अर्जुन भुसाल ,अर्घाखाँची । सन्धिखर्क ८ किमडाँडाका टिकाराम नेपालीले आमा बुवाकाे स्मृतिमा मुखियाचाैरमा प्रतिक्षालय निर्माण गर्नुभएको छ ।
बुवा लाेकबहादुर र आमा गाेमाकाे सम्झनामा २ लाख ५० हजारकाे लगानीमा प्रतिक्षालय निर्माण गर्नुभएकाे हाे । आमा गाेमाकाे ०५३ सालसा ६५ वर्ष र बुवा लाेकबहादुरकाे ०५६ सालमा ६२ वर्षकाे उमेरमा निधन भएकाे थियाे ।
मुखियाचाैर मानिसहरूकाे जमघट हुने स्थल हाे । साे स्थानमा विभिन्न संघ संस्थाका भेला तथा बैठकहरू हुने गरेका छन् । अब ति बैठकहरू प्रतिक्षालय भित्र बसेर गर्न सकिने भएकाे छ । नेपालीले प्रतिक्षालय निर्माण गरेपछि स्थानीय खुसी भएका छन् । उहाँले विभिन्न सामाजिक कामहरू गर्दै आइरहनुभएकाे छ । नेपालीले व्यवसायीक रूपमा कृषि पेशा गर्नुहुन्छ । उहाँले आमा बुवाकाे नाममा समाजिक काम गर्ने लामाे समय देखिकाे इच्छा पूरा भएकाे भन्दै आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो ।