Author: नेपाल राज्य

गोपाल प्रसाद भट्टराई , अर्घाखाँची।  बैशाख १३ (अप्रिल २५) गते विश्व औलो दिवस ! अर्घाखाँचीमा पनि “औलो बिरुद्धको लडाईलाई तिब्रता दिऔं, समतामुलक पहुँचको सिर्जना गरौं” भन्ने मुल नारा सहित यो दिवस मनाईएको छ । औलो दिवसको अवसरमा बिहिबार स्वास्थ्य कार्यालय अर्घाखाँचीद्धारा आयोजित कार्यक्रममा बोल्दै जिल्ला अस्पताल अर्घाखाँचीका डाक्टर अशोक शाहले जिल्लामा स्थानीय बिरामी शुन्य हुुँदै गएपनि आयातित संक्रमितका कारण औलोको जोखिम भने उच्च रहेको बताउनु भएको छ । जिल्लामा क्रियाशिल पत्रकार तथा संचारकर्मिको सहभागितामा सम्पन्न कार्यक्रममा बोल्दै उहाँले अर्घाखाँची छिमेकी तराई क्षेत्र संग जोडिएको र तराईमा औलोको जाखिम बढि हुने भएकोले यहाँ औलोंको जोखिम बढी हुने बताउनुभएको छ । स्थानीय स्तरमा…

Read More

काठमाडौं । नेकपा एमाले पार्टीले स्थापना भएको ७५ औं वर्ष पुगेको अवसरमा हीरक जयन्ती मनाउन लागेको छ । सोमवार ललितपुरको गोदावरीस्थित सनराईज हलमा आयोजित हीरक महोत्सव समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल , पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा,पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई लगाएतका शिर्ष नेताहरु सहभागी हुँदा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने उपस्थित भएनन् । औपचारिकताका लागि निम्तो आएको भन्दै नेपाल महोत्सवमा उपस्थित नभएको नेपाल निकट स्रोतले बताएको छ । यता नेपाल लाई निमन्त्रणा गरिएको एमालेले जनाएको छ । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘राष्ट्रिय गौरव’ पदकबाट सम्मान गरेको थियो।

Read More

काठमाडौं । सरकारले भोलि ( मंगलबार) सार्वजनिक बिदा दिने भएको छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आउने भएका हुन । आज बसेको मन्त्रिपरिषद् बैठकले भोलि कतारका राजा शेख तमिम बिन हमाद अल थानी आउँदा सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

Read More

बुटवल । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नेपालका पार्टीहरु उत्तर, दक्षिण र पश्चिममुखी भएकाले देशले निकास नपाएको बताएका छन् । उनले ठूलो त्याग र वलिदानले ल्याएको गणतन्त्र लोकतन्त्रलाई बचाउन नसक्दा देशमा अस्थिरता र भ्रष्टाचार बढ्दै गएको भन्दै राजनीतिक दलहरुकै कारण देश र जनताको अवस्था निकै गम्भीर अवस्थामा पुगेको जिकिर गरे । आइतवार रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशले बुटवलमा गरेको साक्षात्कार कार्यक्रममा डाक्टर भट्टराईले यस्तो बताएका हुन् । देशमा अहिले चरम बेरोजगारी, बेथिति र उद्योग व्यवसायहरु धरासायी बन्दै गएकोप्रति वर्तमान सरकारले ध्यान नदिएको, सरकारले उठाएका ठूला फाईलहरुको हालसम्म कुनै टुङ्गोमा पुर्‍याउन नसकेको जनाउँदै सत्ता टिकाउन कसैलाई…

Read More

हरि कुँवर, अर्घाखाँची । नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री कुर्सी समातेर बसेको आरोप लगाएका छन् । सनिवार बाँगी शान्ति मा. विले आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको सम्बोधन गर्दै नेता भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” को नाम नली माओवादी नेताको अगाडि प्रधानमन्त्री कुर्सी ढल्छ कि भनेर समातेर बसेको आरोप लगाएका हुन् । कुर्सी बाहेक समृद्धिको यात्रामा सरकारको नजर नपुगेको बताउदै नेपाल विकासमा चीन र भारत संग प्रतिस्पर्धा गर्न गुणस्तरीय शिक्षाको महत्त्वपूर्ण भुमिका रहेको बताए । राजनीतिक दलहरु स्वार्थ र फाइदाका पछाडि हिँड्ने प्रवृत्तिले मुलुक १५ वर्ष पछि परेको बताए । पूर्वप्रधानमन्त्री भट्टराईले युवाहरूलाई स्वदेश बसेर…

