Author: नेपाल राज्य
नेपाल राज्य संवाददाता अर्घाखाँची– शितगंगा नगरपालिकाको वडा नम्बर ५ मा रहेको गल्दा गाउँमा भवानी बहुउद्देश्यीय एग्रो कृषि फार्मले दुई हजार रोपनी क्षेत्रफलमा दुई हजार कफीका विरुवा लगाउन थालेको छ । अहिलेसम्म एक हजार विरुवा रोपिसकिएको छ । केही विरुवा स्थानीयलाई समेत वितरण गरिएको छ । भवानीले आफै कफीका विरुवा उत्पादन गरेर धेरै क्षेत्रफलमा कफी खेती गर्न लागेको हो । भवानीका सञ्चालक नरेन पुनले यस क्षेत्रलाई कफी पकेट क्षेत्रको रुपमा विस्तार गर्न परियोजना सञ्चालन गर्न लागिएको बताए । कफीले ३ वर्षमा फल दिन शुरु गर्छ । कफी खेतीलाई व्यावसायी बनाउँदै यहाँ कफी अध्ययन स्थलको रुपमा समेत विकास गर्ने लक्ष्य रहेको छ…
केशव पन्थी अर्घाखाँची– छत्रदेब गाउँपालिका वार्ड नम्बर ४ केरुगाका टंक खनाल आफ्नो बारिमा पसेको बाँदर धपाउने क्रममा मृत्यु भएको छ । मकै बारीमा बाँदर लेखेटदा चिप्लिएर असार १९ गते गंभिर घाइते भएका थिए । घर देखि नजिकैको बारीमा गंभिर घाइते उनलाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको थियो । टाउकोमा गंभिर चोट लागेका उनको सोमबार मृत्यु भएको स्थानीय गिरिबाबु खनालले बताए । छत्रदेबमा प्रत्येक वर्ष बदेल बाँदर धपाउने क्रममा धेरै जनाले ज्यान गुमाउनु परेको छ। चुनावको समयमा गाउँपालिकाबाट बाँदर नियन्त्रण गर्न आफू जनप्रतिनिधि भएमा पुर्णरूपमा लाग्ने बताएपनी अहिलेसम्म स्थानीय कृषकहरुले बाँदर आंतकबाट छुटकरा पाउन सकेका छैनन्। नारामा मात्रै सिमित रहेको छ…
तिलोत्तमामा सूचना टाँसेर नगरसभा सारियो जनप्रतिनिधिमाथि आक्रमण गर्ने प्रहरीमाथि कारबाही माग गर्दै एमाले आन्दोलनमा
नेपाल राज्य संवाददाता रुपन्देही । विवादका कारण बजेट पास हुन नसकेको रुपन्देहीको तिलोत्तमा नगरपालिकाको सोमबारका लागि बोलाइएको नगरसभाको बैठक बैठक नै नबसी सूचना टाँसेर स्थगित भएको छ । सचिव माधव प्रसाद पौडेलले बैठक सुरु हुने केही समयअघि सूचना टाँसेर ३ गते ११ बस्ने जनाएका छन् । आइतबार विवादपछि स्थगित भएको नगर सभा सोमबार १२ बजेका लागि बोलाइएको थियो । बजेट पास गर्नका लागि केही दिनयता नियमित रुपमा बैठक बसेपनि कांग्रेसबाट निर्वाचित मेयर रामकृष्ण खाँड तथा एमालेबाट निर्वाचिन उपमेयर जागेश्वरी चौधरीका आआफ्नै अडानले टुंगो लाग्न सकेको छैन । नगरसभामा बहुमतमा रहेको एमालेले बजेटसहित सभाबाट ३ विषयगत समिति प्रस्ताव गर्नुपर्ने अडानमा छ…
