अर्घाखाँची ।
नेपाल पत्रकार महासंघ अर्घाखाँचीका निर्वतमान अध्यक्ष तथा पत्रकार अशोक कुमार खनालका ९२ वर्षीय पिता टिकाराम खनालको निधन भएको छ।
मालारानी गाउँपालिका खन निवासी खनालको आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ। पार्थिव शरीरलाई रिडीमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको जनाइएको छ।
स्वर्गीय टिकाराम खनालका सुपुत्र अशोक खनाल प्रेस सेन्टर नेपालका केन्द्रीय सचिवालय सदस्यसमेत हुन। खनाल लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहँदै जिल्लाका पत्रकारका रूपमा परिचित छन् ।
यस दुःखद घडीमा नेपाल पत्रकार महासंघ, स्थानीय सञ्चारकर्मी तथा विभिन्न सामाजिक क्षेत्रका व्यक्तिहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका हुन् ।