काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवारात्रि पर्वका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
महाशिवारात्रि पर्वका अवसरमा शुभकामना दिँदै पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु नेपालीका लागि गौरवको विषय भएको बताएका छन्।उनले आराध्यदेव श्री पशुपतिनाथ एवं किरातेश्वर महादेवलाई साक्षात् शिवस्वरूप मानेर आस्था राख्ने विश्वभरिका श्रद्धालुका लागि नेपाल सदैव आध्यात्मिक चिन्तनको केन्द्र रहेको धारणा राखेका छन्।
‘वैदिक परम्परामा शिवलाई मुलतः संहारका शक्ति मानिएको भएता पनि शिवशक्तिमा सौम्य तथा रौद्र दुवै स्वरूप समाहित छन्, जसले प्रकृतिको सृजनात्मक एवं संहारकारी शक्तिलाई बराबर प्रतिनिधित्व गर्दछन्’, उनले भनेका छन्।
राष्ट्रपति पौडेलले महाशिवरात्रि पर्वले सबैको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस् भनी शुभकामना व्यक्त गरेका छन्।
पाशुपत क्षेत्रसहित देशका विभिन्न भागमा रहेका साँस्कृतिक एवं धार्मिक सम्पदाको संरक्षण एवं संवर्धन गर्न प्रण गर्नुपर्ने उनको भनाइ छ ।