Read More

बुटवल । राईड शेयरिङ एप ‘इ ड्राईभ नेपाल’ बुटवल र भैरहवा सुरु भएको छ । इ ड्राईभ लुम्बिनी नेपाल प्रा.लिले पत्रकार सम्मेलन गर्दै सेवा सुरु भएको जानकारी दिएको हो । इ ड्राईभ लुम्बिनी नेपाल प्रा.लि.का अध्यक्ष राजकुमार गुप्ताले यात्रुहरुलाई सर्वसुलभ सेवा दिने उद्देश्यले बुटवल, भैरहवा, लुम्बिनी क्षेत्रमा राईड शेयरिङ एप इ ड्राईभ नेपाल सुरु गरिएको जानकारी दिए ।उनले चाहनेहरुलाई निशुल्क दर्ता हुन समेत आव्हान गरेका छन् ।

Read More

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिने भएका छन् । आज दिउँसो १ बजे प्रदेश सभामा उनले विश्वासको मत लिन लागेका हुन् । लुम्बिनी प्रदेशका ८७ सांसद मध्य एमाले, जसपा, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी र स्वतन्त्रसहित ४८ जना सांसदको समर्थनमा महरा यही चैत २३ गते लुम्बिनीको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

Read More

काठमाडौँ । सशस्त्र द्वन्द्वकालको कथा–व्यथामा आधारित लेखक जेबी दर्लामीको उपन्यास ‘मारीखोलाको ढुङ्गो’ आज लोकार्पित भएको छ । पब्लिकेसन नेपालयद्वारा आयोजित कार्यक्रममा उपन्यासको कथा–कालमा जन्मिएकी इभा काफ्लेलाई लेखक दर्लामीले पुस्तक हस्तान्तरण गरेर उक्त उपन्यास लोकार्पण गरिएको हो । सो अवसरमा मुलुक द्वन्द्व र सङ्कटकालमा हुँदा जन्मिएकी इभाले सशस्त्र द्वन्द्वबारे आफू र आफ्नो पुस्ताको बुझाइका साथै ‘मारीखोलाको ढुङ्गो’ पढ्दाको आफ्नो अनुभूति सुनाइन् । ‘समाज विज्ञानको विद्यार्थी भए पनि हामीले द्वन्द्वकालबारे कक्षाकोठामा पढ्नै पाएनौँ, घरघरमा कथा सुनाउने चलन पनि अब छैन’, पठन अनुभव सुनाउँदै इभाले भनिन्, ‘चिन्दै नचिनेको देश हामीले कसरी बनाउने ? हामी कहाँबाट आयौँ ? अहिले कहाँ छौँ ? यस्ता प्रश्नको…

Read More

हरि कुँवर, अर्घाखाँची । बाँगीमा विशेषज्ञ सेवासहितको एकदिने वृहत् स्वास्थ्य शिविर हुने भएको छ । उदीयमान जनजागृती क्लव मालारानीद्वारा आयोजित मालारानी गाउँपालिका – ५ वडा कार्यालयको सहकार्य एवम् चौराहा हस्पिटल प्रा.लि. बुटवल र बाँगी स्वास्थ्य चौकीको प्राविधिक सहयोगमा चैत्र २३ गते शुक्रबारको दिन बाँगी स्वास्थ्य चौकीमा एक दिने वृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो । स्वास्थ्य शिविरमा जनरल फिजिसियन विशेषज्ञ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ नाक, कान, घाँटी रोग विशेषज्ञ स्त्रीरोग विशेषज्ञ, मुटुको इ.सी.जी. ब्लड सुगर जार्च लगायतका सेवाहरू उपलब्ध गराउने क्लबका अध्यक्ष अशोक चाैहानले जानकारी दिएका हुन । स्वास्थ्य शिविरको उद्देश्य सकेसम्म धेरै मानिसहरू लाई सहयोग पुर्‍याउनु…

Read More