Author: नेपाल राज्य

काठमाडौं – दशैँ नजिकिँदै गर्दा उपत्यकामा मुस्ताङका च्याङ्ग्रा बिक्री थालिएको छ। भक्तपुरको सल्लाघारी चौरमा विशेष बिक्री कक्ष खोलेर च्याङ्ग्रा उपलब्ध गराइएको हो। स्थानीय व्यापारी रमेश श्रेष्ठका अनुसार मुस्ताङका विभिन्न गाउँबाट संकलन गरिएका च्याङ्ग्रा १२ दिन लामो यात्रा पछि काठमाडौं ल्याइएका हुन्। यस वर्ष प्रतिकिलो १ हजार २ सय ५० रुपैयाँमा बिक्री सुरु भएको उनले बताए। सरकारले यसपटक दशैँका लागि खसी, बोका र च्याङ्ग्रा वितरण नगर्ने निर्णय गरेपछि उपभोक्ताले सामान्यतया भन्दा केही बढी मूल्य तिर्नुपर्ने अवस्था आएको व्यापारीहरूको भनाइ छ। माग भने प्रत्येक वर्षझैँ यसपालि पनि राम्रै देखिएको उनीहरूको अनुभव छ।

Read More

अर्घाखाँची – नेकपा एमाले अर्घाखाँचीका जिल्ला अध्यक्ष पिताम्बर भुसालले Gen Z आन्दोलनका नाममा भइरहेको आक्रमण, आगजनी, लुटपाट र धाकधम्कीलाई अस्वीकार्य भन्दै कडा आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले भनेका छन् “चोरको खुट्टा काटिने छ भन्ने धम्की दिँदा खास चोरले खुट्टा पहिल्यै झिक्थ्यो भन्ने जस्तै अवस्था अहिले देखिएको छ। अनाहकमा मानिस मारिन्छ, घरमा आगो लगाइन्छ, लुटपाट हुन्छ यस्ता अपराधविरुद्ध बोल्न पाउनैपर्छ।” भुसालले आन्दोलनका नाममा कुनै व्यक्ति माथि हुने निरन्तर आक्रमणको आलोचना गर्दै थपे “कर्मचारी पनि मान्छे हुन्, बारम्बार आक्रमण गर्न मिल्दैन। बढी के हुन्छ ज्यान खान्छौ? मरेसरह भएर बाँच्नु भन्दा बरु मर्न तयार छु।” उनले एमालेले अर्घाखाँचीमा कुनै आपराधिक…

Read More

काठमाडौं – गीत, संगीत र साहित्यलाई एकसाथ जोड्ने उद्देश्यसहित राजधानीमा “चौथो काव्य म्युजिक अवार्ड – २०८२” सम्पन्न भयो। काव्य म्युजिक सेन्टर र दक्षिणकाली अफसेट प्रेसको आयोजनामा नेपाल चलचित्र विकास बोर्डको हलमा भएको कार्यक्रममा लोकप्रिय गायक तथा सर्जक मोतिराज खनालले आफ्नो तिजगीत “छड्के कपाल किन कोरेको” मार्फत सर्वोत्कृष्ट चाडपर्व तिजगीत अवार्ड हात पारे। उक्त गीतका निर्देशक सुरज खनाल पनि सोही गीतकै आधारमा सर्वोत्कृष्ट निर्देशक घोषित भए। मौलिक शैली र लोकप्रियताका कारण “छड्के कपाल” यसपालि विशेष चर्चा कमाउन सफल भयो। कार्यक्रममा वरिष्ठ गायक घमेश दुलालको “समुन्द्र पारी” नामक गीति–सङ्ग्रह विमोचन गरिएको थियो। दक्षिणकाली अफसेट प्रेसका अध्यक्ष टपेन्द्र केसीको सभापतित्वमा भएको कार्यक्रममा अभिनेता…

Read More

काठमाडौं – आगामी ०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका तयारीबारे प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका पदाधिकारीबीच मंगलबार छलफल भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको बैठकमा प्रधानमन्त्री कार्कीले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सरकार प्रतिबद्ध रहेको बताइन्। उनले निर्वाचन खर्च मितव्ययी हुनेतर्फ पनि जोड दिँदै आयोगलाई तयारीका सम्पूर्ण काम ढिला नगरी अघि बढाउन आग्रह गरिन्। उनका अनुसार सरकारबाट आयोगलाई आवश्यक स्रोतसाधन, जनशक्ति र भरपर्दो शान्ति–सुरक्षाको व्यवस्था मिलाइनेछ। साथै, निर्वाचनलाई सहज बनाउन राजनीतिक दल र सरोकारवालासँग निरन्तर संवाद र समन्वय गरिने पनि उनले स्पष्ट पारिन्। आयोगतर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आवश्यक मतपेटिका र…

Read More

काठमाडौं- कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जेन–जी आन्दोलनको सन्देशलाई आत्मसात गर्दै पार्टीलाई नयाँ ढंगले रूपान्तरण गर्ने प्रतिबद्धता जनाएका छन्। धुलाबारीमा भएको कार्यक्रममा उनले समयसँगै नेता, संयन्त्रदेखि गाउँ–गाउँको संरचना बदलिनुपर्ने बताए। बदलिन सक्नेले नेतृत्व लिने र नसक्नेले बिदा हुने उनको भनाइ थियो। जेन–जी आन्दोलनले भ्रष्टाचारविरुद्ध कठोर कदम, नेतृत्व परिवर्तन र लोकतान्त्रिक चेतना बलियो बनाउने सन्देश दिएको भन्दै उनले गोली चलाउनेदेखि आगजनी गर्नेहरूमाथि छानबिन र कडा कानुनी कारबाही गर्न माग गरे। शर्माले तोडफोडमा परेको पार्टी कार्यालय र आफ्नै निवास पनि अवलोकन गरेका छन्।

