Author: नेपाल राज्य

काठमाडौं । नेकपा एमालेकी सांसद बिजुला रायमाझीले विकास निर्माणका काममा समानुपातिक सांसदहरूलाई विभेद गरिएको गुनासो गर्दै महिला सांसदहरूको सहभागिता र पहुँचमा बाधा पुगेको बताएकी छन् । प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद रायमाझीले महिला, बालबालिका तथा सामाजिक क्षेत्रमा विनियोजित बजेट पर्याप्त नभएको भन्दै त्यसमा वृद्धि गर्न सरकारलाई आग्रह गरिन् । “महिलाका सवालमा बजेट पर्याप्त छैन, सुधारको खाँचो छ,” उनले भनिन् । उनले बजेटको तयारीमा समानुपातिक सांसदहरूको सुझावलाई बेवास्ता गरिएको भन्दै अहिलेको संरचनामा विभेद कायमै रहेको टिप्पणी गरिन् । रायमाझी लगाएतका सांसदले ६८ वर्ष पुगेका ज्येष्ठ नागरिकको भत्ता ७० वर्ष पुर्‍याउने प्रस्तावप्रति पनि आपत्ति जनाउँदै यो प्रावधानलाई यथास्थितिमा राख्न माग…

Read More

अर्घाखाँची । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा अर्घाखाँचीका नेता चन्द्रबहादुर खड्का ‘उज्ज्वल’ ले हालका नयाँ युवापुस्ताले नेपालको १० वर्षीय सशस्त्र जनयुद्धको इतिहास नबुझेको धारणा व्यक्त गरेका छन्। कार्यक्रममा बोल्दै अहिलेका धेरै युवाहरूका लागि प्रचण्ड, शेरबहादुर र केपी शर्मा ओली एउटै हुन् भन्ने बुझाइ रहेको छ, जुन ऐतिहासिक दृष्टिकोणले त्रुटिपूर्ण छ। “युवाहरूले हिजोको त्याग, बलिदान र परिवर्तनका आन्दोलनहरूको मूल्य नबुझ्दा नयाँ अनुहारप्रति मात्र आकर्षण देखिएको छ,” उज्ज्वल भन्छन्, “त्यसैले रवि, हर्क, बालेनजस्ता पात्रहरूले चुनाव जित्न सफल भएका छन्।” उनको तर्क छ-इतिहासको ज्ञान बिना वर्तमानको सही मूल्याङ्कन हुन सक्दैन। “हामीले आफूले सुरु गरेको आन्दोलनलाई सम्झनुपर्छ, र नयाँ पुस्तालाई त्यो चेतना…

Read More

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नै कमजोरीका कारण लोकतन्त्र र गणतन्त्रमाथि आक्रमण भइरहेको बताएका छन् । उनले आफ्नो स्वाभिमान र इज्जतलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिए । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसद नचलेकोमा चिन्ता व्यक्त गरे । उनले सत्ता र शक्तिमा भएकाहरूको इशारामा संसदलाई गोटी बनाइदा इज्जत गुम्दै गएको बताए । केसीले वर्तमान शिक्षा प्रणालीले मुलुक नबन्ने भन्दै चिन्ता व्यक्त गरे । सत्ता, शक्ति र सम्पत्तिको पछि लाग्दै जानु राष्ट्रका लागि दुर्दशा भएको पनि उनले बताए ।सत्ता, शक्ति र सम्पत्तिको पछि लाग्दा राष्ट्रियतामाथि नै प्रश्न उठ्न थालेको औंल्याए ।

Read More

अर्घाखाँची, असार ८ । ठकुरी समाज अर्घाखाँचीको चौथो साधारणसभा तथा तेस्रो जिल्ला अधिवेशन शनिबार सन्धिखर्कमा एक भव्य कार्यक्रमका साथ सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गर्दै ठकुरी समाज महासंघ नेपालका केन्द्रीय सहकोषाध्यक्ष सुनिता सेन ठकुरीले नेपालको इतिहास, भाषा, संस्कृति तथा विविध पक्षको संरक्षण र सम्वर्द्धनमा ठकुरी समुदायको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै आगामी दिनमा अझ सक्रिय भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याइन्। उक्त कार्यक्रममा ठकुरी समाज महासंघका पूर्व महासचिव राम मल्ल ठकुरी, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रवि शाह ठकुरी, सुन्दर सिंह ठकुरी, लक्ष्मी शाही, लाल बहादुर शाह ठकुरी, साथै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष प्रेमनारायण आचार्य लगायतले शुभकामना मन्तव्य राखेका…

Read More

कैलाली ।  कैलालीको गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा शुक्रवार बिहान मृत भेटिएकी १९ वर्षीय सुत्केरी तुलसी नाथको आफ्नै देवरले हत्या गरेको खुलेको छ। विगतदेखिको सामान्य विवाद र सुनका गहनाका कारण आफूले भाउजूको हत्या गरेको पक्राउ परेका नवीन नाथले प्रहरीलाई बयान दिएका छन्। ‘भाउजू सुतेका बेला सिरानीले मुख च्यापेर हत्या गरे, उहाँले कानमा लगाएको गहना निकाले र शव बाहिर लगेर नालीमा फालिदिए’ प्रहरीसमक्ष उनले बयान दिएका छन्। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रणबहादुर चन्दले पनि सहोदर देवरले तुलसी नाथको हत्या गरेको अनुसन्धानबाट खुलेको जानकारी दिएका छन्। ‘शवको पोस्टमार्टम हुन बाकी छ । तर, घटनाको प्रकृति र पक्राउ परेका युवकको…

