Author: नेपाल राज्य
जिल्लाका विभिन्न ठाउँहरुमा नापजाँच भैरहेकाले सम्बन्धित जग्गाधनी स्वयं वा निजको प्रतिनिधि आफ्नो कित्तामा पुगी घुमी, घुमाई नापजाँच गराउनुको साथै ७ दिने सूचना प्रकाशनको समयमा विवरणहरु नमिलेमा सम्बन्धित जग्गाका प्रमाणहरु राखी निवेदन दिनुहुन र जमिन दर्ताको समयमा तपशिलका कागजातहरु लिई सम्बन्धित टोलीमा सम्पर्क गर्नुहुन अनुरोध छ । नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि हालसालै तिरेको तिरो रसिद २ प्रति पासपोर्ट साइजको फोटो राजीनामा/अंशवण्डा वा सो सम्बन्धी कागजातहरु जग्गाधनी प्रमाण पुर्जा जली हराएको हकमा नागरिकता, द्धन्द्धबाट क्षति हुनु अघि तिरो तिरेको रसिद साविक नापीको समयमा नापी टोलिले दरपीठ गरीएको रसिद, जग्गा सम्बन्धी अन्य प्रमाण कुनै निकायमा रहेको भए सो निकायबाट प्रमाणित गरेको प्रमाण जले…
हार्दिक अनुरोध आफुले पालिरहेको गाई, भैसी, भेडा, बाख्रा बंगुर, कुखुराहरुमा नियमित खोप लगाई जुनोटिक रोग लाग्नबाट बचाऔं, आफु पनि बचौं पशुपालन व्यवसायलाई व्यवसायीकरण गरी आयआर्जनमा वृद्धि गरौं, आयात प्रतिस्थापन गरी स्वरोजगार बनौं । गाई, भैसी र बाख्रामा कृतिम गर्भाधारण गराई नश्ल सुधारको माभ्यमबाट दुध र मासुको उत्पादन बढाऔं घासखेतीमा आधारित पशुपालन गरी पशुजन्य उत्पादन तथा उत्पादकत्व वृद्धि गरौं नियमित रुपमा उमालेको दुध तथा डिप फ्रिज गरेको मासु सेवन गरी स्वस्थ्य जीवन यापन गरौं अनुरोधक भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अर्घाखाची
गणेश खनाल ,अर्घाखाँची । प्रथम प्रकाश महत स्मृति कप खुल्ला क्रिकेट प्रतियाेगिता साेमवार (आज) सन्धिखर्ककाे टुडिखेलमा सुरू भएकाे छ । खेलकाे लुम्बिनी प्रदेश सभा सदस्य पुर्व मन्त्री तथा नेकपा एमाले केन्द्रीय सदस्य चेतनारायण आर्चायले एक समारोह विच उढ्घाटन गरेका छन् । कार्यक्रममा मन्तव्य राख्दै आर्चायले भाैतिक रूपमा हामी प्रकाश नरहेता पनि हामिले सधै जिवन्त राख्ने गरि काम गर्ने बताए । प्रत्येक वर्ष खेलकाे आयाेजना गरि उहाँलाइ सम्झने गरि खेलकुद महाँसघले स्मृति कप खेल गरिने आर्चायकाे भनाइ रहेकाे छ । नेता आर्चायले खेलले जिल्ला देखि राष्ट्रलाई समेत परिचित गराउने भएकाले दत्तचित्त भएर खेल क्षेत्रमा राख्न युवाहरूलाई आग्रह गरे । गत वर्ष…
शोभाखर पन्थी,अर्घाखाँची। लोकतान्त्रिक आदिवासी जनजाति महासंघ अर्घाखाँचीको बिस्तारित बैठक सन्धिखर्कमा सम्पन्न भएको छ । कार्यक्रममा मन्तव्य राख्दै लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष बालसिंह काउछाले जनजातिका समस्या प्रति राज्य उदासिन भएको बताउनु भयो । उहाँले भूमिपुत्र जनजातिहरुले राज्यलाई अप्ठ्यारो पर्दा सधै काँध थापेको स्मरण गराउँदै उपेक्षा नगर्न सरकारको ध्यानाकर्षण समेत गराउनु भयो । नेकपा एमाले गुल्मिका अध्यक्ष समेत रहनु भएका नेता काउछाले संगठित र एकताबद्ध भएर काममा जुट्न कार्यकर्तालाई आग्रह गर्नु भयो । नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालले मुलुकको राजनीतिक र सामाजिक परिवर्तनमा जनजातिहरुले अभूतपूर्व भूमिका खेलेको बताउनु भयो । उहाँले मुलुकमा राजनीतिक परिवर्तन भएपनि आर्थिक ,सामाजिक…
काठमाडौं । नेकपा एमालेकी सांसद एवम् अनेम संघ केन्द्रिय समितिका स्थायी सदस्य बिजुला रायमाझीले सरकारले जनताको आवाज लाई अवहेलना गरेको आरोप लगाउदै गठबन्धन सरकार असफल भएको बताएकि छिन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद रायमाझीले हामी जनताका प्रतिनिधिले जनताका समस्या समाधान गर्न सरकार समक्ष अनुरोध गर्दै आवाज उठाउछौ तर सरकारले देख्न नक्सने सुन्न नसक्ने भएको आरोप लगाएकी छन् । जनताको पक्षमा सदनमा दिनरात बोल्दा चासो नदिएको बताइन् । सरकारले नागरिक स्वतन्त्रता माथि लगाम लगाउन खोजेको बताइन् । देश र जनताको हित विरुद्धका क्रियाकलाप अब एमालेले हरेर बस्न नसक्ने बताइन् ।
