Author: नेपाल राज्य
अर्घाखाँची । अर्घाखाँचीमा हाईस दुर्घटना हुदा ६ जना घाईते भएका छन् । दाङबाट सुपादेउराली मन्दिर दर्शन गर्न आउदै गरेको बा २ ख ९८४२ नम्बरको हाईस गोरूसिङगे सन्धिखर्क सडक खण्डको शितगंगा २ तिरितरेमा अनियन्त्रित भई सडकमै पल्टिदा ६ जना घाईते भएका हुन् । घाईतेहरूको ईलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीको टोली र स्थानियबासिन्दाले उद्दार गरि ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको लागि पठाईएको छ । घाईतेको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
नेपालको सन्दर्भमा श्रमिक महिला दिवस लक्ष्मी बेलबासे अन्तराष्ट्रिय श्रमिक महिला दिवसलाई नेपालमा नारी दिवस भनेर पनि मनाइने गरिन्छ । महिलाहरुको जागरुकता, आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक हक, अधिकार सम्बन्धी दिवस हो । यो मार्च ८ का दिन विश्वभरी एकैसाथ मनाइन्छ । महिलाहरुको संघर्षको प्रतिकको रुपमा मनाइने यो दिवसले महिला मात्रै नभएर समग्र मानव जातिको अधिकार र हितको लागि त्याग र बलिदानको सम्झना र सम्मान गर्ने गरिन्छ । सन् १९०८ मा अमेरिकाको न्यूयोर्कमा करिब १५ हजार महिलाहरूले कामको उचित पारिश्रमिक, मतदान अधिकार, र कामको राम्रो अवस्था माग गर्दै प्रदर्शन गरेका थिए । सन् १९१० मा कोपेनहेगनमा आयोजित समाजवादी महिलाहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा जर्मनकी…
काठमाडौं । प्रेस चौतारी नेपालले संगठनको १० औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । संगठनका अध्यक्ष गणेश बस्नेत र नेकपा एमाले स्थायी कमिटी सदस्य एवं प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतमले सो लोगो बिहीबार संगठनको केन्द्रीय कार्यालयमा सार्वजनिक गरेका हुन् । प्रेस चौतारी नेपालको १० औँ राष्ट्रिय महाधिवेशन कोशी प्रदेशको राजधानी विराटनगरमा हुँदै छ । चैत १० देखि १२ गतेसम्म कोशी प्रदेशको राजधानी विराटनगरमा हुने महाधिवेशनको प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यस पटकको अधिवेशनको नारा ‘समृद्धिका लागि सञ्चार, प्रेस चौतारीको आधार’, राखिएको छ । लोगोमा नेपालको गौरव र गरिमा विश्वको सर्वोच्च…
अर्घाखाँची । अर्घाखाँचीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मालारानी गाउँपालिका–२ कुभिन्डेमा जिप दुर्घटना हुँदा चालक मालारानी २ बस्ने कृष्णलाल मरासिनीको बुधबार मृत्यु भएको हो। रूपन्देहीको बुटबलबाट अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका–२ ढाणचौरतर्फ आउँदै गरेको लु १ ज ४२२६ नम्बरको जिप ढाणचौरमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख चक्रबहादुर मल्लले जानकारी दिएका हुन् ।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन अर्घाखाँची काे दाेस्राे अधिवेशन सम्पन्न
हिम लेकाली , सन्धिखर्क । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन अर्घाखाँचीकाे दाेस्राे जिल्ला अधिवेशन मदन आश्रीत स्मृति भवन सन्धिखर्कमा सम्पन्न भएकाे छ । संगठनका अध्यक्ष क्या.ईन्द्रबहादुर खड्काकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष तथा जन संगठन समन्वय सम्यन्त्र प्रमुख शम्भु प्रसाद पाेखरेलले संगठन सुदृढीकरण र बिस्तार गर्दै जनतालाई विकास निर्माण र सम्बृधी संग जाेड्ने उद्देश्यले पार्टीले ३ महिने वडा केन्द्रीत पार्टी निर्माण अभियान २०८१ सन्चालन गरेकाे बताउँदै , जनता समक्ष पार्टीकाे नीति र नेतृत्व स्थापना गर्न सबै पार्टी कमिटी र जन संगठनहरू पार्टी काममा कृयाशिल भएर लाग्न निर्देशित गर्नु भयाे । त्यसै गरि उहाँले…
