Author: नेपाल राज्य
अर्जुन भुसाल ,अर्घाखाँची । सन्धिखर्क ८ किमडाँडाका टिकाराम नेपालीले आमा बुवाकाे स्मृतिमा मुखियाचाैरमा प्रतिक्षालय निर्माण गर्नुभएको छ । बुवा लाेकबहादुर र आमा गाेमाकाे सम्झनामा २ लाख ५० हजारकाे लगानीमा प्रतिक्षालय निर्माण गर्नुभएकाे हाे । आमा गाेमाकाे ०५३ सालसा ६५ वर्ष र बुवा लाेकबहादुरकाे ०५६ सालमा ६२ वर्षकाे उमेरमा निधन भएकाे थियाे । मुखियाचाैर मानिसहरूकाे जमघट हुने स्थल हाे । साे स्थानमा विभिन्न संघ संस्थाका भेला तथा बैठकहरू हुने गरेका छन् । अब ति बैठकहरू प्रतिक्षालय भित्र बसेर गर्न सकिने भएकाे छ । नेपालीले प्रतिक्षालय निर्माण गरेपछि स्थानीय खुसी भएका छन् । उहाँले विभिन्न सामाजिक कामहरू गर्दै आइरहनुभएकाे छ । नेपालीले…
नेपाली काँग्रेस नेत्री पुष्पा भुसाल उपसभामुखमा निर्वाचित भएकी छन्। आजकाे प्रतिनिधिसभा बैठकमा उपसभामुखका लागि भएकाे निर्वाचनमा भुसालले नेकपा (एमाले)की भट्टराईलाई ५५ मतले पराजित गरेकी हुन्। प्रतिनिधिसभामा एमालेका ९८, कांग्रेसका ६३, माओवादी केन्द्रका ४९, एकीकृत समाजवादीका २३, जनता समाजवादी २१, लोसपा १३ र अन्य साना दल र स्वतन्त्रसमेत गरी १ सय ७१ जना सांसद छन्। ती मध्ये १ सय ४८ सांसदले भुसाललाई मतदान गरेका थिए। को हुन् उपसभामुख भुसाल ? अर्घाखाँचीकाे पोखराथोककी भुसाल वि.सं. २०२८ सालदेखि राजनीतिमा सक्रिय छन् । नेपाली कांग्रेसको महिला विभाग, कानुन विभागमा लामो समय क्रियाशील उनीसँग नेपाल महिला संघको महासचिव भएर काम गरेकाे अनुभव पनि छ। महिला अधिकार र समानताको…
नेपाल राज्य संवाददाता अर्घाखाँची- अर्घाखाँचीको पाणिनि गाउँपालिका–२ पोखराथोकमा जन्मिएकी पुष्पा भुसाल गौतम प्रतिनिधिसभाको उपसभामुख जस्तो गरिमामय पदमा निर्वाचित भएकोमा गृह जिल्लामा खुसीयाली छाएको छ । कांग्रेस केन्द्रीय सदस्य एवं संघीय संसदीय दल सचेतक भुसाल प्रभावशाली नेता हुन । देशका उच्च पदमा अर्घाखाँचीका नेताहरु पुगिरहेको बेला गरिमामय उपभामुख पदमा भुसाल निर्वाचित भएपछि गृह जिल्लाका कांग्रेस नेता तथा कार्यकर्ता सहित आमसर्वसाधारण हर्षित भएका छन् । सामाजिक सञ्जालमा बधाई दिनको ओइरो लागेको छ । भुसाल २०६४ को पहिलो संविधानसभा चुनावमा तत्कालिन अर्घाखाँची निर्वाचन क्षेत्र नम्बर २ बाट सांसदमा निर्वाचित भएकी थिइन । संविधान निर्माणमा उल्लेख्य भुमिका निर्वाह गरेकी भुसालले पछिल्लो समय समानुपातिक संघीय…
काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा कांग्रेस संसदीय दलका नेता पुष्पा भुसाल निर्वाचित भएकी छन् । शुक्रबार संसदमा भएको मतदानमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सांसद भुसालको पक्षमा १४८ मत परेको थियो । उनको विपक्षमा ९३ मत परेको थियो । एक जना भने तटस्थ बसेका थिए । उपसभामुखमा भुसाल र नेकपा एमालेकी विद्या भट्टराई उम्मेदवार थिए ।
अर्घाखाँची । बाँगीका खुम बहादुर खत्री २७ वर्षदेखी भारतबाट बेपत्ता भएपछि खोजी गर्न परिवारले आग्रह गरेको छ । अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका – ५ बाँगी निवासी थम्मन बहादुर खत्रीको छोरा खुम बहादुर खत्री रोजगारीको सिलसिलामा भारतको दिल्ली वसन्त कुज आसपास देखी बिगत २७ वर्ष पहिले हराएका हुन । पटकपटक खोजी गर्दासमेत फेलापार्न नसकिएको परिवारले बताएको छ । बुआको मृत्यु पछि सानै उमेरमै खुम भारत हिडेका हुन । यति बेला आमा डिलि तनावमा छन् । परिवारले छोरा लाई खोजीका लागि पहल गरिदिन सबैलाई अनुरोध गरेको छ । तपाईंहरुले कतै देख्नु भयो भने नजिकैको प्रहरी चौकी अथवा तलको नम्बरमा सम्पर्क गरि सहयोग…
