काठमाडौं ।
काठमाडौं महानगरकी उप्रमुख सुनिता डंगोलले हरेक वर्ष १५ हजार महानगरवासीलाई रोजगारी दिनेगरी १० वटा गौरवका योजनाहरु अघि सारिएको बताएकी छ्न ।
मंगलवार काठमाडौंमा महानगर गौरव योजना “रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’कार्यक्रमको समुद्घाटन कार्यक्रममा बोल्दै उनले भन्निन “आगामी तीन वर्षमा पूरा गर्नेगरी १० वटा गौरवका योजनाहरु अघि सारेका छौं । प्रत्येक वर्ष १५ हजार महानगरवासीलाई रोजगारी पाउनेछ्न । यसको लागि १० करोड बजेट पनि छुट्याएका छौं ।”