Author: नेपाल राज्य

नेपाल राज्य संवाददाता अर्घाखाँची– कांग्रेस पूर्वसभापति, सन्धिखर्क नगरपालिकाका पूर्वनगर प्रमुख तथा अर्घाखाँची प्रदेशसभा (ख) का उम्मेदवार कमलप्रसाद भुसालले मंसिर ४ गते हुने चुनावमा गठबन्धन उम्मेदवार जिताउन आग्रह गर्दै जितेपछि अर्घाखाँचीको विकासमा जनताले जे चाहेको छ त्यही विकास गर्ने बताए । शितगंगाको विभिन्न चुनावी सभामा भुसालले जितेपछि कहाँ चाहिएको छ, जनतासँग बसेर छलफल गरेर योजना बनाएर काम गर्ने बताए । उनले अब एमालेले विकासका काम केही नगरेको र आफुहरुले गर्ने दावी गरे ।

Read More

अर्जुन खनाल अर्घाखाँची– नेकपा (एमाले) केन्द्रीय सदस्य एवं अर्घाखाँची प्रदेशसभा (क) का उम्मेदवार चेतनारायण आचार्यले छत्रदेव गाउँपालिकामा ११ वटा सडकलाई बजेट पारेर शुरु गरेको र व्यवस्थित सडक बनाउने काम भैरहेको बताए । उनले छत्रगञ्ज–कुँडुले–अर्घातोष लगायतका सडकलाई बजेट पारेर काम गरेको उनले बताए । ‘सन्धिखर्क–ठुलापोखरा–तम्घास सडक पिच हुँदैछ, त्यहाँ मैले पहल गरेर बजेट पारेको हुँ,’ छत्रदेव गाउँपालिका वडा नम्बर ६ ठूलापोखरामा भएको चुनावी सभालाई सम्बोधन गर्दै पूर्वमन्त्री आचार्यले भने, ‘ठूलापोखराको भाग्य र भविष्य कोर्ने ‘सन्धिखर्क–ठुलापोखरा–तम्घास सडकलाई व्यवस्थित गर्दै पिच गर्ने काम धमाधम भएको छ । छत्रदेव सहित ठूलापोखरामा भित्रि सडकलाई पनि बजेट परेर व्यवस्थित गरेको छु ।’ ठूलापोखराको सडक, पूर्वाधार विकास,…

Read More

 प्रेमनारायण अाचार्य अर्घाखाँची- पुर्बउपसभामुख नेपाली कांग्रेसका नेता पुष्पा भुसालले नेपालकै सबैभन्दा ठुलाे शितगंगा नगरपालिकाको विकासका लागि विशेष क्षेत्र बनाउने बताउनु भएको छ । शितगंगा नगरपालिका १२ काे रजिया, खुम्चिकाेट र १० नम्बर वडा सिद्धाराका विभित्र स्थानमामा भएको चुनावी प्रचारप्रसार कार्यक्रमलाई सम्बाेधन गर्दै अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार समेत रहेकी भुसालले भाैगाेलिक अबस्थाले जटिल रहेको शितगंगा नगरलाई विशेष क्षेत्र बनाएर बिकासमा नमुना बनाउने प्रतिबद्धता ब्यक्त गर्नु भएको हाे । राेजगारी र शिक्षाको कारण गाउँमा मानिसहरु बसाइँसराइ गरेको बताउदै अर्घाखाँचीमा सुविधा सम्पन्न कलेज र प्राविधिक विषय पढाइ हुने कलेजहरु खाेल्नु पर्ने बताउनुभयाे । उहाँले अर्घाखाँचीका युवाहरूलाई कृषि, पशुपालन र पर्यटनको माध्यमबाट…

