Author: admin

कान्तिपुर हिसान बृहत् शैक्षिक मेलाको तेस्रो दिन विद्यार्थी तथा अभिभावकको उत्साहजनक सहभागिता देखिएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा जारी मेलामा आइतवार करीब ६० हजार भन्दा बढीले अवलोकन गरेका छन् ।

Read More

शिक्षक सेवा आयोग, शिक्षा विकास निर्देशनालय, हेटौंडाले विभिन्न शिक्षकको बढुवा सिफारिस गरेको छ । बढुवा सिफारिस समितिको सचिवालयले कार्यसम्पादन मूल्यांकनका आधारमा शिक्षकहरूको बढुवा सिफारिस गरेको जनाएको छ ।

Read More

बैतडीको दुर्गम शिवनाथ गाउँपालिकाका आधारभूत विद्यालय प्रविधिमैत्री बन्दै गएका छन् । प्रविधिमैत्री विद्यालय बनाउनका लागि गाउँपालिकाले सबै आधारभूत विद्यालयमा इन्टरनेट जडान गर्न थालेको छ ।

Read More

कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा जेठ २८ गते नेपालले घरेलु टोलीविरुद्ध गोल गर्दा दर्शन गुरुङ र सन्तोष तामाङको तालमेल गज्जवको थियो । दुबै सब्स्टिच्युडका रुपमा मैदान छिरेका थिए । त्यै गोलका कारण दर्शन ४० वर्षपछि कुवेतविरुद्ध गोल गर्ने नेपाली खेलाडीका रुपमा चिनिए । वाईबी घलेले सन् १९८२ को एसियाली खेलकुदमा नेपालको पहिलो अन्तर्राष्ट्रिय गोल गरेयता नेपाल कुवेतविरुद्ध गोलविहीन थियो । पहिलो अन्तर्राष्ट्रिय गोल गरेको तीन सातामै दर्शन सुरक्षित भविश्यको खोजीमा विदेशिए, त्रिभुवन आर्मी क्लबका सन्तोष तामाङले पनि फुटबल करिअरलाई विट मारे । उनीहरु दुवै आइतबार साँझ अस्ट्रेलिया प्रस्थान गरेका छन् । इलामका दर्शन एन्फा एकेडेमीका उत्पादन हुन् । यू–१२…

Read More

सन् २०११ देखि सुरु भएको नेपाली क्रिकेटको स्वर्ण युगको स्वर्ण पुस्ताका सदस्य हुन्– ज्ञानेन्द्र मल्ल र शरद भेषावकर । प्राविधिक रुपमा दक्ष ब्याटरका रुपमा परिचित ज्ञानेन्द्र र समर्थकबाट ‘द फिनिसर’ उपमा पाएका शरदले पछिल्लो समयमा राष्ट्रिय टिमबाट आफ्नो कला देखाउन पाएका छैनन् । शरदले फेब्रुअरीयता र ज्ञानेन्द्रले मार्चयता राष्ट्रिय टिमबाट खेल्न पाएका छैनन् । यी दुई सिनियर खेलाडी बिना नै राष्ट्रिय टिमले चारवटा शृंखला खेलिसकेको छ । नेपाली टिम अहिले पूर्णतः युवा खेलाडीमा निर्भर छ । शरद लगातारको चोट र खस्किँदो लयका कारण टिमबाट बाहिरिएका थिए । ज्ञानेन्द्रलाई चोटको समस्या छैन । यी दुवैले औपचारिक रुपमा सन्यासको घोषणा पनि गरेका…

Read More

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले श्रीलंकामा हुने लंका प्रिमियर लिग क्रिकेट खेल्ने भएका छन् ।

Read More

नयाँ खेलकुद ऐन कार्यान्वयनको अन्योलता र कोरोना महामारीका कारण रोकिएका राष्ट्रिय खेल संघहरुको कार्यसमिति निर्वाचन धमाधम हुँदैछन् । ऐन कार्यान्वयनका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)ले पनि ‘लचिलो’ विधि अपनाएको छ । नेपाल बुद्धिचाल संघले दुईपल्ट मिति तोकेर पनि गर्न नसकेको चुनावी साधारणसभा शुक्रबार र शनिबार काठमाडौंमा हुँदैछ । सात वर्षपछि हुन लागेको निर्वाचनले आगामी चार वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ । source : online khabar

Read More