अर्घाखाँची- भुमिकास्थान नगरपालिका प्रमुख झविलाल थापाले कक्षा १२ सम्मको शिक्षालाई नि:शुल्क गर्ने बताए । आर्थिक अभावमा पढ्नबाट वञ्चित विद्यार्थीलाई नगरपालिकाले निशुल्क पढ्ने व्यवस्था गरेको हो । कक्षा १ देखि १२ कक्षासम्म नगरभित्रका सबै स्कुलमा निशुल्क पढन पाउने भएपछि अभिभावक तथा विद्यार्थीमा खुसीयाली छाएको छ ।
आर्थिक समस्याका कारण नगरभित्रका सबै बालवालिकाले सहजै पढुन भन्ने उद्देश्यले नगरपालिकाले निशुल्क शिक्षाको आर्थिक वर्षबाट शुरुवात गरिने थापाले बताए ।