अर्घाखाँची ।
नेकपा (एमाले) का पुर्व केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का ‘उज्वल’ नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन् ।
नेपाल पत्रकार महासंघ अर्घाखाँची को निमन्त्रणामा सन्धिखर्क आएका प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेता खड्कालाई माओवादी पार्टीमा टीका खादा लगाइ स्वागत गरेका हुन ।
नेकपा बन्नुअघि उनी माओवादी केन्द्रमै थिए । २०७७ फागुन २३ पछि टोपबहादुर रायमाझी सगै उनी एमालेमा आए ।
राष्ट्रिय सभाकाे उपनिर्वाचनमा लुम्बिनी प्रदेशबाट नेकपा(एमाले)का उम्मेद्वार बनेका खड्काले ३ हजार ६ सय १२ मत प्राप्तगरि हारेका थिए ।
यता अहिले सामाजिक संजालमा अर्घाखाँची पर्यटन पर्बद्धन कार्यक्रमको नाममा पार्टी प्रवेश गरेकोमा पर्यटन प्रर्बद्वन हाे कि पार्टी प्रर्वद्वन कार्यक्रम भन्दै विरोध शुरू भएको छ । प्रधानमन्त्री प्रचण्ड सगै आएका वसन्त कुँवरकाे गाडीमाथि समेत ढुङ्गा प्रहार भएकाे हो ।