Read More

नेपाल राज्य संवाददाता अर्घाखाँची– कांग्रेस नेता एवं शितगंगा नगरपालिका निवर्तमान प्रमुख सुर्यप्रसाद अधिकारीले एमालेकै कारण शितगंगा विकासमा धेरै पछाडी धकेलिएको बताए । क्षेत्रफलका हिसाबले देशकै ठूलो र धेरै दुर्गम भूगोल भएको नगरपालिकालाई विशेष क्षेत्र बनाउन लाग्दा एमाले सरकारले सहयोग नगरेको उनले बताए । शितगंगा नगरपालिकाको वडा १२ रजियामा भएको गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अधिकारीले कतिपय विकास निर्माणका काममा  आफु नगर प्रमुख भएका बेला काम गर्दा असहयोग गरेको बताए । उनले मंसिर ४ पछि गठबन्धनको सरकार बन्ने र विकासका योजना धेरै भित्रिने दावी गरे ।

Read More

हरि कुँवर, अर्घाखाँची । निर्वाचन नजिकै गर्दा बाँगी लगाएत जिल्लामा नेकपा एमाले प्रवेश गर्नेहरूको लहर चलेको छ । मालारानी गाउँपालिका-५ बाँगी कुटुनिका चौर चुनावी सभा कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि १२ जना नेकपा एमालेमा प्रवेश गरेका छ्न । लाल मणि भुसाल , गुणाखर भुसाल, कमला थापा ,तुल्सी भुसाल, भुपलाल भुसाल , खिमा भुसाल , केशव खड्का ,रेशम विक ,प्रकाश विक , चन्द्र पाण्डे, घनश्याम भुसाल र तुल बहादुर पाण्डे लाई नेकपा एमाले प्रवेश गरेका हुन। अझै बीस जना जति प्रवेश गर्ने तयारी रहेको नेकपा एमाले बाँगीले जनाएको छ । चुनावी सभा लाई सम्बोधन गर्दै नेकपा एमाले सचिव तथा पुर्व मन्त्री…

Read More

 नेपाल राज्य संवाददाता अर्घाखाँची– नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य ठाकुरकुमार विकले विकासका नाममा टोपबहादुर रायमाझीले अनियमितता गरेको आरोप लगाए । उनले तीन पटक लगातार माओवादी पाटीले जिताएर सांसद बनाएका रायमाझी जनता र कार्यकर्तालाई धोका दिएर एमालेमा गएको बताए । ‘सांसद र मन्त्री भएपछि धेरै विकासका काम गर्नुपथ्र्याे, सक्ने ठाउँमा भएर पनि गर्नुभएन,’ शितगंगामा गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै विकले ‘माओवादी पाटीले सिफारिस गरेका योजना दबाव दिएर केही मात्र गर्नुभयो । त्यसैले जति पनि विकास भएका छन्, सबै माओवादीले गरेको हो, टोपबहादुरले होइन ।’ एमालेमा गएपछि रायमाझीको विकासमा केही भूमिका नभएको उनको तर्क छ । गाउँ र जिल्लामा सर्बदलीय बैठक…

Read More

 नेपाल राज्य संवाददाता अर्घाखाँची– निवर्तमान उपसभामुख एवं अर्घाखाँची प्रतिनिधिसभा सदस्य उम्मेदवार पुष्पा भुसालले जिल्लाका सबै सडकलाई व्यवस्थित सडक बनाउने बताएकी छिन् । उनले यसको लागि आफु सहित गठबन्धनको जित जरुरी रहेको बताइन । ‘मेरा पिताले रेखांकन गरेको र २०६४ सालमा अर्थमन्त्री डा. रामशरण महत अर्थमन्त्री हुँदा मैले रातो किताबमा बजेट पारेर शुरु गरेको सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकलाई पुरा गर्छु,’ जिल्लाका विभिन्न चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य भुसालले भनिन, ‘घुम्ती–पाल्पा सडक, सन्धिखर्क–तम्घास, रिडी–बल्कोट–तम्घास, सन्धिखर्क–प्युठान, गच्छे भालुवाङ सडकलाई कालोपत्रे गर्ने र मेरा पिता काँशिनाथ गौतमले बनाएको गोरुसिंगे–सन्धिखर्क सडकलाई दुई लेनको बनाएर व्यवस्थित सडक बनाउँछु ।’ प्रदेश सरकारबाट सञ्चालन भएको रामपुर–कपुरकोट, पोखरा–सुर्खेत सडक,…

