Author: नेपाल राज्य

नेपाल राज्य संवाददाता अर्घाखाँची– नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष ऋषिराम अधिकारीले ठेक्कापट्टाको काम गर्दा गुणस्तरहीन काम गरेर ठग्ने गरेको आरोप नेकपा (बहुमत) ले लगाएको छ । वर्षौदेखि जिल्लामा पुल, सडक लगायतका काममा निर्मँणको काम गर्दै आएका अधिकारीलाई बहुमत पाटीले ७ वटा गंभिर आरोप लगाएर अधिकारीको घरमा कालो ब्यानर टागेको छ । उनी एमालेका नेता समेत हुन । उनले यसरी ठग्ने अधिकारीलाई सरोकारवालाले कारवाही नगरे जनसंघर्षबाट कारवाही हुने पनि बताएको छ । नेपाल निर्माण ब्यवसायी संघ, अर्घाखाँचीका अध्यक्ष ऋषिराम अधिकारी लाई कारबाही किन ? १) कर्मचारीसँग मिलोमतो गरि कमसल काम गरेकोले । २) घुम्ती- पाल्पा सडक खण्डको खगडी लगायत सम्पुर्ण काममा…

Read More

रियाद । खाडी मुलुक साउदीअरब मा अवैधानिक रुपमा बसेका ९३ जना नेपालीले बहिर्गमन (एक्जिट) भिसा पाएका छन् । रियादस्थित नेपाली दूतावासका अनुसार ५ देखि ११ अगष्टसम्मको अवधिमा रियाद र दमामबाट एक्जिट भिषाका लागि प्रक्रिया थालिएकामध्ये ९३ जना नेपालीले सो भिषा प्राप्त गरेका हुन । साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र नबनाएका, नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक भिसाका लागि दुतावासले साउदी अरब सबन्धित निकायमा अनुरोध गरेको थियो । जसअनुसार साउदी सरकारले ९३ जना नेपालीलाई सो भिषा उपलब्ध गराएर नेपाल फर्कने बातावरण तय गरिदिएको हो । एक्जिट भिसा लागेका नेपालीहरूले दूतावासबाट भिसा लिएर…

Read More

काठमाडौं । निम्नमाध्यमिक तह अध्यायन अनुमति पत्र (लाइसेन्स) को परिक्षा आज हुने भएको छ। परिक्षामा २ लाख ३ हजार १३१ जना परिक्षार्थी सहभागी हुने भएका छन। शिक्षक सेवा आयोगले सातै प्रदेशका २४ ओटा जिल्लाका ७ सय ९२ परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन गर्दैछ । परीक्षाको सम्पूर्ण तयारी सकिएको शिक्षक सेवा आयोगले जानकारी दिएको छ। शिक्षक सेवा आयोगले माध्यमिक तहको लाइसेन्स अहिले धमाधम लाइसेन्स छापिरहेको र आगामी भदौको दोस्रो हप्ताबाट वितरण गर्ने जानकारी दिएको छ । आयोगले असार १८ गते सञ्चालन गरेको परीक्षाको गत साउन ३ गते नतिजा सार्वजनिक गरेको थियो । नतिजा सार्वजनिक भएको १५ दिनभित्र नतिजा सार्वजनिक गर्नुपर्ने व्यवस्था भएपनी…

Read More

नेपाल राज्य संवाददाता अर्घाखाँची– सरकारले २०७९ मंसिर ४ गते प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनको मिति घोषणा गरेको छ । केन्द्रमा ५ दलीय गठबन्धन गरेरै चुनावमा जाने सहमती गरेका छन् भने एमाले एक्लै चुनाव लड्दैछ । माओवादीबाट लगातार तीन पटक चुनाव जितेर धेरै पटक मन्त्री र उपपधानमन्त्रीसम्म भएका रायमाझीलाई मंसिर ४ को चुनावमा ५ दलसँग भिड्न सजिलो छैन् । एमाले र माओवादी मिलेर बनेको (नेकपा) विभाजनपछि रायमाझीले पुष्पकमल दाहाललाई छाडेर केपी ओलीतिर लगेका थिए । एमालेभित्र शीर्ष नेता रायमाझीलाई चुनाव जिताउनकै लागि पाटी नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिन नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ अर्घाखाँची आउँदै छन् । साउन ३०…

Read More

नेपाल राज्य संवाददाता अर्घाखाँची– नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष एवं प्रभावशाली नेता रामबहादुर चौहानले ५ दलीय गठबन्धन भएमा अर्घाखाँची प्रदेशसभा (क) र (ख) मध्ये एउटा समाजवादीलाई चाहिने दावी गरेका छन् । त्यसको लागि आफु चुनाव लड्न तयारी गरेको बताए । यदी गठबन्धन नभएमा प्रतिनिधिसभा सदस्यमा एक्लै चुनाव लड्ने बताए । ‘शितगंगा र भुमिकास्थान नगरपालिका हाम्रै कारणले गठबन्धनले चुनाव जित्यो,’ चौहानले भने, ‘छत्रदेव गाउँपालिका पनि हाम्रै निर्णायक कराणले जित्यो । स्थानीय तहको चुनावमा हामी धेरै ठगिएका छौं, हाम्रो जनमत अर्घाखाँचीमा निर्णायक छ, त्यसै कारण गठबन्धनमा हामीले पाउनुपर्छ ।’ टिकट पाए, आफुले जिल्ला र जिल्लावासीको लागि आजसम्म गरेको त्याग तपस्या जिल्लाकाे…

