Author: नेपाल राज्य
श्रीकृष्ण भुसाल, सन्धिखर्क १, अर्घाखाँची। नीतिमध्ये सबैभन्दा उच्च स्थानमा राजनीति हुने गर्दछ । राजनीति नीतिहरूको पनि नीति हो । यसले अरु नीतिहरूको निर्माण गर्दछ । हाम्रो जस्तो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीमा व्यवस्थापिका (संसद) ले नीति निर्माण गर्छ र ती नीतिहरु कार्यपालिका (सरकार) द्वारा कार्यान्वयन गरिन्छन् । विकासकोलागि आवश्यक नीति नियम बनाउने कार्य संसद जस्तो राजनैतिक संस्थाबाट हुने र ती नीतिहरूको कार्यान्वयन पनि कार्यपालिका जस्तो राजनैतिक संस्थाबाट नै हुने भएकोले विकास गर्ने पहिलो जिम्मेवारी पनि राजनैतिक क्षेत्रको हो । यसरी विकासको मूल आधार राजनीति नै हो । यस तर्कलाई कुनै पनि राजनीतिकर्मीले नकार्न सक्दैन । त्यसो भए चाहेको राजनैतिक व्यवस्था प्राप्त गरेपछि पनि…
अर्घाखाँची । चुन ढुङ्गा उत्खननका विरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँची ले खवरदारी गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीका नेता हरि प्रसाद भुसालले जारी गरेको प्रेस विज्ञप्ति पत्रमा पानीका मुहान सुक्ने, वन बिनास हुने र जिल्ला नै सुख्खा बन्न सक्ने कुरा उल्लेख गरिएको छ । प्रेस विज्ञप्ति अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. ९ सान्डेवामा रहेको जग्गाबाट केही व्यक्ति तथा जनप्रतिनिधीहरुको मिलेमतोमा अवैध र प्रकृयागत त्रुटीका विच चुनढुंगा उत्खनन गर्न खोजिएका समाचारहरुले हामीलाई आश्चर्यमा पारेको छ । खनिज पदार्थको उत्खनन गर्दा पुयाउनुपर्ने विधी र अर्घाखाँची जिल्लाको अधिकतम हितमा हुनेगरी, कसैलाई क्षेती नहुनेगरी खानी संचालन गर्नुपर्नेमा जिल्लाका सरोकारवालाहरुसंग छलफल नै नगरी,…
काठमाडौँ — कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिएका महामन्त्री गगनकुमार थापा पराजित भए पनि आगामी दिनमा पार्टी नेतृत्वको दाबीमा दह्रो रूपमा प्रस्तुत भएका छन् ।‘शेखरलाई मनाएर देउवासँग प्रतिस्पर्धामा उत्रनु नै थापाको राजनीतिक विजय हो,’ कोइरालापक्षीय एक नेता भन्छन्, ‘तत्काललाई अंकगणितमा पछि परे पनि नेतृत्व पुस्तान्तरण र पार्टीलाई रूपान्तरण गर्ने दिशामा उनले ठूलो सन्देश दिएका छन् ।’ कांग्रेसमा संसदीय दलको नेता नै प्रधानमन्त्री बन्ने परम्परा रहेकाले देउवाले गठबन्धन दलबीच शक्ति बाँडफाँटका विषयलाई समेत थाती राखेर संसदीय दलको चुनावमा सम्पूर्ण शक्ति खर्चिएका थिए । बुधबार भएको निर्वाचनमा उनले आफूभन्दा ३२ वर्ष कान्छा थापालाई ३९ मतान्तरले पराजित गरेका हुन् । कांग्रेसका ८९ जना…