अर्घाखाँची । अर्घाखाँचीमा बलात्कारबाट शिशुको जन्म भएकोे तीन महिनापछि एक वृद्ध पक्राउ परेका छन्। अपांगता भएकी युवतीबाट शिशुको जन्म भएको तीन महिनापछि ६३ वर्षीय वृद्धलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डीएसपी चक्रबहादुर मल्लले जानकारी दिए। पक्राउ पर्नेमा सन्धिखर्क नगरपालिका-१२ कल्लाबोटका ६३ वर्षीय गोविन्दप्रसाद बस्याल छन्। बस्यालले गाउँकै बोल्न नसक्ने २६ वर्षीया एक युवतीलाई एक वर्षअघि नै बलात्कार गरेको उजुरी परेको थियो। ‘आफूविरुद्ध उजुरी परेपछि उनी फरार थिए,’ डीएसपी मल्लले भने, ‘बलात्कारबाट शिशुको जन्म भएको तीन महिनापछि आरोपी बस्याललाई सन्धिखर्क नगरपालिका-१ बाट हामीले नियन्त्रणमा लिएका हौँ।’ बस्याललाई अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको डीएसपी मल्लले बताए।…
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण लोकतान्त्रिक का अध्यक्ष गणेश प्रसाद भुसालले सबै खाले नेपाली चाड पर्वहरूले नै अनेकतामा एकता कायम गरी राष्ट्रिय भावनाको जगेर्ना गर्न सहयोग पुर्याएको बताएका छन । हिन्दू धर्मावलम्वीहरूले अति श्रद्धाका साथ भगवान् शिवको आराधना गरेर मनाइने ‘महाशिवरात्रि’ अवसरमा सबै देशबासिहरु मा शुभकामना व्यक्त गर्दै भुसालले विभिन्न समुदायमा रहेका धार्मिक र सांस्कृतिक निधिहरूको संरक्षण र संवर्द्धन गर्न प्रेरणा दिने महाशिवरात्रिलगायत पर्वले सबै जातजाति, धर्म, वर्ग र पेसा अवलम्बन गर्ने नेपालीका बीचमा सुमधुर सम्बन्ध कायम गर्न सघाएका बताएका हुन । नागरिक उड्डयन प्राधिकरण मा हुने हरेक खालका अनियमितता को भण्डाफोर गर्दै कर्मचारी हरुको पक्षमा निरन्तर काम गर्दै…
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवारात्रि पर्वका अवसरमा शुभकामना व्यक्त गरेका छन् । महाशिवारात्रि पर्वका अवसरमा शुभकामना दिँदै पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु नेपालीका लागि गौरवको विषय भएको बताएका छन्।उनले आराध्यदेव श्री पशुपतिनाथ एवं किरातेश्वर महादेवलाई साक्षात् शिवस्वरूप मानेर आस्था राख्ने विश्वभरिका श्रद्धालुका लागि नेपाल सदैव आध्यात्मिक चिन्तनको केन्द्र रहेको धारणा राखेका छन्। ‘वैदिक परम्परामा शिवलाई मुलतः संहारका शक्ति मानिएको भएता पनि शिवशक्तिमा सौम्य तथा रौद्र दुवै स्वरूप समाहित छन्, जसले प्रकृतिको सृजनात्मक एवं संहारकारी शक्तिलाई बराबर प्रतिनिधित्व गर्दछन्’, उनले भनेका छन्। राष्ट्रपति पौडेलले महाशिवरात्रि पर्वले सबैको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस् भनी शुभकामना व्यक्त गरेका छन्। पाशुपत…
नेपाल राज्य संवाददाता अर्घाखाँची– सन्धिखर्क नगरपालिका–५ बलेवाङका ४० जना कुमाल जातिका महिलालाई माटोको भाँडा बनाएर उद्यमी बनाइँदै छ । घरेलु तथा साना उद्योग कार्यालयले मंगलबार कुमाल गाउँमै पुगेर एक महिने सेरामिक्स सामग्री उत्पादन (माटोका भाँडा बनाउने) सीप विकास तालिमबाट महिलालाई स्वरोजगार बनाउने लक्ष्य लिएको छ । बलेवाङमा डेढ सय जतिको संख्यामा कुमाल समुदाय बसोबास गर्छन् । उनीहरुको पुख्यौली पेशा माटोका भाँडा बनाउने हो । पुख्यौली पेशालाई आधुनिकीकरण गर्दै बजारमा बिक्री हुने सामग्री उत्पादन आम्दानी गराउने रहेको छ । सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठले पुख्यौली पेशालाई परिवर्तन गरी बजारको माग अनुसार भाँडा बनाएर उद्यमी बन्नुपर्ने बताए । बलेवाङमा भाँडा बनाउने उपयुक्त…
हिम लेकाली, सन्धिखर्क। अर्घाखाँची आवासीय माध्यमिक विद्यालय सन्धिखर्क २ वेलवाटीका काे ३६ औं बार्षिकाेत्सव तथा अभिभावक दिवस साेमबार सन्धिखर्कमा सम्पन्न भएकाे छ । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष लिल बहादुर राउत क्षेत्री काे अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख जीवनारायण काेईरालाले विद्यालय गरेका असल कामकाे प्रसंसा गर्दै विद्यालयकाे थप प्रगतिकाे शुभकामना ब्यक्त गर्नु भएको थियाे । कार्यक्रममा पूर्व प्राथमिक तह हुँदै कक्षा ६ देखि १२ कक्षा सम्मका विद्यार्थीहरूलाई पुरस्कार बितरण गरिएकाे थियाे । वार्षिक उत्सव लक्षित अतिरिक्त कृयाकलाप अन्तरगत विभिन्न कक्षामा अध्ययन गर्ने विद्यार्थीहरूलाई मेडल तथा प्रमाण पत्र वितरण गरिएकाे हाे त्यसै गरि अभिभावक ,शिक्षक लक्षित खेल कूद…
