नेपाल राज्य संवाददाता
अर्घाखाँची– सन्धिखर्क नगरपालिका वडा नम्बर ५ वाङलाका विद्यार्थीले पाणिनि बहुमुखी क्याम्पसमा निशुल्क पढ्न पाउने भएका छन् । स्नातक तहमा पढ्ने वडा ५ का विद्यार्थीको बर्षभरीको शुल्क वडा कार्यालयले व्यहोरिदिएको छ ।
वडा अध्यक्ष ऋषब अधिकारीले सोमबार क्याम्पसमा छात्रवृद्धि रकमबाट १३ जना विद्यार्थीको वार्षिक शुल्क विद्याथीलाई हस्तान्तरण गरेका छन् । एक जना विद्यार्थीको वार्षिक शुल्क ७ हजार ६ सय ९२ रुपैयाँमा क्याम्पसमा एक समारोहबीच अधिकारीले विद्यार्थीलाई दिएका छन् । वाङलाको जीवनोध्दार माविबाट कक्षा १२ उर्तीण गरी पाणिनि बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत विद्यार्थीको शुल्क तिरिदिएका हुन । छात्रवृत्ति रकम हस्तान्तरण कार्यक्रममा वडाअध्यक्ष अधिकारीले समाज शिक्षित भए मात्रै विकास हुने बताए । यो आफुले शुरुवात गरेको र अझ थप शिक्षामा लगानी गर्ने बताए ।
क्याम्पस प्रमुख बुद्धिराम भुसालले अध्यक्ष अधिकारी सहित ५ नम्बर वडालाई धन्यावाद दिए । वडा सचिव अनन्तमणि पोखरेल वडा ४ का सदस्य चोपलाल भुसाल, ५ का सदस्य कृष्ण भुसाल, स्ववियु सभापति लक्ष्मण खड्का, पत्रकार महासंघका अध्यक्ष अशोक खनाल लगायतले सम्बोधन गरेका थिए । कार्यक्रम रामलाल भुसालको सञ्चालन, लक्ष्मण खनालको स्वागत र क्याम्पस प्रमुख बुद्धिराम भुसालको अध्यक्षतामा सम्पन्न भएको थियो ।