Read More

 नेपाल राज्य संवाददाता अर्घाखाँची– नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सचिव एवं पूर्वसांसद डिलाराम आचार्यले राजा ल्यानुपर्ने भन्दै हिडेको राप्रपासँग मिलेर चुनाव लडेपछि लोकतान्त्रिक गणतन्त्रको व्यवस्था माथि खतरा देखिएको बताए । उनले एमाले केपी ओली र राप्रपा नै अपवित्र गठबन्धन गरेको उनले बताए । राप्रपा गणतान्त्रिक व्यवस्था ढालेर राजा ल्याउने पक्षमा वकालत गर्दै हिडेको छ, त्यो सँग एमाले मिल्नु भनेको गणतन्त्रको लागि खतरा भएको आचार्यले टिप्पणी गरे । सन्धिखर्कको लदाम बगैचामा भएको गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै आचार्यले सांसद भंग गर्ने एमाले केपी ओलीलाई गठबन्धनले परास्त गर्ने बताए । गणतन्त्र र शान्ति प्रक्रियामा साझेदार रहेका कांग्रेस, माओवादी, जनमोर्चाको गठबन्धन लोकतान्त्रिक र जनताको…

Read More

हरि कुँवर, अर्घाखाँची । नेकपा एकिकृत समाजवादी निकट कलाकार जमुना सनमले उत्पादन क्षेत्रमा युवाहरूको योगदान महत्त्वपूर्ण रहएको बताएकी छ्न । कलम चिन्ह लिएर समानुपातिक तर्फ उम्मेदवार बनेकि जमुना सनम चर्चित गायिका पनि हुन् । लोकप्रिय रहेकि जमुना युवा संघ नेपालमा आबद्ध रहेकि छ्न । लोक तथा दोहोरी क्षेत्रमा लोकप्रिय गायिका जमुना सनम १६ बर्ष देखि कम्युनिष्ट पार्टीमा आबद्ध रहेर कलाकारिता गर्दै आएको बताउछिन् । चुनाव प्रचारप्रसारको क्रममा मालारानी पुगेर जमुनाले भनिन्” युवायुवतीहरू लाई उत्पादन क्षेत्रमा लगाएर आत्मनिर्भर अर्थतन्त्रको विकास गर्छौ । विदेशमा रहेका युवालाई स्वदेशमै रोजगारी प्रदान गर्ने हाम्रो प्रतिबद्धता छ । ” उनले भनिन् वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्सलाई…

Read More

नेपाल राज्य संवाददाता अर्घाखाँची– निवर्तमान उपसभामुख एवं अर्घाखाँची प्रतिनिधिसभा सदस्य उम्मेदवार पुष्पा भुसालले अर्घाखाँचीलाई नयाँ ढंगले र नयाँ योजनाका साथ विकास गर्ने बताइन । उनले गाउँमै बसौं, बसौं भन्ने बनाउने र असुविधाका कारणले तराई र शहरमा बसाइसराई गर्नुपर्ने बाध्यताबाट मुक्त गर्ने गरी विकास गर्ने प्रतिबद्धता जनाइन । ठुलापोखरामा भएको चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य समेत रहेकी भुसालले गाउँमै व्यवस्थित सडक, एक घर एक खानेपानीका धारा, शहरका नीजि स्कुलमा जस्तै पढाइ गाउँकै सरकारी स्कुलमा पढाई हुने, सर्वसुभल स्वास्थ्य सुविधा, सन्धिखर्क अस्पतालमा ५० शैयाको अस्पताल र विशेषज्ञ चिकित्सकबाट उपचार गर्न आफुले पहल गर्ने बताइन । उनले गाउँमै कृषि उद्यम, उत्पादन,…

Read More