काठमाडाैं- कांग्रेस संसदीय दलको नेताको उम्मेदवारी दिएका महामन्त्री गगन थापाको समर्थक नै बसेर युवा नेता प्रदीप पौडेलले सबैलाई ‘सरप्राइज’ दिएका छन् । एक वर्षअघि भएको पार्टी महाधिवेशनमा उनी नेता कृष्णप्रसाद सिटौला समूहबाट महामन्त्रीका उम्मेदवार बनेका थिए । गत ४ मंसिरमा सम्पन्न आमनिर्वाचनमा उनी काठमाडौं ५ मा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै निर्वाचित भएका थिए । त्यसयता प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको निर्वाचनमा आफूलाई सघाउन पौडेललाई निरन्तर आग्रह गरिरहेका थिए । स्रोतका अनुसार देउवाले अब बन्ने सरकारमा ‘रोजेको मन्त्रालय दिने’ अफरसमेत गरेका थिए । दुई युवा महामन्त्री एक ठाउँ उभिएका वेला प्रदीप आफूसँग हुँदा माहोल थप सहज हुने देउवाको बुझाइ थियो ।…
नेपालराज्य संवाददाता अर्घाखाँची– २५ वर्षको उमेरमा २०५४ सालकाे चुनाव तत्कालिन बाँगी गाविस अध्यक्षमा निर्वाचत पिताम्बर भुसाल अहिले एमाले अर्घाखाँचीको अध्यक्ष छन् । गाविस अध्यक्ष हुँदा राम्रो काम गरेका भुसालको एमाले पाटीमा इमान्दार नेताको छवि छ । पाटीको विभिन्न जिम्मेवारी समाल्दै जिल्ला अध्यक्षमा सर्वसम्बत भएका भुसाललाई सामु चुनौती थिए । एमाले र माओवादी पाटी एकतापछि गठन भएको नेकपा हुँदा र पाटी विभाजन भएपछिको जाम भएको अवस्था थियो । सिंगो जिल्लाको एमाले पाटी चलायमान बनाउने र चुनावमा गठबन्धनसँग चुनावी परिणाम देखाउनु चुनौती थियो । स्थानीय तहको चुनावमा ५ दलीय गठबन्धनलाई पराजित गर्दै एमाले उम्मेदवार विजयी भए । २०७४ को स्थानीय तह निर्वाचनमा…
नेपाल राज्य संवाददाता काठमाडौं– नेकपा (एमाले) अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसाल उत्कृष्ट जिल्ला अध्यक्षको रुपमा सम्मानित भएका छन् । एमालेबाट प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचित सांसदलाई बधाई तथा शुभकामना दिदै एमाले अध्यक्ष केपी शर्मा ओलीले उत्कृष्ट जिल्लाको रुपमा भुसाललाई सम्मान गरेका हुन । एमालेका तर्फबाट प्रतिनिधिसभामा टोपबहादुर रायमाझी, प्रदेशसभामा चेतनारायण आचार्य र रामजीप्रसाद घिमिरे निर्वाचित भएका थिए । ‘पाटी जीवनमा सधैं पूर्णकालिन भएर काम गरेको नजिता हात लाग्यो,’ भुसालले भने, ‘चुनावमा सबै क्षेत्र एमाले उम्मेदवारलाई जिताउन पाटी पक्ती, व्यवस्थापन र परिचालन गरेर सफल भयौं । यो सम्मान मेहनतको प्रतिफल हो ।’ जटिल र संक्रमणकालको अवस्थामा पाटी अध्यक्ष हुँदा आफु माथि पनि धेरै…
नेपाल राज्य संवाददाता बुटवल– एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा अर्घाखाँची प्रदेशसभा (क) बाट निर्वाचित पूर्वमन्त्री चेतनारायण आचार्यले दावी गरेका छन् । उनीस“गै भुमिश्वर ढकाल र लिला गिरीले पनि आकांक्षा देखाएका छन् । एमाले अध्यक्ष केपी ओली र महासचिव शंकर पोखरेल निकट मानिने आचार्य अघिल्लो चुनावमा पनि जितेर लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा पर्यटन मन्त्री भैसकेका छन् । संसदमा प्रभावकारी भुमिका खेल्न र सरकारको नेतृत्व गर्न संसदीय दलको नेतामा चयन हुन आचार्यले लबिङ गरेका छन् । आचार्य प्रभावशाली नेता हुन । संसदीय दलको नेता मुख्यमन्त्री हुने व्यवस्था रहेको छ ।
नेपाल राज्य संवाददाता काठमाडौं– नेकपा (एमाले) केन्द्रीय सचिव टोपबहादुर रायमाझीले अब मुलुकको स्थायित्व र विकासका लागि ठुला दल कांग्रेर र एमाले मिलेर सरकार बनाउनुपर्ने बताएका छन् । एमालेकाे अर्घाखाँची-काठमाडौं सम्पर्क मञ्चले अायाेजना गरेको बधाई तथा धन्यवाद ज्ञापन कार्यक्रममा रायमाझीले जनताले कसैलाई पनि बहुमत नदिएको र ठुला दल मिलेर सरकार बनाउ भन्ने सन्देश दिएको बताए । उनले ठुला दल मिलेमा साना दल कोही कता जान्छन्, कोही कता जान्छन् र अस्तित्वमा नरहने दावी गरे । नेपालका बुद्धिजीवि वर्गले साना दललाई अस्थित्वमा आउन नदिन ठुला दल मिलेर सरकार बनाउनुपर्ने सुझाव पनि दिएको रायमाझीको तर्क छ ।
नेपाल राज्य संवाददाता अर्घाखाँची– सन्धिखर्क नगरपालिका वडा नम्बर ५ वाङलाका विद्यार्थीले पाणिनि बहुमुखी क्याम्पसमा निशुल्क पढ्न पाउने भएका छन् । स्नातक तहमा पढ्ने वडा ५ का विद्यार्थीको बर्षभरीको शुल्क वडा कार्यालयले व्यहोरिदिएको छ । वडा अध्यक्ष ऋषब अधिकारीले सोमबार क्याम्पसमा छात्रवृद्धि रकमबाट १३ जना विद्यार्थीको वार्षिक शुल्क विद्याथीलाई हस्तान्तरण गरेका छन् । एक जना विद्यार्थीको वार्षिक शुल्क ७ हजार ६ सय ९२ रुपैयाँमा क्याम्पसमा एक समारोहबीच अधिकारीले विद्यार्थीलाई दिएका छन् । वाङलाको जीवनोध्दार माविबाट कक्षा १२ उर्तीण गरी पाणिनि बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत विद्यार्थीको शुल्क तिरिदिएका हुन । छात्रवृत्ति रकम हस्तान्तरण कार्यक्रममा वडाअध्यक्ष अधिकारीले समाज शिक्षित भए मात्रै विकास…
हरि कुँवर, अर्घाखाँची । मृगौला रोगले पीडित बालक लाई बचाउन परिवारले अपिल गरेको छ । अर्घाखाँची जिल्ला मालारानी- ५ बाँगी निवासी गुमान बहादुर चौहानका छोरा मृगौला रोगको संक्रमणबाट पीडित भएपछि सहयोग जुटाई दिन परिवारले आग्रह गरेको छ । १४ वर्षीया विनोद चौहानको मृगौलाले काम गर्न नसक्नेभएपछि उनका परिवारले आर्थिक सहयोग जुटाई दिन सबैसँग आग्रह गरेका हुन् । गुनमान रोजगारीको शिलशिलामा भारतमा विगत ७-८ बर्ष देखि बेपत्ता रहेकोले परिवारको आर्थिक अवस्था कम्जोर भएपछि जीवन निर्वाह गर्न नसक्दा परिवारलाई दुईछाक टार्न सम्म समस्या देखिएको परिवारश्रोतले बताएको छ । हाल कान्तिबाल अस्पताल काठमाडौंमा उपचाररत छन् । डाक्टरका अनुसार उपचार चलिरहेको र खर्च धेरै…
