Author: नेपाल राज्य

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज लुम्बिनीमा रहने भएका छन् । प्रधानमन्त्री ओली शुक्रबार दुई पाल्पा र बुटवल जिल्लाका चारवटा औपचारिक कार्यक्रममा सहभागी हुने उहाँको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले बिहान ११ बजे पाल्पाको बगनासकाली गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्ने कार्यक्रम रहको छ । त्यस्तै दिउँसो १२ बजेपछि तिनाउ गाउँपालिकाको भवन उद्घाटन गर्ने कार्यक्रम हरेको छ । तिनाउ दोभानमा नवनिर्मित प्रशासकीय भवन कार्यक्रमलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यस्तै आज दिउँसो नै प्रधानमन्त्रीले सिद्धबाबामा निर्मित सुरुङ मार्गको ब्रेकथ्रु गर्ने कार्यक्रम छ । सिद्धार्थ राजमार्गमा निर्मित सो सुरुङको निर्माणकार्य अन्तिम चरणमा पुगेपछि आज ब्रेकथ्रु गर्न लागिएको हो ।…

Read More

हरि कुँवर, अर्घाखाँची । अभिनेता पल शाह अर्घाखाँची बासीको मुटुको धड्कनमा बस्न सफल भएका छन् । उनलाई हेर्न छैठौं अर्घाखाँची महोत्सवमा दर्शकको भीड लागेको हो । फिल्म र संगीत क्षेत्रमा छुट्टै पहिचान बनाएका अभिनेता पल शाह बिहीबार अर्घाखाँची महोत्सवमा आउँदा करिब १० हजार भन्दा बढी दर्शकको भीड लागेको हो । अहिलेको चर्चित गीत “म त ढलें ढलें..” “माया लाई पानको पात… “सबैको मुखमा झुण्डिएको पाइन्छ । सोही गीतका कलाकार पल शाह गायिका शान्तारानी परियार अर्घाखाँची महोत्सवमा देखा परे ।यही गीतमा युवायुवती ताली बजाउने कम्मर ढल्काउने गरे । उनको दमदार सांगीतिक प्रस्तुति दिएका कारण दर्शकको निकै उत्साहजनक उपस्थिति रहेको थियो ।…

Read More

कपिलवस्तु । अर्घाखाँचीका एक जना कृष्णनगरमा पक्राउ परेका छन् । कृष्णनगर नगरपालिका–२ लिङ्गेटबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गर्ने क्रममा अर्घाखाँची पाणिनी गाउँपालिका–३ बस्ने २८ वर्षीय बिर बहादुर कुमाललाई प्रहरीले पक्राउ गरि अनुसन्धान गरेको बताएको छ । कृष्णनगर नगरपालिका–१ मडाहा बस्ने ४२ वर्षीय गणेशप्रसाद यादव र अर्का रूपन्देही तिलोत्तमा नगरपालिका–१२ बस्ने २८ वर्षीय श्री बहादुर छन्त्याल रहेका छन् । युपि ५५ एडि ०१३४ नम्बरको मोटर साइकल लाई जाँच गर्ने क्रममा भेटिएका हुन् ।

Read More

रौतहट । नक्कली पेस्तोल देखाएर रकम असुली गर्ने एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । इशनाथ नगरपालिक वडा न ४ मठिया स्थित ईलाकामा सिमा क्षेत्रका व्यक्ती सग नक्कली पेस्तोल देखाएर रकम असुली गरेको आरोपमा प्रहरीले भारतिय नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोतीहारी ग्राम पन्चायत खरोही वडा न ४ बस्ने बर्ष २० को अब्दुल कलाम रहेको रौतहट प्रहरी निरीक्षक राम कुमार महतोले जानकारी दिए । उनका अनुसार नक्कली चाइनिज (पेस्तोल) खलौना देखाएर सिमा क्षेत्रमा हिड्डुल गर्ने व्यक्तीलाई डर त्रास देखाइ रकम माग्ने गरेको उनले बताए । प्रहरी चौकि मठिया महुलीयाबाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक महतोले…

Read More

अर्घाखाँची । अर्घाखाँचीमा भन्सार छलि गरेको आरोपमा समान सहित भारतिय नागरिक पक्राउ परेका छन् । मंगलबार साझ करिब ६ बजे चुत्रावेशी हायस काउन्टर नजिकै भारतिय नागरिक ४५ वर्षीय मोहम्मद ईरफान पक्राउ परेका हुन् । उनले कालो र कमव्याट रंगको दुई वटा झोलामा करिब १ लाख बराबरको विभिन्न कम्पनीका मोटरसाईकलहरुको मोटरपार्टसका सामानहरु विल नलि अवैध रुपमा लिएर आएको हुँदा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक विष्णु प्रसाद पौडेलले बताएका हुन् । थप अनुसन्धानको लागि ईरफान लाई भैरहवा भन्सार कार्यालय सिद्धार्थनगर, रुपन्देही पठाइएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

