Author: नेपाल राज्य

अर्घाखाँची । राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य तथा अर्घाखाँची जिल्ला युवा इन्चार्ज विनोद बस्नेतले आन्दोलनको नाममा अराजक मच्चाउने लाई कडा कारबाही गर्न माग गरेका छन् । सामाजीक संजालमा लेख्दै इन्चार्ज बस्नेतले शान्तिपूर्ण आन्दोलन नागरिकको संवैधानिक अधिकार भएको बताएका छन्। उनले नीतिगत माग र स्पष्ट एजेन्डा लिएर शान्तिपूर्ण रूपमा आवाज उठाउने व्यक्ति, संघ–संगठन वा समुदायहरूमाथि प्रहरीले कारबाही गर्न नहुने स्पष्ट धारणा राखे। बस्नेतका अनुसार “आन्दोलन गर्ने स्वतन्त्रताको संरक्षण नै लोकतन्त्रको आधार हो। न्यायसंगत मागसहित शान्तिपूर्ण आन्दोलन गर्नेहरूमाथि कुनै प्रकारको दमन हुनु हुँदैन।” उनले प्रहरी लाई आफ्नो उच्च मनोबलका साथ काममा लाग्नु होस राष्ट्रिय युवा संघ नेपाल सधै देश , जनताको…

Read More

वीरेन्द्र केसी, अर्घाखाँची । धार्मिक पर्यटकीय गन्तव्य सुपा देउराली मन्दिरमा दर्शन गर्न र घुम्न आउने तीर्थालुको संख्या वर्षमा दस लाख बराबर रहेको तथ्यांक छ । मन्दिरमा नेपाल तथा भारतका विभिन्न ठाउँबाट गाडी रिजर्भ गरेर पर्यटक भित्रिने गर्छन् । ‘मन्दिरमा दर्शन र नजिकै रहेको नरपानीमा घुम्न आउने पर्यटकको संख्या वर्षमा दस लाखभन्दा बढीको हुन्छ,’ सुपा देउराली मन्दिर व्यवस्थापन समितिका सदस्य एवम् सन्धिखर्क नगरपालिका–७ का वडाध्यक्ष चुराबहादुर केसीले भने, ‘हरेक वर्ष यहाँ भित्रिनेको संख्या बढ्दो छ । भारतीय तीर्थालुको संख्या धेरै छ ।’ यति धेरै पर्यटक भित्रिनुको कारण सुपा देउरालीमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको उनले बताए । यो मन्दिर सन्धिखर्क…

Read More

अर्घाखाँची । भूमिकास्थान – ९ डेभा स्थित श्री भगवती माध्यमिक विद्यालयका जुनियर रेडक्रस सर्कल (जु.रे.स.) ले नेपालीहरूको महान् चाड तिहार (शुभ दीपावली) तथा छठ पर्वको अवसरमा विद्यालय परिसरमा खुला देउसी–भैलो प्रतियोगिता सम्पन्न गरेको छ। मौलिक संस्कृतिको संरक्षण र समुदायबीचको आपसी सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा जम्मा १० टिम सहभागी भएका थिए। सहभागी मध्ये ९ टिम विद्यालयका विद्यार्थीहरूको र १ टिम अभिभावकहरूको रहेको थियो। प्रतियोगितामा कक्षा ६ की सन्दीपा बि.क.को टिमले प्रथम स्थान हासिल गर्दै नगद तथा पुरस्कार प्राप्त गर्‍यो। कक्षा ११ की वर्षा थापाको टिम दोस्रो र कक्षा ८ की सुहाना परियारको टिम तृतीय स्थानमा रहेका थिए। कार्यक्रम…

Read More

रुद्रमणि भुसाल,अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिकाको हंसपुरमा चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमन गरिएको छ । तिहार र छठ पर्व नजिकिएसँगै घरेलु तथा साना उद्योग कार्यालय र जिल्ला प्रशासन कार्यालयको अर्घाखाँचीको सयुक्त आयोजनामा बजार अनुगमन गरिएको हो । अनुगमनको क्रममा विभिन्न पसलबाट म्याद गुज्रेका करिब १५ हजार ५ सय बराबरको अखाद्य सामग्री जफत गरि नष्ट गरिएको अनुगमन टोलीका संयोजक तथा घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको प्रमुख दुर्गा न्यौेपानेले जानकारील दिनुभयो । मापदण्ड बिपरित पसल संचालन गरेको, मूल्य सूचि, साइनबोर्ड नराखेको, दर्ता तथा नविरकण नगरेका पसललेहरुलाई ७ हप्तादेखि १५ दिनभित्रमा सम्बन्धित वडा र पालिकामा गएर पसल दर्ता, नविकरण र मापदण्ड बमोजिम…

Read More

      सन्धिखर्क नगरपालिकाको सूचना बालविवाह सामाजिक अपराध भएकाले विवाह गर्ने उमेरका सबैलाई २० वर्षपछि मात्र गरौं र गराऔं ।  गाउघरमा रहेका पुराना पोखरीहरुको संरक्षण गर्दै थप नया पुनर्भरण पोखरीको निर्माण गरी पानीका मुहानहरुको प्रबद्र्धन गरौं ।  धार्मिक तथा पर्यटकीय स्थलहरुको संरक्षण गरी प्रबद्र्धनमा टेवा पु¥याऔं ।  आफनो पायक पर्ने स्थानको सडकको छेउछाउमा घास तथा अन्य विरुवा रोपी हरियाली प्रबद्र्धन गरौं  जन्म, मृत्यु बसाइसराई जस्ता व्यक्तिगत घटना दर्ता ३५ दिनभित्रै सम्बन्धित वडा कार्यालयमा गई दर्ता गराऔं  विद्यालय जाने उमेर भएका बालवालिकालाई विद्यालय पठाऔं  खानेपानीका मुहान सफा राखौं साथै सबैले पानी शुद्धीकरण गरेर मात्र पिउने बानीको विकास गरौं  आफनो…

