Author: नेपाल राज्य

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रतिनिधिसभा निर्वाचनमा पार्टीले बेहोरेको पराजयको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिने तयारी गरेका छन्। सोमबार साँझ नयाँ बानेश्वरमा उपसभापति विश्वप्रकाश शर्मासँग भएको विशेष छलफलका क्रममा सभापति थापाले आफू पद त्याग गर्न तयार रहेको बताएका हुन्। फागुन २१ गते सम्पन्न निर्वाचनको नतिजा पार्टीको पक्षमा नआएपछि नेतृत्वको हैसियतले आफूले मार्गप्रशस्त गर्नु उचित हुने तर्क थापाले राखेको स्रोतले जनाएको छ। ‘म सभापति पदबाट राजीनामा दिन्छु,’ छलफलमा थापाले भनेका थिए, ‘पार्टीले चुनावी धक्का बेहोरेको अवस्थामा नेतृत्वले जिम्मेवारी लिनु नै लोकतान्त्रिक संस्कार हो।’ यद्यपि, उपसभापति विश्वप्रकाश शर्माले भने तत्काल राजीनामा नदिन थापालाई सुझाव दिएका छन्। विशेष महाधिवेशनबाट नयाँ…

Read More

काठमाडौं । अछाम–२ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका यज्ञबहादुर बोगटी विजयी भएका छन्। बोगटीले ९,५१८ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जिल्ला सभापति पुष्पबहादुर शाह (९,०४६ मत) लाई पराजित गरे। तेस्रो स्थानमा नेकपाका बलबहादुर कुँवर (६,४९३ मत) र चौथोमा रास्वपाका भुपदेव शाह (४,५६२ मत) रहेका छन्। यो जीतसँगै बोगटीले २०७९ मा शाहसँग भएको पराजयको बदला लिएका छन्।

Read More

अर्घाखाँची। प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित भएपछि नेकपाका अर्घाखाँचीका उम्मेदवार रामबहादुर चौहान ले मतदाता तथा समर्थकप्रति आभार व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले अर्घाखाँचीबासी आमाबुबा, दिदीबहिनी, दाजुभाइ तथा युवा–नवयुवाप्रति कृतज्ञता व्यक्त गर्दै आफूलाई दिएको माया, विश्वास र समर्थनका लागि धन्यवाद दिएका हुन्। चौहानले निर्वाचन अभियानका क्रममा आफूले अर्घाखाँचीका गाउँ–गाउँ पुगेर जनताको दुःख, पीडा र समस्या नजिकबाट बुझ्ने अवसर पाएको उल्लेख गरेका छन्। उनले लामो राजनीतिक तथा सामाजिक यात्रामा आफूले जनताबाट पाएको आत्मीयता र सम्मानलाई जीवनकै ठूलो उपलब्धिका रूपमा लिएको बताएका छन्। उनका अनुसार यसपटक अपेक्षित मत प्राप्त गर्न नसके पनि जनताले देखाएको विश्वासले आगामी राजनीतिक यात्राका लागि मार्गदर्शन गरेको छ।…

Read More

अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीका कार्यालय सचिव लिला बरालले पार्टीलाई जितमा मात्र होइन, हारको समयमा पनि साथ दिने बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले साँचो साथ कठिन समयमा देखिने बताएका हुन्। बरालले जितको समयमा धेरै मानिसहरू बधाई, फूलका गुच्छा र फोटो खिच्ने उत्साहका साथ नजिकिने तर हारको बेला ती अनुहारहरू टाढा हुने गरेको उल्लेख गरे। “जितको घाम लागेको बेला छायाँ पनि साथ दिन्छ, तर हारको बादल लाग्दा त्यो छायाँ पनि हराउँछ” उनले लेखेका छन्। उनका अनुसार हार अन्त्य होइन, संघर्षको अर्को अध्याय हो। आजको हारले भोलिको जितको बाटो देखाउने उल्लेख गर्दै उनले राजनीति उकालो–ओरालोको यात्राजस्तै भएको बताए।…

Read More

अर्घाखाँची । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) अर्घाखाँचीका केन्द्रीय सदस्य ठाकुर कुमार विक (किशोर)ले प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ मा पार्टीका तर्फबाट मतदान गर्ने सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गरेका छन्। नेकपाका तर्फबाट अर्घाखाँचीमा प्रतिनिधि सभा सदस्यका उम्मेदवारका रूपमा केन्द्रीय सदस्य रामबहादुर चौहान चुनावी प्रतिस्पर्धामा सहभागी भएको उल्लेख गर्दै विकले अपेक्षित नतिजा प्राप्त नभए पनि पार्टीप्रति विश्वास गरेर ‘तारा’ चुनाव चिन्हमा अमूल्य मत प्रदान गर्ने सबै मतदातालाई धन्यवाद दिएका हुन्। उनले चुनावी अभियानका क्रममा अहोरात्र खटिने पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक, समर्थक तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सबैप्रति हार्दिक आभार व्यक्त गरे। विकले निर्वाचनको परिणामलाई आत्मसमीक्षा गर्दै समयअनुकूल रुपान्तरणका साथ आगामी दिनमा अझ जिम्मेवारीपूर्वक जनअपेक्षाअनुसार…