बुटवल । संविधानबिद काशीराज दाहालले संविधानको मर्म अनुसार नेतृत्व नजादाँ मुलकमा समस्या भएको बताएका छन् । संविधानको मर्म अनुसार जानुभन्दा दलहरुले सत्ता केन्द्रीत गरेर जादाँ जनतामा निरासा छाएको बताएका छन् । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै संविधानबिद दाहालले विभिन्न विकसित मुलुकको विकास हुनुको मुख्य कारण संविधानलाई सबैले स्वीकार गर्नु रहेको बताउँदै नेपालमा प्राक्टिस कम हुँदा संविधान पूर्ण हुन नसकेको उल्लेख गरे। उनले संविधानलाई दिगो बनाउनको लागि राजनीतिक शक्तिहरूले यसप्रति अपनत्व राखेर कार्यान्वयनको विकल्प नरहेको बताए। सविधानले के परिकल्पना गरेको हो भने सघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको माध्यमबाट मुलुकमा सुशासन स्थापना गर्न राज्य शक्तिलाई…
अर्घाखाँची– सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठ सहितको परिवारले वुवा नन्दलाल श्रेष्ठको चौरासी पुजा र स्वर्गीय आमा उमाकुमारी श्रेष्ठको सम्झनामा स्कुलमा अक्षयकोषको स्थापना गरेका छन् । चुत्रावेशीमा रहेको भगवती मावि शंखेटारीमा नन्दलालका जेठा छोरा व्यवसायी ठाकुरप्रसाद श्रेष्ठ, माइला सन्धिखर्क नगरप्रमुख तथा उद्योग वाणिज्य संघका पूर्वकेन्द्रीय सदस्य कृष्णप्रसाद, कान्छा काजी श्रेष्ठ र छोरी तारा र माया सहित श्रेष्ठ परिवारले स्कुलमा ११ लाख १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । शुक्रवार चुत्रावेशीमा रहेको सिद्धेश्वर शिवालय मन्दिरमा २ लाख २ हजार २ सय २२ रुपैयाँ प्रदान गरेका छन् । स्कुलमा अक्षयकोष स्थापना घोषणा गर्दै नगरप्रमुख कृष्णप्रसादले वुवा नन्दलाले कुर गाउँमा रहेको भगवती…
काठमाडौ । ललितपुरको थापाथली स्थित प्रसूति गृहबाट एक जना शिशु चोरी भएको खबर सार्वजनिक भएको छ । काभ्रेको चौरीदेउराली गाउँपालिका ३ माझीफेदा निवासी सविना श्रेष्ठको २६ दिनको बच्चा अस्पतालबाटै चोरी भएको बताइएको छ । श्रेष्ठले शिशु चोरी भएको भन्दै जिल्ला प्रहरी परिसर, काठमाडौंमा खबर गरेकी थिइन् । स्रोतको अनुसार ती महिलाले शिशुलाई लिएर अस्पतालको २ नम्बर गेटबाट निस्की बा २ ज १५७२ नं को ट्याक्सी चढेर फरार भएको बताइन्छ । अहिले प्रहरीले सीसी टीभीको फुटेज हेरेर अनुसन्धान थालेको छ । प्रहरीको अनुसार एक जना ट्याक्सी ड्राइभरलाई समेत नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीको अनुसार…
हरि कुँवर , अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शनिबार कपिलवस्तुमा जाने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शनिबार कपिलवस्तुको बाणगंगा नगरपालिका स्थित बुद्ध रंगशालामा खुला सभालाई सम्बोधन गर्ने भएका हुन । पार्टीको जिल्ला कमिटिले आयोजना गरेको कार्यक्रमको लागि स्टेज, साउण्ड सिस्टम लायतको राम्रो प्रबन्ध गरिएको जिल्ला सभापति शिव सुवेदीले बताए । रविको साथमा पार्टी उपसभापति डिपी अर्याल, केन्द्रिय सदस्य अर्जुन अधिकारी लगायतका नेता सहभागि हुनेछन् । कार्यक्रममा लाखौंको उपस्थिति हुने आयोजकले जनाएको छ ।
काठमाडौं । अभिनेत्री रेखा थापाले छोरी जन्माएकि छिन् । जन्मिनासाथ फोटो पोस्ट गर्दै उनले छोरीको नाम समेत सार्वजनिक गरेकी हुन । उनले फेसबुकमा लेखेकी छिन् । ‘‘हेर आकाशमा कालो बादल वरिपरि चाँदिको घेरा छ, हेर धर्तीमा तिमी जन्मनको महान् कारण छ । वैभबी राज्यलक्ष्मी शाही ठकुरी ।’ उनको पछिल्लो समय ‘उपहार’ फिल्म फागुन २५ गतेबाट रिलिज हुँदैछ ।
