वन डढेलो रोकथाम नियन्त्रणसम्बन्धी अत्यन्त जरुरी सूचना
जाडोयाम सकिएस“गै गर्मी बढिरहेको र हुरी बतास चल्न शुरु भएको यस समयमा वनजंगलमा डढेलो लाग्ने प्रबल सम्भावना हुन्छ । यसले हाम्रो प्राकृतिक सम्पदा क्षणभरमै नष्ट भई वातावरणीय सन्तुलनमा ठूलो असर पुग्ने, पानीका मुहान सुक्ने, भूक्षय हुने, वायुमण्डलमा कार्बन उत्सर्जन हुन गई जलवायु परिवर्तनमा असर पुग्ने तथा गाउबस्तीमसम्म डढेलो फैलिनुका साथै तपाई हाम्रो लापरवाही र असावधानिका कारण वनजंगलमा आगो लाग्न गई जनधनको ठूलो क्षति पुग्न सक्छ । तसर्थ
सलाई लाइटरजस्ता प्रज्वलशील वस्तु बावलालिकाले भेट्ने ठाउमा नराखौं ।
जंगलमा सलाई र लाइटरको प्रयोग नगरौं र गर्नौपर्ने भए सावधानीपूर्वक प्रयोग गरी राम्रोस“ग निभाऔं ।
वनजंगलमा धुम्रपान नगरौं ।
हाम्रो सानो अवसाधनीले जंगल मात्र होइन, आसपासका बस्तीसमेत उजाड हुन सक्छन् ।
जनधन र वनको संरक्षण गरौं
सचेत बनौं, डढेलोबाट आफु पनि बचौं र अरुलाई पनि बचाऔं ।
प्रदेश सरकार
वन तथा वातावरण मन्त्रालय
वन निर्देसनालय
डिभिजन वन कार्यालय, पूर्वी रुकुम, लुम्बिनी प्रदेश