Read More

शोभाखर पन्थी  अर्घाखाँची नेकपा एमाले अर्घाखाँचीले वृहत् कार्यकर्ता प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ । एमालेले साउन ३० गते सदरमुकाम सन्धिखर्कमा जिल्ला स्तरीय अगुवा कार्यकर्ताको निम्ति एकदिने प्रशिक्षणको तयारी गरेको छ । प्रशिक्षण कार्यक्रममा जिल्लामा खटिएका पार्टी केन्द्रीय कमिटीका सदस्य ,केन्द्रीय सल्लाहकार परिषद् सदस्य ,प्रदेश कमिटीका सदस्य ,प्रदेश सल्लाहकार परिषद्का सदस्य ,केन्द्रीय विभागका सदस्य ,प्रदेश विभागका सदस्य ,जिल्ला कमिटी,प्रदेश सम्पर्क कमिटी ,अर्घाखाँची -काठमाडौ सम्पर्क मञ्च ,जिल्ला लेखापरीक्षण कमिटी ,जिल्ला सल्लाहकार परिषद ,जिल्ला जेष्ठ कम्युनिस्ट मञ्च,प्रदेश निर्वाचन क्षेत्रीय समन्वय कमिटी ,पालिका कमिटी ,विशेष ईलाका कमिटी,पार्टी वडा कमिटीका पदाधिकारी ,सबै जनसंगठनका केन्द्रीय कमिटी र प्रदेश कमिटीका सदस्य , जिल्ला कमिटीका पदाधिकारी र…

Read More

 नेपाल राज्य संवाददाता अर्घाखाँची– कांग्रेस महासमिति सदस्य एवं प्रभावशाली नेता डा. मुक्तिराम श्रेष्ठले अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारीमा आकांक्षा राखेका छन् । चिकित्सक संघका पूर्वअध्यक्ष श्रेष्ठले कोभिड महामारीमा जिल्ला अस्पताल सहित जिल्लाका स्वास्थ्य संस्थामा स्वास्थ्य सामाग्री वितरण, विरामी भएर काठमाडौ आउनेलाई स्वास्थ्य सेवामा सहयोग, जिल्लाका विकास निर्माणका विभिन्न योजनामा बजेट पार्नेमा महत्वपूर्ण भुमिका खेल्दै आएका छन् । अर्घाखाँची कांग्रेस कार्यकर्ता र जनतामा लोकप्रिय नेताको रुपमा परिचित श्रेष्ठले पाटीले टिकट दिएमा संघीय सांसदमा चुनाव लड्ने बताए । ‘पाटीले टिकट दिनेमा आशावादी छु, मैले टिकट पाएमा सहजै चुनाव जित्छु,’ उनले भने, ‘यसपालीको चुनावमा जनताले परिवर्तन चाहेका छन् । यसपाली कांग्रेस उम्मेदवारले चुनाव जित्छ…

Read More

नेपाल राज्य संवाददाता अर्घाखाँची– कांग्रेसका प्रभावशाली युवा नेता लेखनाथ पोखरेलले पाटीको टिकट दिएमा आफु आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यमा अर्घाखाँचीबाट चुनाव लड्ने बताए । उनले पाटी केन्द्रले आफुलाई टिकट दिनेमा विश्वस्त रहेको बताए । छत्रदेव गाउँपालिकाका निवर्तमान अध्यक्ष पोखरेलले ५ वर्षे कार्यकालमा छत्रदेवमा देशकै नमुना काम गरेर प्रशंसित भएका थिए । दोस्रो कार्यकालमा उनी दोहोरिएनन् । युवामाझ निकै लोकप्रिय पोखरेलले आफु उम्मेदवार भएमा जनताको भारी मतबाट सहजै जित्ने दावी गरेका छन् । ‘टोपबहादुरको अर्घाखाँचीमा हाउगुजी मात्रै हो,’ पोखरेलले भने, ‘टोपबहादुर रायमाझीसित चुनावमा लडेर जित्ने पालो मेरो आएको छ । अर्घाखाँचीवासी जनता परिवर्तनको पक्षमा मत हाल्न आतुर छन्…

Read More

 नेपाल राज्य संवाददाता अर्घाखाँची– कुशल प्रशासक प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेको प्रभावकारी सेवा प्रवाहको कामले गर्दा गृह मन्त्रालयको कार्यसम्पादमा अर्घाखाँची जिल्ला प्रशासन कार्यालय देशका ७७ जिल्ला मध्ये दोस्रो नम्बरमा पर्न सफल भएको छ । मन्त्रालयको मुल्यांकन प्रतिवेदन अनुसार ९७ प्रतिशत अंक प्राप्त गर्दै दोस्रो नम्बरमा परेको हो । छिमेकी जिल्ला प्रशासन कार्यालय गुल्मी ९७।७५ प्रतिशत अंक प्राप्त गर्दै सर्वाेत्कृष्ट बन्न सफल भएको हो । कार्यसम्पादन सम्झौताका ६ वटा विषयगत क्षेत्रमा शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागूऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण तथा विकास निर्माण समन्वय र आर्थिक प्रशासन अन्तरगत ६८ वटा परिसुचक रहेका…

Read More

नेपाल राज्य संवाददाता काठमाडौ– बिहीवार बसेको मन्त्रीपरिषदको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन देशभर एकै चरणमा मंसिर ४ गते गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधवार सत्ता गठबन्धनका शीर्ष नेताहरुसित छलफल गरी मंसिर ४ गते नै प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गर्ने सहमती जुटाएका थिए । बिहीवार मन्त्रीपरिषद बैठक बसेर २०७९ साल मंसिर ४ गते आइतवार एकै चरणमा संघ र प्रदेशसभाको चुनाव गर्ने घोषणा गरेको हो ।

Read More