Author: नेपाल राज्य
अर्घाखाँची । नेकपा एमाले केन्द्रीय सदस्य एवं अर्घाखाँची प्रदेशसभा (क) का उम्मेदवार चेतनारायण आचार्यले अबका दुई वर्षमा हरेक बाँगी बासीको घर–घरमा धारा पुग्ने बताएका छन् । बाँगीको पोखेडाडामा आयोजित चुनाव लक्ष्यित कार्यक्रममा आचार्यले घर–घरमा धारा , अपांग भत्ता वृद्धभत्ता ,एकल भत्ता बढाउने प्रतिबद्धता रहेको बताएका हुन । सिद्ध मा.वि र शान्ति माविमा गुणस्तरीय शिक्षा खेलाडीको प्रसंशा गर्दै भण्डार खेलमैदान मोटरबाटो स्तरउन्नति गर्ने समेत बताए । नेकपा एमाले केन्द्रिय कमिटी सदस्य तथा जिल्ला इन्चार्ज चन्द्र बहादुर खड्का नेकपा एमाले केन्द्रिय सल्लाहकार कमिटी सदस्य नरेद्र कुमार क्षेत्री तत्कालीन मालारानी गाउँपालिका उपाध्यक्ष प्रमिला क्षेत्री अनेरास्ववियुका युवा नेता अर्जुन खनाल सामजसेवि चन्द्रमणि भुसाल शंकर…
नेपाल राज्य संवाददाता अर्घाखाँची– निवर्तमान उपसभामुख एवं अर्घाखाँची प्रतिनिधिसभा सदस्य उम्मेदवार पुष्पा भुसालले संविधानमा भएका अधिकारलाई रक्षा गर्दै अर्घाखाँचीको विकास गर्ने आफ्नो प्राथमिकतामा रहेको बताइन । संसद भंग गरेर अधिकार खोस्ने काम भएकाले त्यसको जोगाउनुपर्ने बताइन । ‘संविधानमा प्राप्त उपलब्धीलाई खोस्न संसद भंग समेत भयो, हामी त्यसको डटेर सामना ग¥र्यौ,’ सन्धिखर्कमा ऋषि धमलासँगको कार्यक्रममा गठबन्धनबाट साझा उम्मेदवार भुसालले भनिन, ‘संविधानलाई बचाउनकै लागि ५ दलीय गठबन्धन भएको हो । चुनावपछि पनि गठबन्धनकै सरकार बनेर देशको विकास गर्छौ ।’ २०१५ सालमा मन्त्री भएका आफ्ना स्वर्गीय पिताले गरेका योजनालाई आफुले पुरा गर्ने र नयाँ योजना भित्राएर समृद्ध अर्घाखाँची बनाउने आफ्नो मान्यता रहेको बताइन…
नेपाल राज्य संवाददाता अर्घाखाँची– नेकपा (एमाले) केन्द्रीय सदस्य एवं अर्घाखाँची प्रदेशसभा (क) का उम्मेदवार चेतनारायण आचार्यले २०७४ को चुनाव जितेपछि पीचको काम शुरुवाती भएका चार सडकलाई पुरा गर्न जनताले यसपाली न्याय गर्ने बताए । उनले विकासका कामलाई हेरेर आफुलाई फेरी अवसर दिने बताए ।। लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री भएका आचार्यले सन्धिखर्क–तम्घास सडक, ठूलापोखरा–छत्रगञ्ज सडक, च्यानडाँडा– खन–खनदह सडक र चुत्रावेशी–धारापानी–ढाकावाङ सडकको पिच गर्ने कामको शुरुवात आफुले गरेको बताए । ‘यी सडकका काम पुरा गर्न मलाई मतदाताले रोज्नेछन्,’ आचार्यले भने, ‘प्रदेशसभा (क) अन्तरगतका मुख्य तथा सहायक सडकलाई व्यवस्थित सडक बनाएर यात्रा सहज गराउन आफुले केही काम शुरुवात गरेर अहिले…
