Author: नेपाल राज्य
काठमाडौँ । कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानले पदबाट राजीनामा दिएका छन्। तीनकुनेस्थित कान्तिपुरको न्यूजरूममा पत्रकारहरूसँग छलफल गर्दै उनले आफ्नो निर्णय सार्वजनिक गरेका हुन्। करिब पाँच वर्षदेखि सम्पादकीय नेतृत्व सम्हाल्दै आएका चौहानले सोचविचार गरेर र समझदारीपूर्वक पद छाड्ने निर्णय लिएको बताएका छन्। यद्यपि कान्तिपुर पब्लिकेशनले नयाँ प्रधान सम्पादक नियुक्त नगरेसम्म भने उनले हालको जिम्मेवारी सम्हालिरहने जनाइएको छ। चौहानको राजीनामापछि कान्तिपुरको सम्पादकीय नेतृत्वमा नयाँ व्यक्तिको खोजी सुरु हुने अपेक्षा गरिएको छ।
काठमाडौं । प्रतिनिधि सभा सदस्यमा तनहुँ जिल्ला क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद स्वर्णिम वाग्लेको आफ्नो चुनाव खर्च सार्वजनिक गरेका छन् । निर्वाचन आयोगमा बुझाएको विवरण अनुसार उनले चुनावको लागि २६ लाख ९० हजार ७५४ रुपैयाँ खर्च गरेका छन् । उनको प्रचार प्रसार सामग्री खरिद तथा प्रिन्टको लागि सबैभन्दा बढि ६ लाख ५० हजार २९८ रुपैयाँ खर्च भएको देखिएको छ । त्यसैगरी विद्युतिय प्रचार प्रसार ३ लाख ४८ हजार ४६४ रुपैयाँ,खाना खाजा तथा अस्थायी बसोवास ३ लाख ४८ हजार ९०० रुपैयाँ खर्च भएको छ ।
विकाश पराजुली, बुटवल । लुम्बिनी प्रदेशको राजनीतिक नक्सामा यसपटक ठूलो उथलपुथल आएको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रत्यक्ष र समानुपातिक दुवैतर्फ ऐतिहासिक नतिजा निकाल्दै प्रदेशको सबैभन्दा ठूलो राजनीतिक शक्तिका रूपमा उदाएको छ। परम्परागत शक्तिका रूपमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेलाई भारी मतान्तरले पछाडि पार्दै रास्वपाले लुम्बिनीमा नयाँ राजनीतिक तरंग ल्याएको छ। निर्वाचन आयोगको अन्तिम तथ्यांक अनुसार प्रदेशका कूल २६ निर्वाचन क्षेत्रमध्ये रास्वपा एक्लैले २१ सिटमा प्रत्यक्षतर्फ शानदार जित दर्ता गरेको छ। प्रत्यक्षतर्फको यो उभार समानुपातिक मतमा पनि स्पष्ट झल्किएको छ। लुम्बिनीका १२ जिल्लाबाट रास्वपाले समानुपातिकतर्फ कूल ९ लाख ३३ हजार ३५२…
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो । अस्पताल स्रोतका अनुसार केही समय यता मोहनप्रसाद ओली अस्वस्थ थिए । उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ । स्वर्गीय ओलीका दुई छोरा र तीन छोरी छन् ।
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुसाल गौतमले सुर्खेत की १६ वर्षीया इनिशा बिकमाथि भएको जघन्य तथा अमानवीय अपराधप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन्। भुसालले बलात्कारसम्बन्धी कानुन नेपालमा कठोर भए पनि समाजमा त्यसको आवश्यक डर र प्रभाव देखिन नसकेको बताएकी छन्। उनले उक्त घटनाको अनुसन्धानलाई तीव्र बनाउन र दोषीलाई कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेकी हुन् । साथै पीडित परिवारलाई छिटो न्याय दिलाउन ढिलाइ नगर्न आग्रह गर्दै उनले यस्ता घटनाले समाजलाई स्तब्ध बनाएको उल्लेख गरेकी छन्। राज्यका निकायहरूले निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्नेमा पनि उनले जोड दिएकी छन्। गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भएकी…
अर्घाखाँची — राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि हरिप्रसाद भुसाल गाउँ पुगेका छन् । उनले आफूलाई जिताएकामा पार्टी कार्यकर्ता र मतदातालाई धन्यवाद दिन भन्दै अर्घाखाँचीका ६१ वटै वडामा पुग्दैछन् । बुधबार छत्रदेव गाउँपालिकाको चिदिका, बल्कोट, केरुंगा, ठूलापोखरा लगायतका गाउँमा स्थानीयसँग भेटघाट गरे । चुनाव जितेर गाउँमा आएपछि स्थानीयले फूलमाला र अबिर लगाइदिएर बधाई दिएका छन् । माला, खादा र टीका लगाइदिएपछि भुसालसित तस्बिर र भिडियो खिच्नेको भीड नै लाग्ने गरेको छ । टिकटकसहित सामाजिक सञ्जालमा भुसालका समर्थकले खुसीयाली मनाएको भिडियो र तस्बिर राख्ने गरेका छन् । अर्घाखाँचीमा कुल १ लाख ७१ हजार ६ सय ५२ मतदातामध्ये ८६ हजार…
