Author: नेपाल राज्य

 नेपाल राज्य संवाददाता अर्घाखाँची– प्रदेशसभा–१ मा एमाले केन्द्रीय सदस्य एवं जिल्ला सहइन्चार्ज चेतनारायण आचार्य विजयी भएका छन् । औपचारिक घोषणा हुन बाँकी छ । आचार्यले गठबन्धनको तर्फबाट राजमोका केन्द्रीय सदस्य सागर केसीलाई पराजित गरेका छन । २०७४ को चुनावमा पनि आचार्यले जितेका थिए । लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री भएका थिए ।

Read More

अर्घाखाँची । अर्घाखाँचीमा प्रतिनिधि सभातर्फ मालारानी गाउँपालिकाकाे मतगणनामा एमालेका उम्मेदवार टाेपबहादुर रायमाझीले जीत हासिल गरेका छ्न । एमाले सचिव तथा पुर्व मन्त्री रायमाझीले ७ हजार ४ सय ४५ मत प्राप्त गरेका छन्। भने उनको प्रतिस्पर्धी नेपाली काङ्ग्रेसकी पुष्पा भुसाल गौतमले ५ हजार १ सय ८६ मत प्राप्त गरेकी हुन । १३हजार ४ सय ८२ मतगणना गर्दा २ हजार २ सय ५९ मतको अग्रता छ ।

Read More

 नेपाल राज्य संवाददाता अर्घाखाँची– पाणिनि गाउँपालिकाको दुर्गाफाँटमा समथर भूभाग छ । जहाँ खेतीयोग्य जमिन छ । त्यसलाई व्यवस्थित गर्दै, शहरीकरण गर्ने, खोला छेउमा करिडोर र तटबन्ध निर्मँण गर्दै कृषि उद्यमको स्थलको रुपमा विकास गर्ने एमालबाट अर्घाखाँची प्रदेशसभा (ख) का उम्मेदवार रामजीप्रसाद घिमिरेले बताए । उनले दुर्गाफाँटको खिदिम साइको पाखो र मैदान क्षेत्रको पाखोमा व्यवस्थित शहरीकरण गर्ने बताए । बीचमो खेतीयोग्य जनिमलाई कृषि भूमिको रुपमा परिणत गर्ने बताए । पशुपालन, तरकारी खेती, अन्नबाली उत्पादनलाई आधुनिकीकरण गरेर सयौं युवालाई कषि उद्यमबाट स्वरोजगारी बताउने घिमिरेको योजना छ । घिमिरेले बाँसाका रुख क्षेत्रमा सरकारी कार्यालय क्षेत्र बनाएर सुन्दर दुर्गाफाँट बनाउने एजेण्डा रहेको उनले सुनाए…

Read More

अर्जुन खनाल अर्घाखाँची– २०७४ को चुनावमा चेतनारायण आचार्य अर्घाखाँची प्रदेशसभा (क) बाट निर्वाचित भएर लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री भए । एमालेका केन्द्रीय सदस्य आचार्य मंसिर ४ गतेको चुनावमा सोही क्षेत्रबाट उम्मेदवार छन् । ५ वर्षको अवधिमा आचार्यले आफ्नो क्षेत्र सहित जिल्लामा विकास निर्माण थुप्रै योजनामा बजेट पारे । यस क्षेत्रमा टोलैपिच्छे सडक सञ्जाल छ । विद्युत, सञ्चार सेवा प्रायः को पहुँचमा छ । सिचाइ कुलो, खानेपानी, मोटरबाटा स्तरोन्नती र कालेपत्रे, सामुदायिक स्कुलका भवन कोही निर्माण भए कोही बन्दैछन् । ५ वर्षमा भैरहेका कामलाई निरन्तरता दिँदै नयाँ काम गर्दै समृद्धि प्रदेशसभा (क) बनाउन आफुलाई फेरी जिताउन मतदातालाई अपिल…

Read More

नेपाल राज्य संवाददाता अर्घाखाँची– निवर्तमान उपसभामुख एवं गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पुष्पा भुसालले संविधानको रक्षा र अर्घाखाँचीको विकास र समृद्धिको लागि मतदाता आफुलाई विजयी गराउन आतुर रहेको बताइन । कांग्रेस केन्द्रीय सदस्य भुसालले विभिन्न चुनावीसभालाई सम्बोधन गर्दै कृषि उद्यमबाट युवालाई गाउँमै रोजगारीको अवसर, पर्यटन विकासको लागि पूर्वाधार निर्माण गरेर पर्यटन व्यवसायको लागि पूर्वाधार निर्माण गरेर रोजगारीको अवसर सृजना गरिदिने बताइन । टोलैपिच्छेका सडकमा ४ सय भन्दा बढी ट्याक्सी चल्छन् । सडकलाई व्यवस्थित गर्दै क्रमिक रुपमा कालोपत्रे गर्ने, अर्घाखाँची अस्पताललाई स्तरोन्नती र सबै स्वास्थ्य चौकीमा सहज स्वास्थ्य सेवा, प्राविधिक शिक्षा सहित सामुदायिक स्कुलमा अब्बल पढाई, बसाइसराई रोक्ने उपाय खोज्ने भुसालले…

