Author: नेपाल राज्य
काठमाडौं । नेकपा(एकिकृत समाजवादी) युवा संगठनका सचिवालय सदस्य भानु खनाल र विद्यार्थी संगठनका स्थायी कमिटी सदस्य आकाश खनाल बिहिवार नेकपा(एमाले) मा प्रवेश गरेका छन । अर्घाखाँची मालारानी खनदह घर भएका दुबै युवाले एकीकृत सामाजवादी पार्टीले स्थानीय तहको चुनावमा सामाजिक पारिवारिक सम्बन्ध,सामाजिक मूल्य मान्यता सबै भताभुङ्ग पारेको आरोप लगाए । अर्घाखाँचीका एकीकृत समाजवादिका नेता राम बहादुर चौहानले आफू “ब्याक” भएर पार्टीलाई “शुन्य ” जस्तै बनाएको कार्यकर्ताको अनुमान छ ।नेता चौहानले प्रदेश (क )मा आफुले दिएको उम्मेद्बारी निष्क्रिय पारी गठबन्धनका सागर के.सी . लाई समर्थन गर्ने घोषणा गरेका थिए । दुबै युवाले हाम्रो नेता नेकपा एमाले अध्यक्ष केपि ओलि भएको दाबी गरेको…
नेपाल राज्य संवाददाता अर्घाखाँची– गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले सन्धिखर्क अस्पतालमा मेडिकल कलेज खोल्ने गरी भौतिक संरचना निर्माण गर्ने आफ्नो मुख्य एजेण्डा रहेको बताइन । पहाडी जिल्ला अर्घाखाँचीबाट डाक्टर उत्पादन गर्ने उनले बताइन । निवर्तमान उपसभामुख भुसालले नेपालराज्यसँग कुरा गर्दै अस्पताललाई स्तरोन्नती गर्दै ५० वेडको विशेषज्ञ डाक्टर सुविधाबाट जटिल रोग बाहेक अरु विरामीको जिल्लामै उपचारको लागि सहज सेवा र कलेज खोल्ने गरी संरचना निर्माण गर्ने बताइन ।
नेपाल राज्य संवाददाता अर्घाखाँची– कांग्रेस केन्द्रीय सदस्य एवं अर्घाखाँची प्रतिनिधिसभा सदस्य उम्मेदवार पुष्पा भुसालले अबको विकास अर्थपूर्ण सहित जनताले अनुभूति गर्ने खालको हुनुपर्ने बताइन । निवर्तमान उपसभामुख भुसालले राष्टिय बजेटको सही सदुपयोग हुने गरी हरेक योजनाको काम गर्नुपर्ने बताइन । मालारानी गाउँपालिकाका विभिन्न चुनावीसभालाई सम्बोधन गर्दै भुसालले अर्घाखाँचीमा गुणस्तरीय शिक्षा, सर्बशुलभ स्वास्थ्य, व्यवस्थित सडक, सबैका घरमा खानेपानी, सिचाइ सुविधा लगायतका जनताका आधारभूत विकासका आवश्यक्ता पुरा आफुले गर्ने बताइन । गाउँमा कृषि उद्यम, पर्यटन विकास, युवालाई रोजगारीका आधार निर्माण गरिदिने जस्ता कामलाई आफुले पहिलो प्राथमिकतामा राखेको उनले बताइन ।
नेपाल राज्य संवाददाता अर्घाखाँची– (नेकपा) एमाले केन्द्रीय सदस्य एवं अर्घाखाँची प्रदेशसभा (क) का उम्मेदवार चेतनारायण आचार्य मतदातासँग भेटघाट तीव्र पारेका छन् । २०७४ को चुनावमा यही क्षेत्रबाट निर्वाचित भएर लुम्बिनी प्रदेशको आन्तरिक तथा कानून मन्त्री भएका आचार्य फेरी उम्मेदवार बनेका छन् । उनले पर्यटन क्षेत्रकाे विकास, सडक निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी सहित शुरुवात भएका पूर्वाधार विकासका काम केही सम्पन्न भएको र केही काम भैरहेकाले त्यसलाई निरन्तरता दिँदै थप नयाँ काम गरेर अर्घाखाँची प्रदेशसभा (क) लाई विकास र समृद्धिमा नमूना बनाइने बताए । उनले हरेक युवालाई कृषि उद्य्ममा जोडेर स्वरोजगार बनाइने बताए । उनले राेजगारीका अाधार निर्माणका लागि काम गरिने बताए…
अर्घाखाँची । नेपाली काग्रेस मालारानी गाउँपालिका वाडनम्वर १ का पार्टी सचिव रविलाल भुसाल भुसाल सहित १५ जना विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्नुभएकाे छ । नवप्रवेशिकालाई नेकपा एमाले केन्द्रीय सचिव तथा प्रतिनिधि सभा उम्मेदवार टाेपबहादुर रायमाझीले खादा माला लगाइ स्वागत गर्नुभएकाे छ । नवप्रवेशिहरूले एमालेलाइ विजयी बनाउन आफू दत्तचित्त भएर लाग्ने प्रतिवद्वता जाहेर गर्नुभएकाे छ । कार्यक्रममा मन्तव्य राख्दै रायमाझीले रिडि सुर्खेत सडक देउराली देखि पिच कार्य अगाडि बढेकाे,भालुवाङ खरावाङ सडककाे काम पनि तिव्र गति बढिरहेकाे,मदन भण्डारी सडक मार्ग लगाएका सडक सञ्जालले मालारानी क्षेत्रलाइ ठुलाे फाईदा हुने बताउनुभयाे । यस्तै बहुबषिर्य याेजनाहरू जिल्लाभर रहेकाे बताउनुभयाे ।
