Author: नेपाल राज्य

चन्द्रशेखर अधिकारी, बुटवल । अमेरिकामा प्राध्यापन गरिरहेका विश्वप्रसिद्ध प्राज्ञ डा. समिर खनाल। अमेरिकाको हवाई टापुस्थित हवाई युनिर्भसिटीका मोलिक्युलर बायो साइन्स र बायो इन्जियिरिङका डा प्राध्यापक गुल्मी धुर्कोट पुर्ख्यौली घर भएका कपिलवस्तु बुद्धभूमिका एक सामान्य भारतीय लाहुरे नेपालीका छोरा ५५ वर्षिय समिर खनाल हवाईबाट प्रकाशित हुने ११.४ इम्प्याक्ट रहेको विश्व प्रसिद्ध जर्नल ‘बायोरिसोर्स टेक्नोलोजी’ का प्रधानसम्पादक हुन्। उनी २००८ देखि निरन्तर हवाईमै रहँदै आएका छन्। उनले एसएलसी कपिलवस्तु महाराजगंज, आईएस्सी बुटलवबाट, बीई सिभिल भारत जयपुर, एमई सिभिल एआईटी थाईल्याण्ड, पीएचडी हंगकंग र पोष्टडक होनुलुलु हवाईबाट गरेका हुन्। साइन्स डाइरेक्टअन्तर्गतको बायोरिसोर्स टेक्नोलोजीमा उनी मातहत विश्वका ख्यातिप्राप्त विश्वविद्यालयका ५८ जना एडिटोरियल बोर्ड छ।…

Read More

श्रीकृष्ण भुसाल , अर्घाखाँची । काँध फेर्ने कि नेता ? (लघु कथा) राम र श्याम एउटै उमेर समूह र एउटै वर्ग आधारका साथीहरु हुन्। उनीहरू देश र जनतालाई गरिवी र अन्यायको दुष्चक्रबाट मुक्त गर्ने उद्देश्यले राजनीति प्रति आकर्षित भएर पार्टीमा आबद्ध भए। पार्टीमा लामो समयसम्म काम गर्दा पनि गतिलो जिम्मेवारी र अवसर नपाएकोमा राम सधैं दिक्क हुन्थ्यो। तर श्यामलाई त्यो कुराको कुनै चिन्ता थिएन। उचित जिम्मेवारी र अवसर नपाउँदा नपाउँदै पनि पार्टीको नीति, सिद्धान्त र कार्यक्रमको पक्षमा श्याम गर्वका साथ वकालत गर्थ्यो र दत्तचित्त भएर संगठनको कामामा लाग्थ्यो। लामो समयको प्रतीक्षा पछि रामले चाहेजस्तो पार्टी जिम्मेवारी पायो। श्याम भने पार्टीमा…

Read More

हरि कुँवर , अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीले खर्चको विवरण सार्वजनिक गरेको छ । सन्धिखर्कमा गत माघ २० गते सनिवार पार्टीले आयोजना गरेको खुल्ला जनसभामा भएको खर्चको विवरण राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीका सभापति हरि प्रसाद भुसालले सोमबार सार्वजनिक गरेका हुन । हामीकहाँ सामाजिक जबाफदेहिताको अभ्यास छैन। हामीले सहयोग गरेका थियौँ भनेर दिनेले पनि सोधीखोजी गर्दैन। लिनेले त गर्ने कुरै भएन तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँची खर्च र आमदानी विवरण सार्वजनिक गरेर प्रसंशा को पात्र बनेको पार्टीका शुभचिन्तकहरुले बताएका छन । खर्च तर्फ २ लाख ८९ हजार ७ सय २८ देखाइएको छ भने आमदानी तर्फ २ लाख ५७…

Read More

पाल्पा । पाल्पाको चिदिसामा जिप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १० पुगेको छ। सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप मंगलबार चिदिसमा दुर्घटना हुँदा ८ जनाको घटनास्थलमा र २ जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो। लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी कुवेर कडायतका अनुसार मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६ कोलाङका ६२ वर्षीय कृष्णबहादुर अस्लामी, अन्दाजी ३३ वर्षका रामबहादुर अस्लामी र उर्मिला अस्लामी छन्। अन्यको परिचय खुल्न बाँकी छ। दुर्घटनामा १९ जना घाइते भएका छन्। घाइतेहरूको लुम्बिनी मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ।

Read More

हरि कुँवर , अर्घाखाँची । नेकपा एमाले अर्घाखाँची काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा मालारानीका मधु पौडेल सर्वसम्मत चयन भएका छन । यसैगरी उपाध्यक्ष हरिकला वेल्वासे (शितगंगा), उपाध्यक्षमणि अधिकारी (पाणिनी) , सचिव गिरीश पन्थी (भुमिकास्थान), उप–सचिव सविता वस्नेत (छत्रदेव), उप–सचिवधर्मेन्द्र अर्याल(छत्रदेव) र कोषाध्यक्षमा चिरन के.सी.(सन्धिखर्क) चयन भएका हुन । यस्तै सदस्यमा प्रदिप मरासिनी,हरिप्रसाद रायमाझी,मुकुन्द घिमिरे, तारापति पोख्रेल,दिपक पौडेल,शुष्मा खनाल,बावुराम खनाल,ढुण्डीराज पाण्डे,बावुराम दमासे,शन्तोष पन्थी, छविलाल बेल्वासे,जिवन अधिकारी, मोहन बिक्रम के.सी., टिकाराम पोख्रेल, र बलबहादुर रायमाझी लगाएत रहेका हुन ।

