Author: नेपाल राज्य
काठमाडौं । दिल्लीको एक अदालतले मदिरा नीति घोटालासँग सम्बन्धित सीबीआई मुद्दामा दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल र उपमुख्यमन्त्री मनीष सिसोदियालाई सफाइ दिएको छ। शुक्रबार राउज एभिन्यू अदालतले दुवै विरुद्धको आरोप प्रमाणित हुन नसक्ने फैसला सुनायो। सीबीआईले यस मुद्दामा कुल २३ जना विरुद्ध आरोपपत्र दायर गरेको थियो। अदालतले उनीहरूमध्ये कसैका पनि विरुद्ध आरोपपत्र दर्ता गर्न अस्वीकार गर्दै सबैलाई सफाइ दिएको छ। सफाइ पाएपछि केजरीवालले अदालत बाहिर मिडियासँग कुरा गरे, त्यस क्रममा उनी रुन थाले । उनले भने ‘विगत केही वर्षदेखि, भाजपा मदिरा घोटाला र हामीमाथि लगाइएका आरोपहरूमा संलग्न छ। आज, अदालतले सबै आरोपहरू खारेज गर्यो र हामी सबैलाई मुक्त गर्यो। हामीले…
अर्घाखाँची — अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरिप्रसाद भुसालको जित सुनिश्चित भएको भन्दै चुनावी माहोल चासोपूर्ण बनेको छ। परम्परागत रूपमा पुराना दलहरूको प्रभाव रहेको जिल्लामा नयाँ दलको उपस्थितिले चुनावी बहसलाई फरक मोड दिएको छ। रास्वपाका स्थानीय नेता तथा कार्यकर्ताहरूले करिब ४ हजार मतान्तरले विजय हुने दाबी गरेका छन्। पछिल्लो समय विभिन्न दलमा सक्रिय रहेका केही युवाहरू रास्वपामा आबद्ध हुन थालेका छन्। संगठन विस्तारमा यसले ऊर्जा थपेको बताइएको छ। लामो समयदेखि एउटै ढाँचाको राजनीति देख्दै आएको युवा पुस्ताले नयाँ विकल्प खोजिरहेको सन्दर्भमा रास्वपाप्रति आकर्षण बढेको देखिन्छ। परिवर्तनको भाष्य युवामाझ प्रभावकारी बनेको छ। जिल्लामा एउटा गाउँ करिब ८० जना रास्वपा…
पाल्प। टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बिहीबार बिहान पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ स्थित भित्री सडक खण्डमा लु २ ख २००१ नम्बरको टिपर दुर्घटना भएको हो। सिद्देश्वरबाट सन्देवातर्फ जाँदै गरेको टिपर सडकबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका टिपर चालक रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरी बस्ने ४८ वर्षीय खिमबहादुर सोमईको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई प्रहरी टोलीले उद्धार गरी उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास लगेको थियो। अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
अर्घाखाँची — जिल्लामा चुनावी माहोल तातिँदै जाँदा घर–घरमै राजनीतिक धार विभाजित भएको देखिएको छ। मालारानी, सितगङ्गा र सन्धिखर्क क्षेत्रमा एउटै परिवारभित्र पाँच फरक–फरक चुनाव चिन्हमा मत जाने अवस्था देखिएको हो। एउटै परिवारका सदस्यहरू कसैले सूर्य चिन्हमा मतदान गर्ने बताएका छन् भने कसैले रुख, तारा, घण्टी र गिलास रोजेका छन्। नेकपा एमालेको सूर्य चिन्ह नेपाली काङ्ग्रेसको रुख नेकपाको तारा रास्वपाको घण्टी र जनमोर्चाको गिलास सँग सम्बन्धित चिन्ह हुन्। नेपाल राज्यले खोज गरेको एउटा रिपोर्टमा यस्तो पाइएको हो । स्थानीय मतदाताहरूका अनुसार अहिले मत निर्णय गर्दा परम्परागत पारिवारिक प्रभावभन्दा व्यक्तिगत धारणा, उम्मेदवारको छवि, विगतको काम र परिवर्तनको अपेक्षालाई प्राथमिकता दिइँदैछ। राजनीतिक विश्लेषकहरू…
अर्घाखाँची । अर्घाखाँची प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार पुष्करनाथ आचार्यले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन्। आचार्यले सोमबार सार्वजनिक विज्ञप्ति जारी गर्दै वर्तमान राष्ट्रिय परिस्थिति र असहज वातावरणका कारण निर्वाचन स्वाभाविक र सहज रूपमा सम्पन्न नहुने निष्कर्षसहित प्रतिस्पर्धाबाट बाहिरिने निर्णय गरेको बताएका हुन्। डा. बावुराम भट्टराई चुनावबाट पछाडि हटेपछि अर्घाखाँचीमा पुष्करनाथ आचार्य पनि चुनावी मैदानबाट बाहिरिएका हुन् ।मनोनयन दर्तापछि गाउँ–गाउँ पुगेर मतदातासँग भेटघाट गर्दै समर्थन मागिरहेका उनले चुनावी माहोल लाई ध्यानमा राख्दै उम्मेदवारी त्याग्नु उचित ठानेको उल्लेख गरेका छन्।
