नेपाल राज्य संवाददाता
अर्घाखाँची– नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष ऋषिराम अधिकारीले ठेक्कापट्टाको काम गर्दा गुणस्तरहीन काम गरेर ठग्ने गरेको आरोप नेकपा (बहुमत) ले लगाएको छ । वर्षौदेखि जिल्लामा पुल, सडक लगायतका काममा निर्मँणको काम गर्दै आएका अधिकारीलाई बहुमत पाटीले ७ वटा गंभिर आरोप लगाएर अधिकारीको घरमा कालो ब्यानर टागेको छ ।
उनी एमालेका नेता समेत हुन । उनले यसरी ठग्ने अधिकारीलाई सरोकारवालाले कारवाही नगरे जनसंघर्षबाट कारवाही हुने पनि बताएको छ ।
नेपाल निर्माण ब्यवसायी संघ, अर्घाखाँचीका अध्यक्ष ऋषिराम अधिकारी लाई कारबाही किन ?
१) कर्मचारीसँग मिलोमतो गरि कमसल काम गरेकोले ।
२) घुम्ती- पाल्पा सडक खण्डको खगडी लगायत सम्पुर्ण काममा भर्खर लगाएका वालहरू भत्किएकाले।
३) घुम्ती- पाल्पा सडक खण्ड भित्र पर्ने बाँसको रूख देखी पाली निस्किने उकालोमा कम रोलिङ्ग गरेको कारण ग्राभेल पुर्ण रूपमा भत्केकोले
४) ढलाइहरूमा स्टिमेटभन्दा कम सिमेन्ट प्रयोग गरि ठगी गरेकोले ।
५) मजदुरलाई पारिश्रमिक र सस्तो मूल्यमा काम गराई ठगि गरेकोले ।
६) मसला बढी प्रयोग गर्ने ठाउँमा ढुङ्गा बढी प्रयोग गरेकोले ।
७) अर्घाखाँची निर्माण व्यवसाय धरासायी बनाएको र साना व्यवसायका गुनासा नसुन्ने र नियमित बैठक नबसालेकोले ।