Read More

शोभाखर पन्थी, अर्घाखाँची । नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेलले वर्तमान सरकार मुलुकको निम्ति बोझ भएको बताउनु भएको छ । नेकपा एमाले जनसंगठन समन्वय संयन्त्र लुम्बिनी प्रदेश कमिटीको बैठकमा मन्तव्य राख्दै उहाँले सरकार हरेक क्षेत्रमा असफल बन्दै गैरहेको बताउनु भयो । कँडेलले वर्तमान सरकार जतिदिन टिक्छ मुलुकले त्यति नै बढी क्षति व्यहोर्दै जानुपर्ने भएकोले बिकल्प खोज्नु पर्ने समय आएको बताउनु भयो । नेकपा एमालेका केन्द्रीय सदस्य भुमिश्वर ढकालले राष्ट्रिय स्वाभिमान , बिकास र समृध्दिको निम्ति नेकपा एमालेको बिकल्प नभएको बताउनु भयो । उहाँले नेकपा एमालेलाई चौतर्फी घेरान्दी गरेर निकालिएको परिणाम राष्ट्र र जनताको निम्ति प्रतिउत्पादक भएको भन्दै एमालेको…

Read More

काठमाडाैं । पोर्चुगल पठाइदिन्छु भन्दै १८ लाख रुपैयाँ रकम ठगी गरेकाे आराेपमा एक महिलालाई पक्राउ परेकी छिन् । दाङ घोराही उपमहानगरपालिका-१२ घर भइ हाल काठमाडौं को नयाँ बानेश्वरबाट बस्ने ३० वर्षीय मञ्जु रावत पक्राउ परेकी हुन । तीन जनालाई पोर्चुगल पठाइदिने भन्दै १५ लाख रुपैयाँ लिएकी हुन । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको काठमाडौं प्रहरीले जनाएको छ ।

Read More

हरि कुँवर, अर्घाखाँची । क्रियाशील पेशागत संघ संगठन द्वारा कारबाहीको माग गरेका छन। अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वार्ड नं. ८ स्थित वालशिक्षा माध्यमिक विद्यालयका प्रधान प्राध्यापक राजेन्द्र पन्थीलाई घरवाट विद्यालय जाने क्रममा आइतबार भएको घटना प्रति क्रियाशील पेशागत संघ संगठनले प्रेस विमोचन मार्फत घोर आपत्ति जनाएको छ । उक्त व्यवहार गर्ने व्यक्तिहरुलाई पहिचान गरी कानुनी दायरामा ल्याएर कारवाही गर्न सम्बन्धित निकायसंग माग गरेको हो । प्रेस विज्ञप्तिमा लेखिएको छ । विभिन्न संघ संगठनले संयुक्तरूपमा हस्ताक्षर गरेका छन । नेपाल राज्य संग कुरा गर्दै उनले भने अराजक फैलाउने जो कोहि हो फुलको माला होइन,कानुनी रुपले नै जबाफ दिनुपर्छ । कुनै पनि…

Read More

हरि कुँवर,अर्घाखाँची । नेपाल रेड्क्रस सोसाइटी अर्घाखाँचीको आयोजना तथा लायन्स क्लब अफ अर्घाखाँचीको सहयोगमा आइतबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। सन्धिखर्क भएको रक्तदान कार्यक्रममा १७२ व्यक्तिले रक्तदान गरेको नेपाल रेड्क्रस सोसाइटी जिल्ला शाखा सभापति कुशल भुसालले बताए ।  रेड्क्रस जिल्ला शाखा अर्घाखाँचीले आफ्नो संवरण जयन्तिको अवसरमा बृहत रक्तदान कार्यक्रम आयोजना गरेको थियो । रक्तदान कार्यक्रममा महिलाहरूको पनि उल्लेख सहभागीता रहेको शाखाका मन्त्री तुल्सिराम पौडेलले जानकारी दिएका छन।रक्तदान कार्यक्रममा बृहत सहभागिता भएको प्रती रेड्क्रस जिल्ला शाखाले सम्पुर्णमा धन्यवाद व्यक्त गरेको छ । रक्तदान गर्न गाउँ गाउँ बाट शिक्षक, कर्मचारी, राजनैतिक दलका नेता देखि सर्वसाधारण सदरमुकाम पुगेका थिए ।

Read More

काठमाण्डौं। दाङमा चालु वर्षको हालसम्म नेपाल टेलिकमको पाँचवटा ‘बिटीएस टावर’ सञ्चालनमा आएका छन् । घोराहीको बासपोखरी, तुलसीपुरको तमाखे, शान्तिनगरको चिराघाट र बाघमारे तथा दङ्गीशरणको सिमठानामा ती टावर सञ्चालनमा आएका हुन् । यसअघि ती स्थानमा टेलिकमको टावर नहुँदा सञ्चारमा समस्या हुने गरेको थियो । तर अहिले टावर निर्माण भएपछि सहज भएको छ । साथै केही स्थानमा तत्कालै टेलिकमका टावर सञ्चालनमा ल्याउने तयारी रहेको नेपाल टेलिकम तुलसीपुरका प्रमुख सन्तोष शर्माले बताए । “विद्युत्का कारणले रोकिएका छन्”, उनले भने, “विद्युत्को मिटर जडान हुनेबित्तिकै अन्य ठाउँमा पनि टावर सञ्चालनमा आउनेछन् ।” दाङमा टेलिकमको पाँचवटा ‘बिटीएस टावर’ जडान उनका अनुसार प्रदेश राजधानी भालुवाङ, राजपुरको बेलामा…

Read More