Author: नेपाल राज्य

काठमाडौ‌। समाचारको विषयलाई लिएर धम्की दिइएको भन्ने आरोपका विषयमा पराराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रेसनोट जारी गरेकी छन् । मन्त्री राणाद्वारा जारी प्रेस नोटमा उनले आफू कानुन अनुसार अघि बढेको र मिडियालाई सम्मान गर्ने कुरा बताएइकी हुन् । नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीलाई मन्त्री राणाले मिडिया नै धराशायी बनाइदिने धम्की दिएको समाचार सामाजिक संजालमा भाइरल भैरहेको थियो । यस्तो छ मन्त्री राणाको प्रेस नोट: नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीसँग हिजो भएको टेलिफोन कुराकानीलाई धम्की दिएको भनी उनको पत्रिका नागरिक दैनिकमा समाचार प्रकाशित भएको देखेर आश्चर्य चकित भएकी छु। हाम्रो परिवारलाई बदनाम गराउने दुसित मनासय सहित सामाजिक संजालमा आएको एक…

Read More

बुटवल । सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत लुम्बिनी प्रदेशका १२ जिल्लाका १ सय ९ स्थानीय तहलाई ५२ अर्ब ७७ करोड ८४ लाख रुपैयाँ विनियोजन गरेको छ । यो रकम वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदान शीर्षकमा विनियोजन गरिएको हो । लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका १०९ स्थानीय तहमध्ये सबैभन्दा बढी रुपन्देही जिल्लालाई र सबैभन्दा कम अनुदान रुकुम पूर्व जिल्लालाई केन्द्र सरकारले विनियोजन गरेको छ । रुपन्देहीले ९ अर्ब ८० करोड रुपैयाँ केन्द्रबाट अनुदान पाउँदा रुकुम पूर्वलाई भने एक अर्ब २२ करोड रुपैयाँ विनियोजन भएको छ । रुपन्देहीमा एक उपमहानगर, पाँच नगरपालिका र १० गाउँपालिका गरी…

Read More

अर्घाखाँची । संघीय सरकार अन्तर्गत शहरी विकास मन्त्रालयबाट अर्घाखाँची जिल्लामा आगामी आर्थिक वर्षका लागि विभिन्न पूर्वाधार विकास योजनाहरू स्वीकृत भएका छन्। सांसद बिजुला रायमाझीको सचिवालयले सार्वजनिक गरेको जानकारीअनुसार जिल्ला भित्रका स्थानीय तहहरूमा समेटिएका ११ शीर्षकका योजनाहरू समावेश छन्। संचालित हुने केहि मुख्य योजनाहरू यसप्रकार छन्: १. सन्धिखर्क नगरपालिका–२ चुत्रवेशी बजारदेखि जनता आवास हुँदै बद्रकाली करिडोर निर्माण तथा मोडालिटी अनुसार स्तरोन्नति गरिनेछ, जसले भूगोल अनुसार सन्धिखर्क र भुमिकास्थान नगरपालिकालाई समेत जोड्ने लक्ष्य राखिएको छ। २. छत्रदेव गाउँपालिका–३ को बलकोट र पाणिनी गाउँपालिका जोड्ने पाली–बलकोट–राङबास सडक स्तरोन्नति। ३. सन्धिखर्क नगरपालिका–६ स्थित सुपादेउराली धर्मशाला परिसरमा पूर्वाधार निर्माण। ४. पाणिनी–४ सालझण्डी–ढोरपाटन सडक अन्तर्गत खुरसानेदेखि…

Read More

अर्घाखाँची । काठमाडौंमा सम्पन्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औं राष्ट्रिय महाधिवेशनबाट अर्घाखाँची जिल्लाका दुई प्रतिनिधि नेताहरू केन्द्रिय तहमा विजयी भएका छन्। सन्धिखर्क नगरपालिका–१ का बिराज मुखिया संगठनको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने -२ का अनिल भुसालले अनुशासन आयोगको सदस्यमा भारी मतसहित जित हात पारेका छन्। महाधिवेशनमा देशभरिबाट सहभागी भएका प्रतिनिधिहरूको विश्वास जित्दै यी दुई युवाले संगठनको नेतृत्व तहमा आफ्नो प्रभाव जमाउन सफल भएका हुन्। विद्यार्थी राजनीति तथा संगठन निर्माणमा लामो समयदेखि सक्रिय बिराज मुखिया र अनिल भुसाल दुबै अर्घाखाँचीमा लोकप्रिय विद्यार्थी नेताका रूपमा परिचित छन्। उनीहरूको यो सफलता अर्घाखाँची जिल्लाको लागि गौरवको विषय बनेको…

Read More

अर्घाखाँची । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मालारानी गाउँपालिका कमिटीले पालिकामा विद्यमान विविध समस्या र समाधानका सुझाव समेटेर ज्ञापनपत्र गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराईलाई बुझाएको छ। आज ज्ञापनपत्र बुझाउने क्रममा पार्टी जिल्ला कमिटी अध्यक्ष रामबहादुर चौहानले पछिल्लो समय सरकारका गतिविधिका कारण जनतामा निराशा र असन्तुष्टि बढ्दै गएको भन्दै सुशासन, रोजगारी तथा समाजवादी व्यवस्थाको तयारीका लागि विशेष कार्यक्रम अघि बढाउन पार्टीले ध्यानाकर्षण गराएको बताए। उनले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सुशासन, रोजगारी र भौतिक पूर्वाधारजस्ता पालिकास्तरीय समस्याहरू समाधान गर्न तत्काल ध्यान दिन आवश्यक रहेको उल्लेख गरे। पार्टी उपाध्यक्ष युवराज पौडेलले पालिकाका प्रमुख समस्या लिपिबद्ध गर्दै सुझावसहितको ज्ञापनपत्र पेश गरिएको जानकारी दिए। पार्टी केन्द्रको…