Read More

अर्घाखाँची – प्रतिनिधि सभा निर्वाचन–२०८२ को मत परिणाम सार्वजनिक भएसँगै जिल्लामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पकड कमजोर भएको स्पष्ट देखिएको छ। लामो समयसम्म अर्घाखाँचीको राजनीति सधैं एमालेको प्रभावमा रहेको थियो तर यसपटकको परिणामले देखाएको छ कि मतदाताले परिवर्तन र नयाँ नेतृत्वतर्फ झुकाव देखाएका छन्। जनतासँगको दूरीले कम्जोरी बढायो विश्लेषकहरूको मतमा एमालेको कमजोरीको पहिलो कारण पार्टी र मतदाता बीचको दूरी बढ्नु हो। चुनावअघि कार्यकर्ता सक्रिय भए पनि मतदातासँग नेतृत्व स्तरको प्रत्यक्ष संवाद सीमित रहँदा जनतामा असन्तुष्टि र अनावश्यक दूरी बढेको अनुभव भयो। गाउँ–गाउँमा पार्टीको संगठन भए पनि मतदातासम्म राम्रो कामको सन्देश पुग्न सकेन। नयाँ दलको उदय र डिजिटल अभियान यस…

Read More

काठमाडौं। प्रतिनिधि सभा सदस्यमा जुम्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानेन्द्र शाही विजय भएका छन्। शनिबार सम्पन्न मतगणनाअनुसार शाही १४ हजार ८१६ मतसहित विजय भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपाका नरेश भण्डारीले ११ हजार ६३५ मत प्राप्त गरेका थिए। यस्तै,कांग्रेसका दिपबहादुर शाहीले ७ हजार १४३ मत पाउँदा एमालेका शान्तिलाल महत ४ हजार ५१८ मत प्राप्त गरे। देशभर रास्वपाका उम्मेदवारको विजयी लहर हुँदा जुम्लामा भने रास्वपाका विनिता कठायतले जम्मा ४२१ मत मात्र ल्याएकी छन्।

Read More

काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन्। अन्तिम मतपरिणाम अनुसार बालेन ६८ हजार ३४८ मतसहित निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका हुन्। एमाले अध्यक्ष ओलीले भने १८७२४ मत प्राप्त गरे । उनीहरूबीच ४९, ६१४ मतको अन्तर रह्यो । यसअघि २०७४ को निर्वाचनमा झापा–५ बाट ओलीले ५७ हजार १३९ मत प्राप्त गरेर निर्वाचित भएका थिए। झापा–५ यसवर्षको निर्वाचनमा सबैभन्दा बढी चर्चाको केन्द्रमा रहेको थियो । काठमाडौं महानगरका पूर्वमेयर बालेन शाहले उम्मेदवारी दिएसँगै यो क्षेत्रमा ओलीसँग हुने प्रतिस्पर्धालाई लिएर चर्चा चुलिएको हो ।

Read More

बुटवल । नेपाली कांग्रेस रुपन्देहीका उपसभापति थानेश्वर घिमिरेले पाँचवटै निर्वाचन क्षेत्रमा पराजय भोग्नु परेको भन्दै पदबाट राजीनामा दिएका छन् । घिमिरेले ५ निर्वाचन क्षेत्रमध्ये ४ निर्वाचन क्षेत्रमा रास्वपा (राष्ट्रीय स्वतन्त्र पार्टी) का उम्मेदवार विजयी भइसकेको अवस्थामा आफूले नैतिक जिम्मेवारी लिँदै उपसभापति पदबाट राजीनामा दिएका हुन्। यसका साथै, निर्वाचन क्षेत्र नं. १ मा पनि रास्वपा विजयोन्मुख रहेको जनाइएको छ । घिमिरेले आफ्नो राजीनामा पत्रमा आगामी दिनमा पनि कांग्रेसको सिद्धान्त, नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहँदै पार्टीको सक्रिय सदस्यका रूपमा संगठनलाई सुदृढ बनाउन निरन्तर लागिपर्ने बताएका छन्। उनले पार्टी सभापतिलाई सम्बोधन गर्दै आफ्नो राजीनामा स्वीकृत गरिदिन आग्रह गरेका छन् । रुपन्देहीका पार्टी सभापति…

Read More

अर्घाखाँची । प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत अर्घाखाँचीमा मतपरिणाम सार्वजनिक भएसँगै नेकपा एमालेका उम्मेदवार पिताम्बर भुसालले निर्वाचन परिणामलाई सम्मानपूर्वक स्वीकार गरेको बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उनले लोकतन्त्रमा जनअभिमत नै सर्वोच्च हुने उल्लेख गर्दै यसपटक मतदाताको विश्वास जित्न नसकेको बताएका हुन्। नेकपा एमाले जिल्ला अध्यक्ष भुसालले सूर्य चिन्ह लिएर मतदाताको विश्वास जित्ने आशासहित चुनावी मैदानमा उत्रिएको स्मरण गर्दै परिणामलाई विनम्रतापूर्वक स्वीकार गरेको जनाएका छन्। साथै उनले विजयी उम्मेदवार हरिप्रसाद भुसाललाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका हुन् । निर्वाचनका क्रममा साथ सहयोग र समर्थन गर्ने पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक, मतदाता तथा विभिन्न समितिमा खटिएका सबैप्रति…

Read More