सचिन बाेहाेरा अर्घाखाँची– असार ६ गते साँझको बेला खाना खानेबेलामा झगडा गरी शितगंगा नगरपालिका–४ ठाडाका २६ वर्षीय हेमन्त कार्कीले ५२ वर्षीय आमा कमला कार्कीलाई नाकको डाडीमा हानेका थिए । धेरै रगत बगेपछि आमालाई उपचारको लागि अस्पताल लगिएको थियो । उपचारपछि घर ल्याइयो । काठमाडौ ल्याउने र लैजाने भैरहेको थियो । २६ दिनपछि आमाको काठमाडौ स्थित अस्पतालनमा निधन भयो । आइतवार इलाका प्रहरी कार्यालय ठाडामा हेमन्तका वुवा ६२ वर्षीय तिलक कार्कीले जोहरी दिए । प्रहरीले पक्राउ ग¥र्याे । कान्छा छोरा हेमन्त केही वर्षअघि भारतमा नोकरी गर्न गएका थिए । तयसपछि उनी मानसिक असन्तुलन जस्तै भएर फर्किए । उनलाई उपचारको लागि अस्पताल…
गोपालप्रसाद भट्टराई अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगर प्रमुख झविलाल थापाले नगरको चौतर्फी विकासको निम्ति सबै क्षेत्र श्रम र उत्पादनसँग जोडिनुपर्ने बताए । आन्तरिक स्रोत कम भएपनि भुमिकास्थानमा कृषि र पर्यटनको प्रचुर सम्भावना रहेकोले यसलाई व्यवसायीक बनाएर समृद्धि हासिल गर्न सकिने उनले बताए । भुमिकास्थान–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घघाटन गर्दै नगर प्रमुख थापाले आगामी आर्थिक बर्षका योजना सुनाउदै शिक्षा, स्वास्थ, कृषि र पर्यटनलाई विकासको आधार मानेर अगाडी बढ्ने भन्दै उनले १० वटै वडामा घुम्ती स्वास्थ शिविर चलाउने बताए । नगरपालिकामा मुस्कान सहितको सेवालाई चुस्त ढंगले कार्यान्वयन गर्न नगरप्रमुख थापाले बताए । कार्यक्रममा नगर उप–प्रमुख बालकृष्ण बन्जाडेले स्थानीय सरकारसंग धेरै…
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण अपेक्षानुसार सफल भएको बताएका छन् । तीनदिने भारत भ्रमण सकेर नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्री भएर जाँदा र अहिले जाँदा सुरक्षामा कुनै फरक नरहेको बताए । अध्यक्ष दाहालले भ्रमणका क्रममा भारतका सरकारी पदाधिकारी र भारतीय जनता पार्टीका विभिन्न पदाधिकारीहरूसँग भेट भएको बताए । भारतका विदेशमन्त्री एस जयशंकर, भारतका विदेशसचिव विनयमोहन क्वात्रा, भाजपाका अध्यक्ष जेपी नड्डालगायतका पदाधिकारीसँग भेट गरेको उनले बताए । भेटमा नेपाल र भारतका वर्तमान समस्या, सीमा विवाद, डुबानका बारेमा पनि छलफल गरेको अध्यक्ष प्रचण्डको भनाइ थियो । उनले अहिलेको प्रमुख समस्या पेट्रोलको…
सुर्य प्रकाश बुढामगर , रोल्पा । कृष्ण माध्यमिक विद्यालयलाई भूमिका निर्माण सेवाका अध्यक्ष बुढामगर प्रमोद निर्माण सेवाका अध्यक्ष घर्तिमगरले आर्थिक सहयोग गर्नुभएको छ । रोल्पाकाको माडि गाउँपालिका वडा नम्बर २ घर्तीगाउँमा अवस्थित उक्त विद्यालयको कृष्ण बहुउद्देश्यीय नमूना विद्यालय विकास आर्थिक संकलन समितिलाई भूमिका निर्माण सेवाका अध्यक्ष गोबरसिङ बुढामगर र प्रमोद निर्माण सेवा माडी गाउँपालिका–१ अध्यक्ष रोहितसिङ घर्तिमगरले सयक्त रुपमा ९ लाख ५ हजार सहयोग गर्नु भएको हो । वुढा र घर्तिमगरले आइतबार कृष्ण माध्यमिक विद्यालयका प्रधानाध्यापक कविराज रिजाल र सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजय घर्तीमगरलाई ९ लाख ५ हजारको सहयोग रकमको चेक बुझाउनु भएको हो विद्यालयलाई अहिलेसम्म नगद रकम…