नेपाल राज्य संवाददाता अर्घाखाँची– (नेकपा) एमालेका केन्द्रीय सचिव एवं पूर्वउपप्रधानमन्त्री तथा अर्घाखाँची प्रतिनिधिसभा उम्मेदवार टोपबहादुर रायमाझीले २०६४ सालमा आफु तत्कालिन क्षेत्र नम्बर १ बाट निर्वाचित भएपछि अर्घाखाँचीमा विकासका हिसाबले धेरै फड्को मारेको बताए । उनले विकास र समृद्धिको लागि फेरी पनि जनताले टोपबहादुर नै खोजेको दावी गरे । ‘मोटरेवल फुल नहुँदा सास्ती थियो, धेरै ठाउँ पुल बनाए, टोलैपिच्छे मोटरबाटा विस्तार गरेर व्यवस्थित सडक बनाएँ, अब गाउँका सडक पिच र ग्राभेल गर्न बजेट परेको छ,’ सन्धिखर्कमा ऋषि धमालासँगको कार्यक्रममा रायमाझीले भने, ‘पहाडी जिल्लामा अहिले ३ सय ट्याक्सी चलेका छन् । उनीहरुले रोजगारी पाए, शिक्षा, स्वास्थ्यमा पूर्वाधार निर्माण भएका छन् ।’ पर्यटन…
काठमाडौं । नेकपा(एकिकृत समाजवादी) युवा संगठनका सचिवालय सदस्य भानु खनाल र विद्यार्थी संगठनका स्थायी कमिटी सदस्य आकाश खनाल बिहिवार नेकपा(एमाले) मा प्रवेश गरेका छन । अर्घाखाँची मालारानी खनदह घर भएका दुबै युवाले एकीकृत सामाजवादी पार्टीले स्थानीय तहको चुनावमा सामाजिक पारिवारिक सम्बन्ध,सामाजिक मूल्य मान्यता सबै भताभुङ्ग पारेको आरोप लगाए । अर्घाखाँचीका एकीकृत समाजवादिका नेता राम बहादुर चौहानले आफू “ब्याक” भएर पार्टीलाई “शुन्य ” जस्तै बनाएको कार्यकर्ताको अनुमान छ ।नेता चौहानले प्रदेश (क )मा आफुले दिएको उम्मेद्बारी निष्क्रिय पारी गठबन्धनका सागर के.सी . लाई समर्थन गर्ने घोषणा गरेका थिए । दुबै युवाले हाम्रो नेता नेकपा एमाले अध्यक्ष केपि ओलि भएको दाबी गरेको…
नेपाल राज्य संवाददाता अर्घाखाँची– गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले सन्धिखर्क अस्पतालमा मेडिकल कलेज खोल्ने गरी भौतिक संरचना निर्माण गर्ने आफ्नो मुख्य एजेण्डा रहेको बताइन । पहाडी जिल्ला अर्घाखाँचीबाट डाक्टर उत्पादन गर्ने उनले बताइन । निवर्तमान उपसभामुख भुसालले नेपालराज्यसँग कुरा गर्दै अस्पताललाई स्तरोन्नती गर्दै ५० वेडको विशेषज्ञ डाक्टर सुविधाबाट जटिल रोग बाहेक अरु विरामीको जिल्लामै उपचारको लागि सहज सेवा र कलेज खोल्ने गरी संरचना निर्माण गर्ने बताइन ।
नेपाल राज्य संवाददाता अर्घाखाँची– कांग्रेस केन्द्रीय सदस्य एवं अर्घाखाँची प्रतिनिधिसभा सदस्य उम्मेदवार पुष्पा भुसालले अबको विकास अर्थपूर्ण सहित जनताले अनुभूति गर्ने खालको हुनुपर्ने बताइन । निवर्तमान उपसभामुख भुसालले राष्टिय बजेटको सही सदुपयोग हुने गरी हरेक योजनाको काम गर्नुपर्ने बताइन । मालारानी गाउँपालिकाका विभिन्न चुनावीसभालाई सम्बोधन गर्दै भुसालले अर्घाखाँचीमा गुणस्तरीय शिक्षा, सर्बशुलभ स्वास्थ्य, व्यवस्थित सडक, सबैका घरमा खानेपानी, सिचाइ सुविधा लगायतका जनताका आधारभूत विकासका आवश्यक्ता पुरा आफुले गर्ने बताइन । गाउँमा कृषि उद्यम, पर्यटन विकास, युवालाई रोजगारीका आधार निर्माण गरिदिने जस्ता कामलाई आफुले पहिलो प्राथमिकतामा राखेको उनले बताइन ।
