अर्घाखाँची ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अर्घाखाँची आउने भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीले सन्धिखर्कमा माघ २० गते आयोजना गर्न लागेको खुल्ला सभामा सम्बोधन गर्न लामिछाने आउने भएका हुन ।
गत कार्तिक २० गते जाजरकोट भुकम्पका कारण रोकिएको खुल्ला सभा अहिले गर्न लागिएको जिल्ला सभापति हरिप्रसाद भुसालले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँची प्रतिनिधिसभा समानुपातिकमा ८,९५१ र प्रतिनिधिसभा प्रत्यक्षमा ३,२०० मत प्रदान गर्दै जिल्लामा तेस्राे पार्टीकाे रुपमा स्थापित भएको थियो ।