Author: नेपाल राज्य

काठमाडौं । अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको अध्यक्षमा धनचौरका पौडेल निर्वाचित भएका छन् । आइतबार सम्पन्न मञ्चको छैटौँ अधिवेशनबाट अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका वडा नम्बर १० धनचौरका रुद्र पौडेल निर्वाचित भएका हुन् । जसको बरिष्ठ उपाध्यक्षमा बाबुराम पोख्रेल, उपाध्यक्षमा जितेन्द्र केसी, मनोज पौडेल, नन्दराम पौडेल, महासचिवमा आबिस्कार घिमिरे, सचिवमा मिलन केसी, चेतनारायण भण्डारी, कोषाध्यक्षमा मौसम सोमारी मगर सहकोषाध्यक्षमा कृष्ण भूसाल निर्वाचित भएका थिए ।

Read More

हरि कुँवर, अर्घाखाँची । उदीयमान जनजागृति क्लब बाँगीले पीडित थापाको उपचारको लागि आर्थिक सहयोग हस्तान्तरण गरेको छ । सोमबार क्लबका पदाधिकारी, सदस्य तथा सल्लाहकार सदस्यहरूकाे उपस्थितिमा पीडित शम्भु कुमार थापा उपचार गराइरहेको लुम्बिनी प्रादेशिक अस्पतालमा पुगेर ३८ हजार ३ सय ९५ हस्तान्तरण गरेका हुन । थापाको जीवनयापनका लागी ठूलो आर्थिक सहयोगको खाँचो छ। अर्घाखाँची बासी लाई फजुल खर्च कटाएर सानो सहयोग गर्न क्लबका अध्यक्ष अशोक चौहानले आग्रह गरेका हुन । सहयोग संकलन अभियान अझै केही दिन निरन्तर रहने र समाजसेवाको भावना राख्ने सामाजिक व्यक्तिहरु सँग क्लबले आर्थिक सहयोगको अपिल गरेको छ । सहयोगी महानुभावहरु:- १)नारायण चौहान (कोरिया) रु.५१५१ २)होटल मालारानी…

Read More

हरि कुँवर , अर्घाखाँची । हीरक महोत्सवको सन्दर्भमा काठमाडौं बृहत अन्तक्रिया कार्यक्रम हुने भएको छ । शान्ति माध्यमिक विद्यालय मालारानी गाउँपालिका-५ बाँगीको हीरक मोहत्सव-२०८१ को सन्दर्भमा फागुन २६ गते महेन्द्र रत्न क्याम्पस ताहचल काठमाण्डौमा बृहत अन्तक्रिया कार्यक्रम हुने भएको हो । विद्यालयको बैशाख ३ गते आयोजना हुने हीरक महोत्सवको सन्दर्भमा मालारानी-५ बाँगी साबिक अर्घा-३मा जन्म भइ हाल काठमाडौमा पेशा,ब्यवसाय,जागीर,अध्ययन एवं बसोवास गर्ने ब्यक्तित्वहरुको बिचमा बृहत अन्तक्रिया कार्यक्रम आयोजना गर्न लागिएको शान्ति माध्यमिक विद्यालयका प्रधान प्राध्यापक मान ब. पाण्डेले बताए । यस अघि फागुन १९ गते बुटवल स्थित नविन औद्योगिक कदर बहादुर रीता मा.वि. देविनगरको सभाहलमा विद्यालयको हीरक महोत्सव सम्वन्धि अन्तर्क्रिया…

Read More

हरि कुँवर , अर्घाखाँची । पीडित थापाको उपचारमा उदीयमान जनजागृति क्लब बाँगी आर्थिक सहयोग संकलन गर्न जुटेको छ । अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका -५ बाँगी आस्लामारी थापाटाेलामा स्थायी बसोबास गर्दै आएका ४३ वर्षीया शम्भु कुमार थापाको पेट रोगको उपचार गर्नको लागि निकै ठुलो रकम लाग्ने भएपछि परिवारले आर्थिक सहयोगका लागि याचना गरेको थियो। परिवारको आर्थिक अवस्था निकै कम्जोर हुँदा उपचारमा थप समस्या देखिएको हो ।थापा अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत छन् । उदीयमान जनजागृति क्लबका अध्यक्ष अशोक चौहानले धेरै खर्च लाग्ने र चाडै निको नहुने जटिल रोग लागेमा एक अर्को लाई सहयोग गर्नु पर्ने मानव धर्म भएको बताउँदै क्लबले जिल्लामा…