नेपाल राज्य संवाददाता अर्घाखाँची– (नेकपा) एमाले केन्द्रीय सदस्य एवं अर्घाखाँची प्रदेशसभा (क) का उम्मेदवार चेतनारायण आचार्य मतदातासँग भेटघाट तीव्र पारेका छन् । २०७४ को चुनावमा यही क्षेत्रबाट निर्वाचित भएर लुम्बिनी प्रदेशको आन्तरिक तथा कानून मन्त्री भएका आचार्य फेरी उम्मेदवार बनेका छन् । उनले पर्यटन क्षेत्रकाे विकास, सडक निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी सहित शुरुवात भएका पूर्वाधार विकासका काम केही सम्पन्न भएको र केही काम भैरहेकाले त्यसलाई निरन्तरता दिँदै थप नयाँ काम गरेर अर्घाखाँची प्रदेशसभा (क) लाई विकास र समृद्धिमा नमूना बनाइने बताए । उनले हरेक युवालाई कृषि उद्य्ममा जोडेर स्वरोजगार बनाइने बताए । उनले राेजगारीका अाधार निर्माणका लागि काम गरिने बताए…
अर्घाखाँची । नेपाली काग्रेस मालारानी गाउँपालिका वाडनम्वर १ का पार्टी सचिव रविलाल भुसाल भुसाल सहित १५ जना विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्नुभएकाे छ । नवप्रवेशिकालाई नेकपा एमाले केन्द्रीय सचिव तथा प्रतिनिधि सभा उम्मेदवार टाेपबहादुर रायमाझीले खादा माला लगाइ स्वागत गर्नुभएकाे छ । नवप्रवेशिहरूले एमालेलाइ विजयी बनाउन आफू दत्तचित्त भएर लाग्ने प्रतिवद्वता जाहेर गर्नुभएकाे छ । कार्यक्रममा मन्तव्य राख्दै रायमाझीले रिडि सुर्खेत सडक देउराली देखि पिच कार्य अगाडि बढेकाे,भालुवाङ खरावाङ सडककाे काम पनि तिव्र गति बढिरहेकाे,मदन भण्डारी सडक मार्ग लगाएका सडक सञ्जालले मालारानी क्षेत्रलाइ ठुलाे फाईदा हुने बताउनुभयाे । यस्तै बहुबषिर्य याेजनाहरू जिल्लाभर रहेकाे बताउनुभयाे ।
मीना थापा , पाल्पा । नेपालमै अनौठो पाल्पाको सत्यवती मेला यसबर्ष लाग्ने भएको छ । बिगतका केही वर्ष कोभिडका कारण चहपहल नभएको मेला यो वर्ष लाग्ने र यसको तयारी भएको पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ । बिगतमा ३ दिन लाग्ने मेला यो बर्ष राम्रो जोग परेकोले ५ दिन लाग्ने समितिले जनाएको छ । पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडा नं ४ मा रहेको धार्मिक पर्यटकीय स्थल सत्यवती मन्दिरमा कान कम सुन्ने बज्यै भएको बिश्वासमा चिच्याएर वर माग्ने गरिन्छ । यहाँ बाँसको लिंगो लिएर आवाज निकाल्ने गरी चिच्याउदै वर माग्ने र सत्यवती मन्दिर परिषरको पोखरीमा लिगो गाडेर पूजा गर्ने चलन छ…
