बुटवल ।
अर्घाखाँचीका पत्रकार दीपक कुँवरको उपचारको क्रममा निधन भएको छ।
कपिलवस्तुको रेडियो शिवराजमा स्टेसन म्यानेजरका रूपमा कार्यरत ३६ वर्षीय कुँवरको शुक्रवार १ बजे लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा निधन भएको हो। कुँवर दुई वर्ष देखि ब्लड क्यान्सरबाट पीडित थिए ।
नेपाल पत्रकार महासङ्घ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालले पत्रकारिता क्षेत्रमा कुँवरको योगदान उल्लेखनीय रहेको बताउदै उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका हुन् ।