मीना थापा , पाल्पा । नेपालमै अनौठो पाल्पाको सत्यवती मेला यसबर्ष लाग्ने भएको छ । बिगतका केही वर्ष कोभिडका कारण चहपहल नभएको मेला यो वर्ष लाग्ने र यसको तयारी भएको पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ । बिगतमा ३ दिन लाग्ने मेला यो बर्ष राम्रो जोग परेकोले ५ दिन लाग्ने समितिले जनाएको छ । पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडा नं ४ मा रहेको धार्मिक पर्यटकीय स्थल सत्यवती मन्दिरमा कान कम सुन्ने बज्यै भएको बिश्वासमा चिच्याएर वर माग्ने गरिन्छ । यहाँ बाँसको लिंगो लिएर आवाज निकाल्ने गरी चिच्याउदै वर माग्ने र सत्यवती मन्दिर परिषरको पोखरीमा लिगो गाडेर पूजा गर्ने चलन छ…
अनिल नेपाली ,अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी बहुमत सहित नेकपा मशाल नेकपा क्रान्तिकारी माओबादी अर्घाखाँचीमा रहेका तीन राजनितिक दलद्धारा संसदिय निर्वाचन यसको औचित्य बिषयक संयुक्त अन्तरक्रिया कार्यक्रम आज सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ । कार्यक्रम संसदिय चुनाव अबज्ञा र बहिष्कार गरौं भन्ने मुलनाराका साथ सर्बपक्षिय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम मा मन्तब्य राख्दै नेकपा (बहुमत )का केन्द्रिय सदस्य तथा अर्घाखाँची कपिलवस्तु इन्चार्ज शेरमानले नेपालमा ससदीय व्यबस्थाले निकास दिन नसक्ने बताउदै आफुले जनताको बैज्ञानिक सत्ताको आधार स्तम्भ तयार पार्ने गरी बहिष्कारको रणनिति तय गरेकोले यसमा सबै जनताले साथ दिने बताए । चारदर्शक देखि नेपालमा रहेको ससदीय व्यबस्थाका कारण अहिलेसम्म…
नेपाल राज्य संवाददाता अर्घाखाँची– राष्टिय प्रजातन्त्र पाटीबाट अर्घाखाँची प्रदेशसभा १ (क) का उम्मेदवार झविन्द्र फुल्लेलले अर्घाखाँचीको मुहार राप्रपाले बदल्ने दावी गरेका छन् । उनले युवालाई स्वदेशमै रोजगारी सहित अर्घाखाँचीको विकासलाई नयाँ ढंगले राप्रपाले गर्ने बताए । ठुला दलले समाजसेवाको रुपमा रहेको राजनीतिलाई बिजनेस बनाएको आरोप लगाए । ‘हिन्दुराष्ट्र र राजा सहितको व्यवस्था आवश्यक छ,’ नेपालराज्यसँग फुल्लेलले भने, ‘यसले मात्रै देशको विकास हुन्छ । संघीयताले खर्च बढी भएर बेथिति भएको छ ।’ स्थानीय उत्पादनलाई जोड दिदै कृषि उद्यमलाई प्राथमिकतामा राखेर विदेश जाने युवालाई कृषिमै उद्यमी बनाउने र गाउँ–गाउँमा रोजगारीका अवसर सृजना गर्नुपर्ने बताए । त्यसको लागि भाईभैसी, बाख्रा, कुखुरा, बंगुर सहितका…
नेपाल राज्य संवाददाता अर्घाखाँची– (नेकपा) माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं अर्घाखाँची जिल्ला सहइन्चार्ज ठाकुरकुमार विकले जनयुद्धबाट प्राप्त उपलब्धी, आन्दोलनका घाइतेलाई धाका दिएर टोपबहादुर रायमाझीले माओवादी छाडेको बताए । उनले सहिदको बलिदानीबाट गणतन्त्र प्राप्त भएको र माओवादीले नै तीन पटकसम्म लगातार चुनाव जिताएर पठाएर मन्त्रीसम्म भएको र अन्तिममा मन्त्री पदकै लागि रायमाझी एमालेतिर गएर माओवादीलाई धोका दिएको बताए । मालारानी गाउँपालिका–५ बाँगीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै विकले मुलुकलाई विकासमा परिवर्तन गर्न र आन्दोलनका उपलब्धीलाई जोगाउन ५ दलीय गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने दावी गरे ।
नेपाल राज्य संवाददाता अर्घाखाँची– नेकपा (एमाले) केन्द्रीय सचिव एवं प्रतिनिधिसभाका उम्मेदवार टोपबहादुर रायमाझीले सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकले अर्घाखाँचीको आर्थिक अवस्था बदल्ने बताए । आफु सांसद भएपछि २०६६ सालबाट शुरु गरेको सडकको काम धमाधम भैरहेको र बहुवर्षीय योजनामा पारेकाले छिटै निर्माणको काम सम्पन्न हुने बताए । ‘नेपालको एक मात्र सिकार आरक्षण बाग्लुङको ढोरपाटन पुग्न सबैभन्दा छोटो बाटो यही हुन्छ,’ पूर्वउपप्रधानमन्त्री रायमाझीले भने, ‘ढोेरपाटनमा सिकार खेल्न विदेशी पर्यटक आउँछन् । राष्टिय तथा अन्तराष्टिय पर्यटक यहीबाटो आउजाउ गर्दा अर्घाखाँची पहाडी जिल्लाको पर्यटकी केन्द्र बन्छ ।’ अर्घाखाँचीबाट बुटवल आउजाउ दुई घण्टामै हुन्छ । यो सडकले दुर्गम गाउँलाई समेटेको उनले बताए । उनले आफु सांसद र मन्त्री…
