रीय सल्लाहकार माधवराज चुँदाली र ध्रुव बहादुर खत्रीले टिप्पणी गर्नुभएको थियो। त्यसैगरी गजल सङ्ग्रह भँगेरी माथि कल्पना मरासिनी र विष्णु प्रसाद वस्यालले समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा स्रष्टा द्वय…

Read More

बिरेन्द्र केसी,अर्घाखाँची —जिल्लाबाट बहुमत महाधिवेशन प्रतिनिधिसहित १ सय भन्दा बढी कार्यकर्ता विशेष महाधिवेशनमा सहभागी हुन काठमाडौं हिँडेका छन्। अर्घाखाँचीका २५ जना महाधिवेशन प्रतिनिधिमध्ये २० जना विशेष महाधिवेशनको पक्षमा खुलेको कांग्रेस जिल्ला सचिव अच्युत गौतमले दाबी गरे। संस्थापन इतर रहेका सबै प्रतिनिधिहरु अहिले महामन्त्री थापाको पक्षमा खुलेका छन् । कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णु मुस्कानको आव्हानमा कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठ, सचिवद्वय कृष्णप्रसाद खनाल र अच्युत गौतमले विशेष महाधिवेशनको पक्षमा विज्ञप्ति निकालेर सहभागी हुन अनुरोध गरेका थिए। यसअघि विशेष महाधिवेशन पक्षधरले पुस १३ गते जिल्ला युथ भेला पनि गरेका थिए। ‘पाटीका केन्द्रीय सदस्यद्धय पुष्पा भुसाल गौतम, मानबहादुर विश्वकर्मा, पूर्वकेन्द्रीय सदस्य रेवतीप्रसाद…

Read More

वीरेन्द्र केसी, अर्घाखाँची । गच्छे–भालुवाङ सडकमा बजेट अभावका कारण निर्माण कार्य सुस्त गतिमा अघि बढिरहेको छ। चालु आर्थिक वर्ष साढे पाँच करोड रुपैयाँ लगानीमा १३ किमी सडक कालोपत्र हुँदैछ । लुम्बिनी प्रदेश सरकारको अढाई करोड र समपुरक अन्तरगत केन्द्र सरकारको पाँच करोड रुपैयाँ लगानीमा गच्छेदेखि ढिकुरासम्म कालोपत्र गर्ने काम भैरहेको हो। जिल्लाको दक्षिण क्षेत्रलाई दाङ र नेपालगञ्जसम्म पहुँच पुर्‍याउने गरी २०५६ सालदेखि निर्माण हुँदै आएको गच्छे–भालुवाङ सडक बजेट अभावले सुस्त गतिमा काम हुने गरेको छ। लुम्बिनी प्रदेश राजधानी दाङको देउखुरीमा स्थापना भएपछि प्राथमिकताका साथ अघि बढ्ने अपेक्षा स्थानीयले गरेका थिए। अहिले पनि बजेट थाेरै हुँदा कामले गति पाउन सकेकाे छैन।…

Read More

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेकपा (एमाले) का नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले थुनामुक्तिका लागि उच्च अदालत पाटनमा पुनरावेदन गरेका छन् । जिल्ला अदालत काठमाडौंले थुनामुक्त गर्न अस्वीकार गरेको आदेशविरुद्ध रायमाझी उच्च अदालत पुगेका हुन् । उच्च अदालत पाटनका न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासमा उनको निवेदनमाथि सुनुवाइका लागि पेसी तोकिएको छ । रायमाझीले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७१ (२) बमोजिम पुस २४ गते जिल्ला अदालत काठमाडौंमा थुनामुक्तिका लागि निवेदन दर्ता गराएका थिए । तर, जिल्ला अदालतका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले सो निवेदन अस्वीकार गरेको थियो । उक्त दफाअनुसार दफा ६७ वा ६८ बमोजिम…

Read More

अर्घाखाँची । प्रेस चौतारी अर्घाखाँचीका इन्चार्ज तथा नेपाल पत्रकार महासंघ अर्घाखाँचीका पूर्व अध्यक्ष हिम लेकालीले स्वास्थ्य अवस्थाका कारण भावुक स्टाटस सार्वजनिक गरेका छन्। लेकालीले सामाजिक सञ्जालमार्फत मंसिर २७ गतेदेखि निरन्तर काठमाडौँमा स्वास्थ्य उपचारमा रहेको जानकारी गराउँदै यस अवधिमा सम्पर्क गर्न खोज्ने सबैप्रति आभार व्यक्त गरेका छन्। उपचारका क्रममा आएका सबै फोन उठाउन नसकिएको उल्लेख गर्दै उनले फोन उठ्न नसकेकाप्रति क्षमायाचना गरेका छन्। उनले स्टाटसमार्फत आफूलाई सम्झिनेप्रति कृतज्ञता व्यक्त गर्दै साथ, सहयोग र सद्भाव प्रदान गर्ने सबैप्रति ऋणी रहेको बताएका छन्। लेकालीले काम गर्ने बेला सबैको प्रिय बन्ने तर काम गर्न नसक्ने अवस्थामा अपहेलना सहनुपरेको अनुभव पनि सार्वजनिक गरेका छन्। “काम…

Read More