रुद्रमणि भुसाल, अर्घाखाँची ।
लायन्स क्लब अफ काठमाडौं ढिकुराको आयोजनामा भुमिकास्थान नगरपालिकाका दुई वडाका ५ आधारभुत बिद्यालयमा अध्ययानरत करिब १ सय ५० बिद्यार्थीहरुलाई स्कुल सपोटका लागि आवश्यक स्कुल ब्याग ,जाडोमा लगाउने न्यानोलुगा ट्याक्सुट लगायतका समाग्री लायन्स कल्वका पदाधिकारी र सदस्यहरुले स्वाइक्षाले करिब ३ लाख रकम संकलन गरि बिद्यार्थीहरुलाई सामाग्री खरिद गरि हस्तातरण गरिएको लायन्स कल्व अफ काठमाडौं ढिकुराकी अध्यक्ष गिता भुसाल भट्टराइले बताइन् ।
क्लबले स्थापनाकालदेखि नै बिभिन्न पेशा ब्यवसायले गर्दा आफ्नो गाउँठाउँभन्दा बाहिर रहेपनि आफुले अध्ययानगरेका बिद्यालयहरुमा कम्पुटर बितरण , स्वास्थ्य शिबिर संचालन बालबालिकालाई जाडोको समयमा राहत होस भन्ने उदेश्यले न्यानो कपडा बितरण जस्ता बिभिन्न रचनात्मक काम गदै आएको रामचन्द्र भट्टराइको भनाई छ ।
क्लबले भुमिास्थान नगरपालिका वार्ड नं. ९ का पद्मावति ,थानपति ,जयन्ती ,बिरभद्र आधारभुत र भुमिकास्थान ८ को महेन्द्र आधारभुत बिद्यालय गरि पाँच ओटा बिद्यालयमा अध्यायरत बिद्यार्थीहरुलाई बिद्यलय सपोट सामाग्री हस्तातरण गरेको क्लबका सदस्य कृष्ण पोख्ररेलले बताए।
बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेकोमा क्लबका अध्यक्ष सहित सम्पुर्णलाइ अभिभावकको तर्फबाट जिल्ला समन्वय समिति सदस्य झुपलाल खनालले धन्यबाद दिए । कार्यक्रममा इन्दिरा खनाल , स्थानिय राम प्रसाद भुसाल , जीवन घिमिरे ,गीता केसि,जेष्ठ अभिभावक विष्णु कु घिमिरे ,रामप्रसाद पोख्रेल, सन्तराज भुसाल ,कृष्ण प्रसाद भुसाल,सरिता भुसाल मिना घिमिरे लगायतको उपस्थिती रहेको थियो ।