केशव पन्थी
अर्घाखाँची– छत्रदेब गाउँपालिका वार्ड नम्बर ४ केरुगाका टंक खनाल आफ्नो बारिमा पसेको बाँदर धपाउने क्रममा मृत्यु भएको छ । मकै बारीमा बाँदर लेखेटदा चिप्लिएर असार १९ गते गंभिर घाइते भएका थिए । घर देखि नजिकैको बारीमा गंभिर घाइते उनलाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको थियो । टाउकोमा गंभिर चोट लागेका उनको सोमबार मृत्यु भएको स्थानीय गिरिबाबु खनालले बताए ।
छत्रदेबमा प्रत्येक वर्ष बदेल बाँदर धपाउने क्रममा धेरै जनाले ज्यान गुमाउनु परेको छ। चुनावको समयमा गाउँपालिकाबाट बाँदर नियन्त्रण गर्न आफू जनप्रतिनिधि भएमा पुर्णरूपमा लाग्ने बताएपनी अहिलेसम्म स्थानीय कृषकहरुले बाँदर आंतकबाट छुटकरा पाउन सकेका छैनन्। नारामा मात्रै सिमित रहेको छ ।