Read More

काठमाडौं – विजयादशमीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आज शीतल निवासमा टीका ग्रहण गरेका छन्। पुरोहित अर्जुन अधिकारी र देवराज अर्यालले बिहान ११:५३ बजे शुभ साइतमा राष्ट्रपति पौडेललाई टीका लगाइदिएका हुन्। राष्ट्रपति कार्यालयकी सूचना अधिकारी अर्चना खड्काका अनुसार टीका ग्रहणपछि राष्ट्रपतिले देशवासीमा समृद्धि र शान्तिको कामना गरेका छन्।

Read More

हरि कुँवर, अर्घाखाँची । नेपाली समाजमा दशैंलाई “महान चाड” भनिन्छ। वर्षभरि दुःख-कष्ट भोग्ने सर्वसाधारणले यो पर्वलाई कम्तीमा केही दिन त खुशीको बहाना भनेर हेर्छन्। जमरा, टीका, आशीर्वाद, नयाँ लुगा, मीठा परिकार अनि परिवारसँगको मिलनले दशैंलाई नेपाली जीवनको सबैभन्दा ठूलो पर्व मानिन्छ । तर, यही पर्व सबैलाई एकै किसिमले खुशी ल्याउने पर्व भने होइन। कसैको लागि यो दशैं उत्सव बनेर आउँछ भने कसैको लागि यो साँच्चिकै दशा भएर आएको छ। महँगीले थिचेको दशैं बजारको मूल्य सूची हेर्नेबित्तिकै सामान्य आमजनतालाई दशैं नजिकिएको महसुस हुन्छ। हरेक वर्ष जस्तै मासु, तरकारी, फलफूल, लत्ता–कपडा, यातायात भाडा , हवाई भाडाको मूल्य एकाएक बढ्छ। दशैंमा मात्र हो…

Read More

अर्घाखाँची । विजय दशमी तथा शुभ दीपावलीको अवसरमा मालारानी-५ बाँगी आरुखोरमा साविक वडा स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ। श्री शान्ति माध्यमिक विद्यालय – भूतपूर्व विद्यार्थी समाज, मालारानी -५ बाँगी आरुखोरले आफ्नो २० औं वार्षिकोत्सवका अवसरमा १७ गते शुक्रबार बिहान १० बजेबाट भलिबल प्रतियोगिता सुरु गर्ने बताएको हो । प्रतियोगिता नक–आउट आधारमा हुने छ। एक टोलीमा कोचसहित ८ जनासम्म खेलाडी राख्न सकिने नियम तोकिएको छ। खेलको क्रममा चोटपटक वा दुर्घटना भएमा सहभागी टोली स्वयं जिम्मेवार हुने र विवाद उत्पन्न भएमा आयोजकको निर्णय अन्तिम हुने जनाइएको छ। विजेता समुहलाई नगद १५ हजारसहित मेडल र प्रमाणपत्र, दोस्रो हुने समुह लाई १० हजारसहित…

Read More

अर्घाखाँची – समाजसेवामा सक्रिय भूमिका निर्वाह गर्दै आएका बरिष्ठ समाजसेवी हेम थापाले आफ्नो जन्मदिनको विशेष अवसरलाई समाजको लागि जोड्दै १० जनालाई आर्थिक सहयोग गरेका छन्। अमेरिकामा कर्म थलो बनाएका बरिष्ठ समाजसेवी थापाले प्रत्येक व्यक्तिलाई १०/१० हजारका दरले गरी १ लाख रुपैयाँ सहयोग गरेका हुन्। सहयोगका क्रममा उनले दुखी, पीडित र असहाय व्यक्तिहरूलाई सम्भव भएको सहयोग पुर्‍याउने नै आफ्नो जीवनको धर्म भएको बताएका छन् “दुखी पीडितको आलो घाउमा सानो मलम लगाउने प्रयास स्वरूप यो रकम प्रदान गरेको हुँ ” थापाले भने। उनले अर्घाखाँचीका विभिन्न ठाउँमा पनि सहयोग गर्दै आएका थिए । हेम & माया फाउन्डेसनका अध्यक्ष समेत रहेका थापा लामो समयदेखि…

Read More

माओवादी बैठकमा प्रश्न : प्रचण्डको ६४ लाखको घडी र गंगाको २८ लाखको ब्यागको स्रोत के हो ? काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनकी छोरी गंगा दाहालको जीवनशैलीमाथि गम्भीर प्रश्न उठेको छ। बैठकमा केन्द्रीय सदस्य लक्ष्मण पन्तले प्रचण्डले प्रयोग गर्ने महँगो रोलेक्स घडी (करिब ६४ लाख मूल्य) र गंगाको लुइ भिटन ब्याग (करिब २८ लाख मूल्य) को स्रोतबारे प्रष्टिकरण माग गरे। पन्तले पार्टीमै भ्रष्टाचारविरुद्ध संघर्ष सुरु गर्नुपर्ने बताउँदै, यदि यी वस्तु उपहारका रूपमा आएको भए पनि पार्टी कोषमा जम्मा गर्नुपर्ने धारणा राखे। उनले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले उपहार बेचेर व्यक्तिगत फाइदा उठाएको…

Read More