Read More

चितवन । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–मलेखु सडक खण्डमा राति सवारी आवागमन बन्द गरेर स्तरोन्नति गरिने भएको छ। यही जेठ ३० गतेदेखि आगामी असार ७ गतेसम्म रातिको समयमा सवारी आवागमन बन्द गरेर स्तरोन्नति गर्न लागिएको हो। नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) का प्रमुख केदारप्रसाद नेपालका अनुसार सडकको बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसिसी बिम राख्ने कामका लागि सवाारी बन्द गर्न लागिएको हो। बिम राख्न भारी क्रेनको प्रयोग गर्नुपर्ने भएकाले सवारी आवागमन रोक्नु परेको बताउँदै उनले शुक्रबारदेखि असार ७ गतसम्म राति १०ः३० बजेदेखि बिहान ३ः०० बजेसम्म अत्यावश्यकबाहेक सबै सवारीसाधन बन्द हुने जानकारी दिए। नेपालका अनुसार मलेखुबाट मुग्लिनतर्फ जाने भारी…

Read More

लक्ष्मी खनाल , अर्घाखाँची । शिक्षा प्रवर्द्धन र आर्थिक रूपमा पछाडि रहेका विद्यार्थीहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले आयोजित छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ । सन्धिखर्क नगरपालिका वडा नं – ५ ले वडा न -५ मा स्थायीबसोबास भई पाणिनि क्याम्पसमा स्नातक तहमा अध्ययनरत २४ जना विद्यार्थीलाई ६ हजार को दरले आज एक कार्यक्रमको आयोजना गरी छात्रवृत्ति वितरण गरेको छ । कार्यक्रममा बोल्दै वडा अध्यक्ष ऋषभ अधिकारीले प्रत्येक वर्ष वडा बाट विनियोजित बजेटको केहि रकम छुटाएर सन्धिखर्क -५ वडाका गरीब तथा आर्थिकको कारणले अध्ययनलाई बीट मार्ने गरेका बालबालिकाको हितको लागि वडाले उक्त कार्य सुरु गरेको हो । वडा अध्यक्ष अधिकारीले यसकार्य लाई…

Read More

अर्घाखाँची । अर्घाखाँची जिल्लामा धान मकैमा राख्ने बेला युरिया मलको अभाव देखिएको छ। मल अभावका कारण किसानहरूलाई अत्यधिक सास्ती व्यहोर्नु परेको छ। केही किसानहरू १० किलो मल लिनका लागि ५ घण्टासम्म लाइनमा बस्न बाध्य भएका छन्। सन्धिखर्क नगरपालिका क्षेत्रभित्रका किसानहरूले धान र मकैमा राख्नुपर्ने युरिया मलका लागि लामो समय लाइनमा बस्नुपरेको र गाउँतिरकाले मल नपाएको गुनासो गरेका छन्। युरिया मल सन्धिखर्क नगरपालिकाको सिफारिसमा स्थानीय सहकारी संस्था र एग्रोभेटमार्फत वितरण हुँदै आएको छ। तर, आपूर्ति कम र किसानको माग अत्यधिक भएका कारण सहकारी र एग्रोभेट व्यवसायीलाई मल व्यवस्थापन गर्न मुस्किल परेको हो ।

Read More

अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीका युवा नेता प्रेमनारायण गैरेले हालै एक सञ्चारमाध्यमले पार्टी सभापतिको छोराको बारेमा बोलेको विषयमा समाचार हटाउन दबाब, जेल जाने अवस्था आइरहेको खबरले प्रेस स्वतन्त्रता र लोकतान्त्रिक अभ्यासप्रति गम्भीर प्रश्न उठाएको बताएका छन् । नेता गैरेले समाचार लेख्ने, बोल्ने जेल जान्नुपर्ने अवस्था सिर्जना हुनु लोकतन्त्रको लागि खतरा भएको बताएका हुन् । सञ्चारकर्मीहरूको पक्षलिदै लेखेका छन् “”हैट! पार्टी सभापतिका छोराको बारेमा बोलेको लेखेको समाचार हटाउनु पर्ने ? लेख्ने बोल्ने जेल जान्नुपर्ने ? ” उनले जब कुनै पार्टीमा परिवारवाद हाबी हुन्छ, तब त्यहाँ नीतिभन्दा नातावाद चल्ने अवस्था आउँछ। यसले राजनीति अपराधीकरणको बाटो समात्छ र त्यसको असर सरकारमासमेत पर्न थाल्छ।…

Read More

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मसमीक्षासहित आफूहरू जनतातर्फ फर्केको बताएका छन् । माओवादी केन्द्र, पोखरा महानगर समितिको तेस्रो सम्मेलनको आज पोखरामा उद्घाटन गर्दै उनले आफ्नो वर्ग र समुदायसँगको सम्बन्धलाई नयाँ चिराबाट अगाडि बढाइएको बताए । ‘बीचमा जनता र वर्गसँगको सम्बन्ध टुटेको थियो, गम्भीर समीक्षा गरी पार्टीलाई जनतासँग जोड्ने संकल्प गरेका छौँ’, उनले भने, ‘पछिल्लो समय माओवादी केन्द्रप्रति जनतामा नयाँ विश्वास र भरोसा देखिएको छ ।’ पार्टीले चलाएको हुलाकी राजमार्ग र मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित जनजागरण अभियानका क्रममा पार्टीप्रति आकर्षण देखिएको उनको भनाइ थियो । ‘आगामी निर्वाचनसम्म माओवादी केन्द्रलाई बलियो र पहिलो पार्टीका रूपमा…

Read More