Read More

 सचिन बोहोरा अर्घाखाँची– भौगोलिक जटिलताका कारण छिटो विकास गर्न शितगंगा नगरपालिकालाई दुई/तीन वटा गाउँपालिका बनाउनुपर्ने एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य एवं अर्घाखाँची प्रदेशसभा (ख) का उम्मेदवार रामजीप्रसाद घिमिरेले बताए । शितगंगाका विभिन्न चुनावीसभालाई सम्बोधन गर्दै घिमिरेले विशेष क्षेत्र भन्दा दुई/तीनवटा गाउँपालिका भन्दा बजेट धेरै आउने र विकास गर्न सजिलो हुने उनले बताए । भौगोलिक हिसाबले दुई देखि तिन वटा गाउँपालिका बनाएपछि हाल नगरपालिकामा आउने भन्दो दोब्बर बजेट आउने घिमिरेले बताए । त्यसले समग्र विकास गर्न प्रशस्त बजेट पुग्ने उनको भनाई छ । अहिलेको नगरको बजेट प्रयाप्त छैन ।

Read More

नेपाल राज्य संवाददाता अर्घाखाँची– निवर्तमान उपसभामुख एवं प्रतिनिधिसभा सदस्य उम्मेदवार पुष्पा भुसालले अर्घाखाँचीको नरपानीमा पूर्वाधार निर्माण गरेर हिलस्टेशनको रुपमा विकास गरेर अन्तराष्ट्रिय पर्यटकीय केन्द्र बनाउने बताइन । चिसो ठाउँ नरपानीमा अहिले स्वदेशका धेरै जिल्लाबाट र भारतबाट पर्यटक गर्मी छल्न आउने गर्छन् । नरपानी र पाणिनि तपोभूमि जोडन दुई वर्ष अघि पदमाग निर्माण भएको छ । गठबन्धनद्धारा नरपानीमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य भुसालले विभिन्न पर्यटकीय संरचना बनाउने, पर्यटकलाई आकर्षक गन्तव्य बनाएर धेरै पर्यटक भित्राएर यहाँका युवालाई स्वरोजगार बनाउने उनले बताइन । अहिले पिकनिक स्टोस् छ । यहाँ सुपादेउराली मन्दिरमा दर्शनपछि प्रसाद ग्रहण गर्न नरपानी तर्थालु आउने गर्छन् ।

Read More

अर्घाखाँची । सन्धिखर्क नगरपालिका -१२का वडा अध्यक्ष नारायण खड्का निर्वाचन आचारसंहिताविपरीत पार्टीको चुनाव प्रचारप्रसारमा सहभागी भएको पाइएको छ। वडा अध्यक्ष खड्काले आचारसंहिताविपरीत खुलेआम रुपले प्रचारप्रसार गरेको भन्दै २४ घण्टा भित्र लिखित स्पष्टीकरण पेस गर्न आचार संहिता अनुगमन समिति अर्घाखाँचीले जानकारी दिएको छ । निर्वाचन आचारसंहिताको दफा ५ को खण्ड (क) मा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारका पदाधिकारीले निर्वाचन प्रचारप्रसारका क्रममा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ। जिल्ला भित्र विभिन्न राजनीतिक दलको आयोजनामा हुने चुनाव लक्ष्यित जुलुस सभामा उम्मेदवार र नेताहरू एकअर्कालाई गाली सहित मतदाता तान्न चर्का भाषण गर्ने प्रतिस्पर्धा चलेको छ।

Read More

नेपाल राज्य संवाददाता अर्घाखाँची– सन्धिखर्क नगरपालिका वडा नम्बर १० मा धमाधम निर्माण भैरहेको अर्घा भगवती विमानस्थललाई गठबन्धन सरकार आएपछि १० करोड बजेट बजेट विनियोजन गरेको प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं निवर्तमान उपसभामुख पुष्पा भुसालले बताइन बताइन । अर्घा र धरमपानीमा आयोजित चुनावी सभालाई उनले मंसिर ४ को चुनावपछि बन्ने गठबन्धन सरकारले विमानस्थल निर्माणको काम पुरा गरेर जहाज उडाउने दावी गरिन । विमानस्थलको काम पुरा गरेर जहाज उडान भएपछि काठमाडौ यात्राका लागि सहज हुने र जिल्लामा युवालाई स्वरोजगारको अवसर हुने बताइन । गठबन्धनबाट प्रदेशसभा (क) का उम्मेदवार सागर केसीले जिल्लाको विकास र समृद्धिको लागि गठबन्धनले जित्नुपर्ने बताए ।

Read More

हरि कुँवर , अर्घाखाँची । नेकपा एमाले निकट रिटर्नी फेडेरेसन अर्घाखाँची चुनाव प्रचारप्रसारमा सक्रिय देखिएको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा नेकपा एमाले अर्घाखाँचीका उम्मेदवारहरु लाई जिताउन लागि परेको हो । मालारानी-६ सकिन्धारा माइकाथान चुनावी सभामा पूर्वमन्त्री एवं अर्घाखाँची प्रदेशसभा (क) का उम्मेदवार चेतनारायण आचार्य संगै चुनाव प्रचारप्रसारमा देखिएका हुन । रिटर्नी फेडेरेसन नेपाल अर्घाखाँची जिल्ला अध्यक्ष मित्रमणी मिश्रले बैदेशिक रोजगारीबाट फर्केकाहरु को लागि अवसरबाट बञ्चितहरुको हक अधिकार स्थापना गर्न एमाले विजयी हुनुपर्ने  बताए । ‘रिटर्नीको ज्ञान, सीप पूँजी र रोजगार, समृद्ध नेपाल निर्माणको दिगो आधार’ भन्ने मुल नारासहित रिटर्नी फेडेरेसन नेपाल सह कोषाध्यक्ष वसन्त…

Read More