काठमाडौँ । केपी शर्मा ओलीले प्रतिनिधि सभा निर्वाचनमा अपेक्षा अनुसारको परिणाम नआएको स्वीकार गरेका छन्। नेकपा एमालेका अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै लोकतन्त्रमा अन्तिम निर्णय जनताकै हुने भएकाले त्यसलाई शिरोधार्य गर्नु आफ्नो र पार्टीको कर्तव्य भएको बताएका हुन्। उनले जनताको मतलाई पूर्ण सम्मानका साथ स्वीकार गर्ने उल्लेख गर्दै निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी साथ दिने मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक तथा समर्थकप्रति धन्यवाद व्यक्त गरेका छन्। ओलीले परिणाम आफ्नो पक्षमा नआए पनि जनताप्रतिको प्रतिबद्धता कमजोर नहुने बताए। जनताकै बीचमा रहेर काम गर्ने र विश्वासको सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्ने उनको भनाइ छ। साथ दिने सबैप्रति आभार व्यक्त गर्दै…
अर्घाखाँची, सन्धिखर्क — प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफूलाई साथ र समर्थन गर्ने सम्पूर्ण मतदाताप्रति एमाले नेता पीताम्बर भुसालले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेका छन्। सदरमुकाम सन्धिखर्कमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भुसालले निर्वाचनका क्रममा आफू र सूर्य चिन्हमा मतदान गर्ने सबै मतदाताप्रति विशेष धन्यवाद व्यक्त गरे। जनताले देखाएको विश्वास, माया र साथ आफ्नो लागि ठूलो प्रेरणा भएको उनले बताए। निर्वाचनको परिणाम जे जस्तो आए पनि आफू सधैं जनताको साथमै रहने प्रतिबद्धता व्यक्त गर्दै भुसालले मतदाताहरूलाई निराश नहुन आग्रह गरे। जनताको विश्वासलाई सधैं सम्मान गर्दै जिल्लाको विकास, समृद्धि र जनहितका काममा निरन्तर लागिरहने उनले स्पष्ट पारे। भुसालले अर्घाखाँचीबाट नवनिर्वाचित रास्वपा…
अर्घाखाँची । प्रतिनिधि सभा निर्वाचन–२०८२ मा ऐतिहासिक मतसहित विजय हासिल गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीले जिल्लावासी मतदाताप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ। रास्वपा अर्घाखाँचीका निर्वाचन परिचालन मूल समितिका संयोजक दिनेश सुनार (विकल्प) ले एक वक्तव्य जारी गर्दै प्रत्यक्षतर्फ ३५ हजार २३ र समानुपातिकतर्फ ३९ हजार ८५ मत प्रदान गरी पार्टीलाई ऐतिहासिक सफलता दिलाएकोमा अर्घाखाँचीवासी आम मतदाता, शुभेच्छुक तथा समर्थकहरूप्रति आभार व्यक्त गरेका हुन्। उनले निर्वाचन अभियानको सुरुवातदेखि अन्तिम मत परिणामसम्म निरन्तर खटिएर सहयोग गर्ने पार्टीका केन्द्रीय, प्रदेश, जिल्ला तथा पालिका स्तरका नेतृत्व, निर्वाचन कमाण्डर, सदस्य, टोल तथा मतदान केन्द्रमा सक्रिय कार्यकर्ता, देश–विदेशमा रहेका पार्टी सदस्य तथा शुभेच्छुकप्रति…
सांसद भुसाललाई पत्रकार महासंघ अर्घाखाँची द्वारा सम्मान, सञ्चार क्षेत्रको विकासमा सहकार्यको प्रतिबद्धता व्यक्त
अर्घाखाँची । नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाले नवनिर्वाचित प्रतिनिधिसभा सदस्य हरि प्रसाद भुसाललाई सम्मान गरेको छ। जिल्लामा आयोजित कार्यक्रममा महासंघले सांसद भुसालको योगदान र सञ्चार क्षेत्रमा सहकार्यमा देखाएको इच्छालाई सम्मान स्वरूप प्रस्तुत गरेको हो। कार्यक्रममा नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनाल, लुम्बिनी प्रदेशका कोषाध्यक्ष प्रेमनारायण आचार्य लगायत क्रियाशील पत्रकारहरूले सहभागिता जनाएका थिए। सम्मान ग्रहण गर्दै सांसद भुसालले पत्रकारितासम्बन्धी समस्या आफूलाई नजिकबाट जानकारी भएको र पत्रकार तथा जनप्रतिनिधिबीचको सम्बन्ध कहिल्यै टाढा नहुनुपर्नेमा जोड दिएका हुन् । सञ्चारकर्मीका हकहित र क्षेत्रको विकासमा सदैव सकारात्मक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त समेत गरे। कार्यक्रममा सहभागी पत्रकारहरूले जिल्लामा सञ्चार क्षेत्रको वर्तमान अवस्था, चुनौती र आवश्यकताबारे…
