अन्जना खनाल , अर्घाखाँची ।
हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड अर्घाखाँची शाखाको आयोजनामा मिसन मुक्तिनाथमा केन्द्रित अभिकर्ता उत्प्रेरणा तालिम सन्धिखर्कमा सम्पन्न भएकोछ ।
तालिममा कम्पनीका लुम्बिनी प्रदेश प्रमुख बुद्व सुर्यवशी र जुना कुवरको सहजीकरण रहेको थियो ।
सहभागीहरुको बिचमा आफ्नो प्रशिक्षण दिदै प्रदेश प्रमुख “बुद्ध सुर्यवशीले अब हिमालयन लाइफ इन्स्योरेन्स लुम्बिनी प्रदेशमा हिमालयन आक्रमक ब्यवसाय बिस्तारमा अगाडि बढेको जनाएका थिए । उनले नागरिक लाई समृद्ध र सुरक्षित बनाउने अभियानमा उत्साहजनक तरिकाले मार्केटमा लाग्न अनुरोध गर्दै मार्केट्को संभावना र चुनौतीको बारेमा प्रशिक्षण गरेका थिए ।” लुम्बिनी प्रदेशले फागुन महिनामा मुक्तिनाथ मिसन सफल बनाउने योजना लिएको हुदा उक्त अभियानको लागि विशेष रणनीति मुलक तालिम भएको स्रोतले जनाएकोछ ।
तालिममा हिमालयन लाइफ इन्स्योरेन्सका MDRT बिक्रम सुनारको अध्यक्षता, प्रदेश प्रमुख बुद्व सुर्यवसीको प्रमुख आतिथ्यता , उपप्रमुख जुना कुवरको विशिष्ट आतिथ्यता अनि कम्पनीका एजेन्सी म्यानेजरहरुको आतिथ्यता र शाखा प्रमुख दिनेश सुनारको संचालन रहेकोे थियो ।