Read More

हिम लेकाली, सन्धिखर्क । नेकपा ( एमाले ) सम्बद्ध राष्ट्रिय जन सांस्कृतिक महासंघ नेपाल , अर्घाखाँचीकाे साताैं जिल्ला अधिवेशन  फाल्गुन १० गते सन्धिखर्कमा हुने भएकाे छ । महासंघकाे  बुधबार मदन आश्रीत स्मृति भवन सन्धिखर्कमा बसेकाे बैठकले अधिवेशनकाे मिति तय गरेकाे हाे । राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल ,अर्घाखाँचीका अध्यक्ष बलबहादुर रायमाझी काे अध्यक्षता र सचिव रामचन्द्र भुसालकाे सन्चालनमा बैठक सम्पन्न भएको  हाे । नेकपा ( एमाले ) जिल्ला कमिटी उपाध्यक्ष शम्भु प्रसाद पाेख्रेलकाे प्रमुख आतिथ्यमा सम्पन्न  बैठकमा  प्रदेश  सल्लाहकार  परिषद   सदस्य चुरामणि भुसाल, कार्यालय सचिव लिला बि.क  , जिल्ला कमिटी सदस्य तथा महासंघ ईन्चार्ज शान्ता नेपाली , नेकपा एमालेका नेता पदम क्षेत्री  , …

Read More

सन्धिखर्कमा गोठमा हलगोरु पाल्ने कृषकलाई प्रोत्साहन रकम नेपाल राज्य संवाददाता अर्घाखाँची– गाउँमा हल गोरु पालेका कृषकलाई सन्धिखर्क नगरपालिका–१ वडा कार्यालयले प्रोत्साहन रकम उपलब्ध गराएको छ । १८ जना कृषकलाई ५ हजारका दरले रकम वितरण गरेको छ । पछिल्लो समय खेतबारी जोत्न गोरु नपाल्ने र टयाक्टर तथा कृषि औजारबाट खनजोत गर्ने चलन बढ्दो भएकाले बेला वडाले गोरु पाल्ने कृषकको तथ्यांक संकलन गरेर प्रोत्साहन रकम बाँडेको छ । ‘टयाक्टरबाट छिटो छरितो हुने भएपनि गोरु पाल्न प्रोत्साहन गरेका हौं,’ वडाध्यक्ष माधव श्रेष्ठले भने, ‘गोरु पाल्दा खेतबारीमा मल हुन्छ, त्यसले अर्गानिक अन्नबाली, तरकारी उत्पादन हुन्छ । गोरुले जोतेको खेतबारीमा मल राम्रोसँग माटोमा मिसिने र…

Read More

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय अर्घाखाँचीकाे सुचना  सिचाई गराैं, उत्पादन बढाअाैं सिचाइकमे पुर्बााधार, कृषिको मुल आधार पानीको श्राेत तथा जमिनको उच्चतम प्रयाेग गराैं दिगाे सिचाई व्यवस्थापनकाे लागि सिचाइ शुल्क संकलन तथा सदस्यता वितरण गराैं दलित, जनजाति तथा महिलाको सहभागी गराई जल, उपभोक्ता संस्था गठन गराैं खेतबारीमा सिचाइ गराैं, उत्पादन बढाअाैं

Read More

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–१ वडा कार्यालयले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन रकम सहित सम्मान गरेको छ । पछिल्लो समय युवाहरू विदेश पलायन भएको र मिनिटिलर, ट्याक्टरले खेत जोत्ने क्रम बढेपछि गोरु पाल्ने किसानको सङ्ख्या घटेको छ । गोरु पाल्ने क्रम घट्दा जग्गा बाँझो जमिन बढेपछि किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले पहिलो चरणमा १८ जना किसानलाई पाँच हजारका दरले प्रोत्साहन रकम सहित सम्मान गरिएको वडाअध्यक्ष माधव श्रेष्ठले बताए । सन्धिखर्क नगरपालिकाका कार्यवाहक नगरप्रमुख मिश्रा आचार्यले खेतबारी बाँझो हुन नदिन गोरु पाल्ने किसानलाई प्रोत्साहन रकम प्रदान गरी सम्मान गर्ने वडाको कार्यक्रम प्रभावकारी भएको बताए । नयाँ प्रविधि भित्रिए पनि अझै गोरु पाल्ने परम्परा नहराएको…

Read More

दाङ । दाङमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका –७ नवरपुर निवासी अन्दाजी २७ बर्षीय सन्तोष चौधरीको घरको छतबाट खसेर मृत्यु भएको हो । घरको दुइतला माथी देखि खसेर गम्भिर घाइते भएका चौधरी लाई उपचारकै क्रममा मृत्यु भएको प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बिनोदराज खत्रीले जानकारी दिए।

Read More