सागर महत,अर्घाखाँची । अर्घाखाँचीमा छोराको लाठी प्रहारबाट घाइते भएकी आमाको मृत्यु भएको छ । जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ४का २६ वर्षिय हेमन्त कार्कीले असार ६ गते आफ्नै आमा ५२ वर्षिय कमला कार्कीलाई घरासी विवाद हुँदा लाठी प्रहार गर्दा नाकको बिच भागमा गम्भीर चोट लागेको थियो । गम्भीर घाइते भएकी कमलाको उपचारको क्रममा गएराति काठमाण्डौंको टिचिङ अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक होम रेग्मीले जानकारी दिए । पटक पटक बुटवलमा उपचार गर्न लगेपनि ब्लड नरोकिएपछि थप उपचारको लागि केहि दिन अगाडि काठमाण्डौं लगिएको थियो । हेमन्तलाई इलाका प्रहरी कार्यालय ठाडाले नियन्त्रणमा लिइसकेको छ । आजै अदालतमा पेश…
लुम्बिनीको वन निर्देशनालयमा कर्मचारी कुटपिट प्रकरण कुट्ने र कुटिने दुवै विदामा, जाहेरी प्रशासनमा अलपत्र
रुपन्देही । लुम्बिनी प्रदेश वन तथा वातावरण निर्देशनालयमा निमित्त निर्देशक जीवन पंगेनीले उपसचिव प्रेमशंकर चौधरीमाथि हातपात गरेपछिको विवाद नसल्टिदै अहिले दुवैजना कार्यालयमा हाजिर भएका छैनन् । दुई हप्ताअघि पंगेनीले निर्देशनालयकै उपसचिव प्रेमशंकर चौधरीमाथि हातपात गरेपछि उनी विवादमा तानिएका हुन् । चौधरीलाई हातपात गर्ने पंगेनीले उल्टो आफूलाई आक्रमणको प्रयास भएको भन्दै जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा उजुरी दिएपछि विषय थप रहस्यमय बनेको हो । अहिले कुटिने चौधरी बिदामा भारत भ्रमणमा लागेका छन् भने कुट्ने पंगेनी बिदामा काठमाडौं लागेपछि कार्यालय नै अस्तव्यस्त बनेको छ । पंगेनीको उजुरीपछि प्रहरीले दुवै जनालाई राखेर छलफल गराएको थियो । त्यसपछि प्रमुख जिल्ला अधिकारी आएपछि छलफल गराउने भन्दै…
बुटवल–नारायणगढ सडक बिस्तारको कछुवा गति ५ वर्षमा १९ प्रतिशत काम सकियो, कहिले होला पूरा हुने ?
बुटवल । निर्माणाधीन बुटवल–नारायणगढ सडकखण्डको काम तोकिएको समयमा नहुने भएको छ । निर्माण सम्झौता अवधि सकिने एक महिनाभन्दा कम समय हुँदा उक्त सडकको ८१ प्रतिशत काम बाँकी छ । ०७९ साउन २२ गतेभित्र बनाइसक्नुपर्ने सम्झौता रहेको बुटवल–नारायणगढ सडकको भौतिक प्रगति १९ प्रतिशत मात्र छ । वित्तीय प्रगति १० प्रतिशत मात्र भएको छ । ०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलमा शिलान्यास गरेको यो सडकको चाइना स्टेट इन्जिनियर कर्पोरेसन कम्पनीले ४२ महिनामा सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो । उक्त अवधि सकिन २२ दिन मात्र बाँकी छ । रूपन्देही, पश्चिम नवलपरासी र नवलपुर जिल्ला हुँदै निर्माण हुने यो…
