नेपाल राज्य संवाददाता
अर्घाखाँची– सन्धिखर्क नगरपालिका वडा नम्बर १० मा धमाधम निर्माण भैरहेको अर्घा भगवती विमानस्थललाई गठबन्धन सरकार आएपछि १० करोड बजेट बजेट विनियोजन गरेको प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं निवर्तमान उपसभामुख पुष्पा भुसालले बताइन बताइन ।
अर्घा र धरमपानीमा आयोजित चुनावी सभालाई उनले मंसिर ४ को चुनावपछि बन्ने गठबन्धन सरकारले विमानस्थल निर्माणको काम पुरा गरेर जहाज उडाउने दावी गरिन । विमानस्थलको काम पुरा गरेर जहाज उडान भएपछि काठमाडौ यात्राका लागि सहज हुने र जिल्लामा युवालाई स्वरोजगारको अवसर हुने बताइन ।
गठबन्धनबाट प्रदेशसभा (क) का उम्मेदवार सागर केसीले जिल्लाको विकास र समृद्धिको लागि गठबन्धनले जित्नुपर्ने बताए ।