जेन जीलाई पत्र मार्फत भुसालको आह्वान: “ नयाँ नेपाल निर्माणमा हातेमालो गरौं” अर्घाखाँची — सामाजिक सञ्जालमार्फत सार्वजनिक खुला पत्रमा मदन भण्डारी फाउन्डेसन अर्घाखाँचीका अध्यक्ष श्रीकृष्ण भुसालले युवापुस्तालाई लक्षित गर्दै आगामी निर्वाचनमा सूर्य चिन्हमा मतदान गरि नयाँ नेपाल निर्माणमा हातेमालो गर्न आग्रह गरेका छन्। अर्घाखाँचीको सन्धिखर्कबाट जारी पत्रमा उनले जेन जी पुस्ताले भ्रष्टाचारविरुद्ध उठाएको आन्दोलनले राजनीतिक दलहरूलाई सुधारका लागि दबाब दिएको उल्लेख गरेका छन्। भुसालले युवाहरूको आन्दोलनलाई “जायज र क्रान्तिकारी कदम” भन्दै त्यसबाट दलहरूमा नीतिगत र संगठनात्मक परिवर्तनको वातावरण बनेको दाबी गरेका छन्। उनले आन्दोलनका क्रममा भएको मानवीय क्षतिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घुसपैठ र समन्वय अभावका कारण स्थिति बिग्रिएको आरोप पनि…
निर्वाचन केवल जित–हारको प्रश्न होइन, अर्घाखाँचीको भविष्य कता लैजाने भन्ने साझा निर्णय हो: भुसाल
अर्घाखाँची — प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिदै जाँदा अर्घाखाँची मा चुनावी माहोल तातिएको छ। यसैक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार पीताम्बर भुसाल ले पत्रमार्फत मतदातालाई सन्देश दिँदै सूर्य चिन्हमा मतदान गर्न अपिल गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देशमा उनले आफू यही माटोमा हुर्किएको नागरिक भएकाले जिल्लाका पीडा, सपना र सम्भावनासँग प्रत्यक्ष जोडिएको बताएका छन्। उनले वर्तमान निर्वाचनलाई देश र जिल्लाको भविष्य तय गर्ने महत्वपूर्ण मोडका रूपमा व्याख्या गर्दै मतदातालाई सोचविचार गरेर निर्णय लिन आग्रह गरेका हुन्। भुसालले पार्टी अध्यक्ष के.पी. शर्मा ओली को नेतृत्वकालमा देशले स्थायित्व, आत्मविश्वास र विकासको स्पष्ट दिशा पाएको दाबी गरेका छन्। संविधान कार्यान्वयन, राष्ट्रिय स्वाभिमान, पूर्वाधार…
काठमाडौं ।नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले मुलुकका छरिएर रहेका कम्युनिस्ट शक्तिहरू पुनः एकीकृत हुने दाबी गर्दै एमालेसहितको बृहत् एकताको आधार तयार भइरहेको बताएका छन्। कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन्। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को रूपमा २०७५ सालमा एमाले र माओवादी केन्द्रबीच भएको ऐतिहासिक एकता राजनीतिक र कानुनी जटिलताका कारण भंग भएको थियो। उक्त एकताले दुई तिहाइको सरकार निर्माण गरे पनि आन्तरिक शक्ति संघर्ष र सर्वोच्च अदालतको फैसलापछि दुवै दल पुरानै अवस्थामा फर्किएका थिए। अहिले फेरि स्थानीय तहको निर्वाचन र राजनीतिक समीकरणको फेरबदलसँगै वामपन्थी दलहरूबीच…
काठमाडौं । कालीकोटको पलाँता गाउँपालिकामा विभिन्न दल त्याग्दै ३सय २५ जना नेता–कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन्। आइतबार आयोजित विशेष कार्यक्रममा वडा नं. २ का उक्त संख्या बराबर कार्यकर्ता औपचारिक रूपमा एमालेमा समाहित भएका हुन्।उनीहरूलाई प्रतिनिधिसभा सदस्य उम्मेदवार नगेन्द्र शाहीले खादा–माला लगाएर स्वागत गरेका थिए। प्रवेश गर्नेहरूमा नेपाल कम्युनिष्ट पार्टीका प्रदेश सदस्य नवराज सिंह, दन्त बम, उद्योग व्यापार संघका केन्द्रीय सदस्य नवराज बुढा, जिल्ला सदस्य कुशराज प्याकुरेल, नेपाली कांग्रेसका सुरबहादुर बम र ब्रिखलाल प्याकुरेल, साथै नयाँ शक्ति पार्टीका अर्जुन बम लगायत रहेका छन्। स्वागत मन्तव्यमा शाहीले समृद्धि, सुशासन र विकासका एजेन्डामा एमाले सधैं अग्रणी रहेको दाबी गर्दै संगठन…
अर्घाखाँची, फागुन ८ – दाङको तुल्सीपुरमा नेकपा एमालेको चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाइएको घटनाको विरोधमा अर्घाखाँचीमा राष्ट्रिय युवा संघ नेपालले प्रदर्शन गरेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत नेकपा एमाले अर्घाखाँची जिल्ला युवा परिचालन कमिटीका संयोजक तोजबहादुर रायमाझी विधानले विरोध जुलुसपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै उक्त घटनाको कडा शब्दमा भर्त्सना गरे। उनले सार्वजनिक रूपमा पार्टीको चुनाव चिन्हमा आगजनी गर्नु लोकतान्त्रिक मूल्य र राजनीतिक संस्कृतिविपरीत भएको बताए। “सूर्य कागजमा छापिएको चिन्ह मात्र होइन, यो जनताको विश्वास, भरोसा र आस्था हो” उनले भने। रायमाझीले राजनीतिक असहमति भए सार्वजनिक बहस र संवादमार्फत प्रस्तुत गर्नुपर्ने उल्लेख गर्दै प्रतिक जलाउने कार्य अस्वीकार्य…