Read More

अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीका सभापति हरि प्रसाद भुसालले पार्टी सभापति रवि लामिछानेमाथि भइरहेको आरोप सन्दर्भमा नेपाली कांग्रेस र नेकपा एमालेले उनीलाई “बलिको बोको” बनाएको आरोप लगाएका छन्। रास्वपा अर्घाखाँचीले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रममा बोल्दै सभापति भुसालले राजनीतिक प्रतिस्पर्धीहरूले रवि लामिछानेको लोकप्रियता र निरन्तरको सक्रियतालाई रोक्न नियोजित रुपमा षड्यन्त्र गरिरहेको दाबी गरे। उनले भने, “ सत्ताधारी एमाले र काङ्ग्रेसले आफ्न बचाउन , रविजीलाई बलिको बोको बनाउने प्रयास भइरहेको छ।” रास्वपा जिल्ला सभापति भुसालले तीन वर्षको छोटो अवधिमा रास्वपाले जनसमर्थन हासिल गर्दै राजनीतिक रूपमा बलियो उपस्थिति जनाउन सफल भएको बताउदै सुशासनको पक्षमा र वेथितिको विरुद्धमा…

Read More

अर्घाखाँची । नेपाल पत्रकार महासंघ अर्घाखाँचीका निर्वतमान अध्यक्ष तथा पत्रकार अशोक कुमार खनालका ९२ वर्षीय पिता टिकाराम खनालको निधन भएको छ। मालारानी गाउँपालिका खन निवासी खनालको आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ। पार्थिव शरीरलाई रिडीमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको जनाइएको छ। स्वर्गीय टिकाराम खनालका सुपुत्र अशोक खनाल प्रेस सेन्टर नेपालका केन्द्रीय सचिवालय सदस्यसमेत हुन। खनाल लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहँदै जिल्लाका पत्रकारका रूपमा परिचित छन् । यस दुःखद घडीमा नेपाल पत्रकार महासंघ, स्थानीय सञ्चारकर्मी तथा विभिन्न सामाजिक क्षेत्रका व्यक्तिहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका हुन् ।

Read More

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक (पब्लिक) क्याम्पसहरूको दिगो भविष्य र शैक्षिक गुणस्तर सुधारका लागि तिनको जिम्मेवारी प्रदेश सरकारलाई दिनुपर्ने बताएका छन्। दाङको देउखुरीमा आयोजित प्रदेशस्तरीय भेलामा बोल्दै उनले उच्च शिक्षामा सुधार ल्याउन कानुनी अस्पष्टता हटाउन जरुरी रहेको बताए। “अनुदान दिन प्रदेश सरकार इच्छुक छ, तर कानुनी अड्चन छन्,” उनले भने, “पब्लिक क्याम्पसहरूलाई बेवारिसे बनाउने हाम्रो उद्देश्य होइन।” मुख्यमन्त्री आचार्यले शिक्षा ऐन संशोधन गरेर कक्षा १२ सम्मको जिम्मा स्थानीय तहले र पब्लिक क्याम्पसको जिम्मा प्रदेश सरकारले लिने व्यवस्थाको पक्षमा सरकार उभिएको स्पष्ट पारे। कार्यक्रममा पब्लिक क्याम्पस प्राध्यापक संघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष युवराज रावतको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको…

Read More

बुटवल । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा माधवकुमार खनाल सर्वसम्मत चयन भएका छन्। बुटवलमा सम्पन्न २४औं साधारणसभा तथा १२औं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो। नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा अर्जुन थापा, पर्यटन उपाध्यक्षमा रोमाकान्त पाण्डे, प्रथम उपाध्यक्षमा थम्मनबहादुर भण्डारी (क्षेत्री), द्वितीय उपाध्यक्षमा प्रेमप्रसाद भट्टराई, महासचिवमा केशवराज कँडेल, कोषाध्यक्षमा अर्जुन पोखरेल, सचिवमा बाबुराम अर्याल, सहसचिवमा डिल्लीराज अर्याल (दीपक), सहकोषाध्यक्षमा खुमराज ज्ञवाली (राजन) सर्वसम्मत चयन भएका छन् । अधिवेशनको उद्घाटन बुटवल उपमहानगरपालिकाका नगरप्रमुख मेयर खेलराज पाण्डेयले गरेका थिए।

Read More

चितवन । चितवनको राप्ती नगरपालिका–४ स्थित भण्डारा नजिक पूर्व–पश्चिम महेन्द्र राजमार्गमा बस र माइक्रोबस ठोक्किँदा ७ जनाको ज्यान गएको छ। शनिबार बिहान सवा १० बजे भएको दुर्घटनामा अन्य १४ जना घाइते भएका छन्। धनगढीबाट काँकडभिट्टा जाँदै गरेको बस (प्रदेश १–०१–००१ ख ३५८३) र मकवानपुरबाट नारायणगढतर्फ गइरहेको माइक्रोबस (बागमती प्रदेश ०३–००१ ज २९९) एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो। चितवन प्रहरीका अनुसार घाइतेहरूको भरतपुरका चार अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Read More