Read More

काठमाडौं – नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई लक्षित गर्दै तीव्र आलोचना गरेका छन्। भक्तपुरको गुण्डुस्थित निवासमा आयोजित युवा र विद्यार्थी भेटघाट कार्यक्रममा ओलीले भने, “जो पहिलेदेखि नै सिंहदरबार जलाउँछु भन्थे, उनीहरूकै योजनामा यो घटना भएको हो।” उनले देशप्रेमीले यस्तो हिंसात्मक कार्य गर्न नसक्ने भन्दै थपे, “जसले देश र इतिहास माया गर्छ, उसले सिंहदरबार जलाउँदैन।” ओलीले हालैको घटनाले नेपालको छवि अन्तर्राष्ट्रिय स्तरमा धमिलो भएको र विदेशमा नेपालीलाई भिसा तथा रोजगारी पाउनसमेत कठिनाइ भएको दाबी गरे। उनले युवालाई सक्रिय र सकारात्मक सोचसहित अघि बढ्न आह्वान गर्दै बाह्य हस्तक्षेप र षड्यन्त्रबाट सचेत रहन आग्रह गरे।…

Read More

काठमाडौं – जेनजी आन्दोलनका क्रममा प्रहरीको ज्यान गएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका युवराज क्याप्छाकी रहेका छन्। गत भदौ २४ गते महाराजगञ्जस्थित प्रहरी वृत्तमा आन्दोलनकारीहरूले आक्रमण गर्दा प्रहरी सहायक निरीक्षक (असई) मिलन राय र जवान उत्तम थापाको मृत्यु भएको थियो। उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अनुसन्धानमा जुटेको प्रहरीले क्याप्छाकीलाई चिनेर पक्राउ गरेको हो। प्रहरीले उनलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाउने जनाएको छ।

Read More

काठमाडौं – संयुक्त अरब इमिरेट्समा चालु आर्थिक वर्ष २०८२/८३ को साउन र भदौ महिनामा ५१ जना नेपालीले ज्यान गुमाएका छन्। यूएईस्थित नेपाली दूतावासका अनुसार साउनमा ३२ र भदौमा १९ जनाको मृत्यु भएको हो। अघिल्लो वर्षको सोही अवधिमा ६२ नेपालीको ज्यान गएको थियो। २०८१/८२ मा कुल ३१२ र २०८०/८१ मा २३१ जनाले यूएईमा प्राण गुमाएका थिए। सडक दुर्घटना, कार्यस्थल दुर्घटना, हृदयाघात र मुटु सम्बन्धी रोग प्रमुख कारण भएको दूतावासले जनाएको छ।

Read More

लक्ष्मी खनाल – अर्घाखाँची । श्री युवावर्ष रविचित्र माध्यमिक विद्यालयकी कुशल शिक्षिका बसन्ता भुसालले आफ्ना स्वर्गीय माता–पिताको स्मृतिमा स्थापना गर्नुभएको दुर्गा प्रसाद यमकला भुसाल अक्षयकोष बाट प्राप्त व्याजद्वारा २०८२ सालका जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको छ। विद्यालय परिसरमै आयोजित कार्यक्रममा प्रावि, निमावि र मावि तहका दुई–दुई जना गरी ६ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो। गत वर्ष (२०८१) मा मावि तहबाट SEE जिल्ला प्रथम विद्यार्थी पूर्णिमा खनाल र प्रफिट अधिकारी, निमावि तहबाट सन्ध्या पोखरेल र सरद भुसाल तथा प्रावि तहबाट वर्षा मुखिया र जेनिस चौहानलाई छात्रवृत्ति वितरण गरिएको थियो।

Read More

अर्घाखाँची – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अग्रज सामाजिक व्यक्तित्व नन्दलाल श्रेष्ठको निधनले अर्घाखाँची मात्र नभई समग्र समाज नै अपूरणीय क्षतिकाे सामना गर्नुपरेको भन्दै गहिरो दुःख प्रकट गरेका छन्। शनिबार नेकपा (एमाले) जिल्ला कमिटीले सन्धिखर्कमा आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै उनले श्रेष्ठलाई “जिल्लाका असल अभिभावक र आफ्ना व्यक्तिगत जीवनका मार्गदर्शक” का रूपमा स्मरण गरे। “कठिन घडीमा उहाँले सदैव ऊर्जा र प्रेरणा दिनुभयो,” भावुक हुँदै मुख्यमन्त्री आचार्यले भने। श्रेष्ठले सन्धिखर्कलाई सदरमुकाम बनाउनदेखि बजार विस्तार, विद्यालय स्थापना, धार्मिक स्थल र पूर्वाधार विकाससम्म महत्वपूर्ण योगदान गरेको स्मरण वक्ताहरूले गरे। लामो समय वडाध्यक्ष र उपप्रधानपंचको भूमिकामा रहेर उनले प्रशासनिक केन्द्र सन्धिखर्क ल्याउन निर्णायक काम…

Read More