नेपाल राज्य संवाददाता अर्घाखाँची- सन्धिखर्क नगरपालिकाले सदरमुकामको पाणिनि बहुमुखी क्याम्पसमा स्नातक तह अध्ययन गर्ने ४० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई नगरपालिकाले ‘नगरप्रमुख छात्रवृद्धि कोष सञ्चालन कार्यविधि’ बनाएर ४० जना विद्यार्थीलाई पढाउने ११ औं नगरसभाको नीति तथा कार्यक्रमको समावेश गरेको छ । नगरप्रमुखमा निर्वाचित भएपछि पदवहाली गर्दा सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठले पाणिनि क्याम्पसका ४० जना विद्यार्थीलाई निशुल्क पढाउने प्रतिबद्धता जनाएका थिए । क्याम्पसको उच्चशिक्षामा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थी छनोट गरेर क्याम्पसमा लाग्ने सबै शुल्क नगरपालिकाले व्यहोर्ने श्रेष्ठले बताए ।
अर्घाखाँची- भुमिकास्थान नगरपालिका प्रमुख झविलाल थापाले कक्षा १२ सम्मको शिक्षालाई नि:शुल्क गर्ने बताए । आर्थिक अभावमा पढ्नबाट वञ्चित विद्यार्थीलाई नगरपालिकाले निशुल्क पढ्ने व्यवस्था गरेको हो । कक्षा १ देखि १२ कक्षासम्म नगरभित्रका सबै स्कुलमा निशुल्क पढन पाउने भएपछि अभिभावक तथा विद्यार्थीमा खुसीयाली छाएको छ । आर्थिक समस्याका कारण नगरभित्रका सबै बालवालिकाले सहजै पढुन भन्ने उद्देश्यले नगरपालिकाले निशुल्क शिक्षाको आर्थिक वर्षबाट शुरुवात गरिने थापाले बताए ।
अर्घाखाँची- मालारानी गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराईले पालिका भित्रका दीर्घरोगीको पहिचान गरेर नि:शुल्क औषधि उपचारको व्यवस्था गरिदिने बताए । पालिका भित्र कति संख्यामा दीर्घरोगी छन् उनीहरुको तथ्यांक संकलन गरेर औषधि उपचारमा सहयोग गर्ने उनले बताए । सबै स्वास्थ्य चौकीमा औषधि र स्वास्थ्य परीक्षणको सुविधा उपलब्ध छ । आर्थिक वर्षबाट यो कार्यक्रम लागु हुने उनले बताए । आर्थिक अभावमा उपचारबाट वञ्चित दीर्घरोगीका विरामीहरु पालिकाको यो कार्यक्रमबाट राहत मिल्ने भन्दै खुसी भएका छन् ।
हरि कुँवर, अर्घाखाँची । मानव अधिकार एलाइन्स नेपाल अर्घाखाँची जिल्ला शाखाले २३ औं स्थापना दिवसको अवसरमा बुधबार सन्धिखर्कमा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । मानव अधिकार एलाइन्सका पुर्ब केन्द्रिय सदस्य तथा प्रमुख अथिती प्रेमनारायण गैरेले मानवअधिकारको उल्लंघनका घटना अझै पनि नरोकिएको बताएका छ्न । त्यसविरुद्ध एलाइन्स सक्रिय भएर लाग्ने बताए। आगामी दिनमा अभिभावकको भूमिका निर्वाह गर्न आफू सँधै तयार रहेको बताएका थिए । प्रतिबद्ध भएर सहयोग तथा सहकार्य गर्न सम्पुर्ण लाई आग्रह गरे । मानव अधिकार एलाइन्स अर्घाखाँचीका मानव अधिकार एलाइन्सका निबर्तमान अध्यक्ष शुशिला गैरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासघ अर्घाखाँचीका निबर्तमान अध्यक्ष हिम लेकाली , सामुदायिक बन उपभोता…
पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच बुधवार बेलुका दोस्रो पटक भेटघाट भएको छ । भेटघाटमा ओलीले मेयर शाहलाई एउटा तबला उपहारदिएको एमाले नेता कर्णबहादुर थापाले बताए । ओली र बालेनबीचको यो दोस्रो भेट हो। यसअघि काठमाडौँ महानगरको मेयरको मतगणना जारी रहेकै बेला बालेन ओलीलाई भेट्न बालकोट पुगेका थिए। यस अघि एक सार्वजनिक कार्यक्रममा एमाले अध्यक्ष ओलीले आफू र्याप गाउन सक्ने भन्दै घुमाउरो पारामा बालेनको प्रशंसा गरेका थिए। उनी र्याप गायक पनि हुन्। बालेन पछिल्लो समय राजनीतिक भेटघाटमा व्यस्त छन् ।