Read More

नेपाल राज्य संवाददाता देउखुरी (दाङ)– प्रधानमन्त्री पुष्पकमल दाहालले तीन तहको संघीय प्रणालीमा प्रदेश संरचना संघ र स्थानीय तहलाई जोड्ने महत्वपूर्ण सेतु भएको बताए । उनले संघीयता कार्यान्यवन, विकास र समृद्धि एवं सेवा प्रवाहका दृष्टिले उत्कृष्ट काम गरेर व्यवस्था विरोधीहरुका षडयन्त्रलाई निस्तेज पार्नुपर्ने बताए । ‘प्रदेशलाई आर्थिक अधिकार दिनै नचाहने, कथमकदाचित दिइहाले सशर्त अनुदानका नामबाट केन्द्रकै योजना तोकेर पठाउने प्रचलन विगतमा विद्यामान थियो,’ शनिवार लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्दै दाहालले भने, ‘अब नीति, कार्यक्रम बजेटमा परिवर्तन हुन्छ । नयाँ ढाँचामा र नयाँ कार्यतालिका अनुसार हुन्छ, ३ करोड भन्दा साना योजनाहरु सिधै प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गरिन्छ ।’ उनले अन्तरप्रदेश…

Read More

हरि कुँवर, अर्घाखाँची । पेट रोगको उपचार गर्नको लागि परिवारले आर्थिक सहयोगका लागि अपिल गरेको छ। अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका -५ बाँगी आस्लामारी थापाटाेलामा स्थायी बसोबास गर्दै आएका ४३ वर्षीया शम्भु कुमार थापाको जीवनरक्षाका लागि निकै ठुलो रकम लाग्ने भएपछि परिवारले आर्थिक सहयोगका लागि याचना गरेको हो। परिवारको आर्थिक अवस्था निकै कम्जोर हुँदा उपचारमा थप समस्या देखिएको हो । थप जानकारीको लागी शम्भु कुमार थापा फोन नं – ९८६७१४४३२६ अशाेक चाैहान – ९८५७०६६२८७

Read More

दाङ । बजेट अधिवेशनपछि बसेको लुम्बिनी प्रदेशसभाको तेस्रो अघिवेशनको पहिलो बैठक पाँच मिनेट बसेर सकिएको छ । संसदीय दलका तर्फबाट तेस्रो अधिवेशनको शुभकामना दिने विषय कार्यसूचीमा नपरेपछि प्रदेश सभाको बैठक पाँच मिनेटमै सकिएको हो । कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसदीय दलका तर्फबाट बोल्ने कार्यक्रम पछि राख्ने सहमति भएपछि पहिलो बैठकको समय छोट्टिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । दोस्रो बैठक शनिबार दिउँसो २ बजे बस्नेगरी पहिलो बैठक सम्पन्न भएको जानकारी सभामुख तुलाराम घर्तीमगरले दिए । शनिबार बस्ने दोस्रो बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने तयारी छ । पहिलो बैठकमा सभामुख घर्तीमगरले प्रदेश प्रमुखले अधिवेशन आह्वानसम्बन्धी पठाएको पत्र,…

Read More

शोभाखर पन्थी, अर्घाखाँची । नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालले किसान समस्या प्रति राज्य उदासिन भएको बताउनु भएको छ। नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ अन्तरगत १७ वटा घटक संगठनको दोसो संयुक्त जिल्ला अधिवेशनलाई सन्धिखर्कमा सम्बोधन गर्दै उहाँले वर्तमान सरकार किसानमारा सरकार भएको आरोप लगाउनु भयो । उहाँले सरकारको अकर्मण्यताका कारण अहिले किसानहरुले ठुलो सास्ति व्यहोर्नु परेको भन्दै किसानले दुध र तरकारी बाटोमा ल्याएर पोख्दा पनि सरकार बेखबर भएको गुनासो गर्नु भयो । अध्यक्ष भुसालले खेति लगाउने बेलामा बिउमल नपाउने,रोग किरा लाग्दा विषादी नपाउने ,बिक्रि गर्ने समयमा बजार नपाउने समस्याले किसानहरु हैरान भएको भन्दै बिशेष निति ल्याएर समग्र कृषि…

Read More

काठमाडौं । साउदी स्थित एनआरएनए अभियन्ता तथा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रीय समन्वय परिषद मध्यपूर्व संयोजक राजेन्द्र अर्याल नेपाल सरकारको पर्यटन प्रवर्द्धक (दूत) नियुक्त भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्याल लाई साउदी लागि प्रवर्द्धक नियुक्त गरेको हो। पछिल्लो समय साउदी अरबमा समाजसेवाका क्षेत्रमा अर्यालको नाम पहिलो स्थानमा रहेको अर्यालका शुभचिन्तकहरुले बताएका छन् । नेपाल सरकार संस्कृ‌ति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको थियो ।

Read More

बिक्रम नेपाली, अर्घाखाँची । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सन्धिखर्ककाे दोस्रो नगर अधिवेशन सम्पन भएकाे छ । अधिवेशनले अभय रायमाझी को अध्यक्ष मा २९ सदस्य कमिटी निर्वाचित गरेकाे छ । जसमा उपाध्यक्ष ममता जि सि ,शिव परियार सचीव सरोज नेपाली सह-सचीव स्नेहा परियार ,रोसन नेपाली ,पुजा नेपाली, कोषाध्यक्ष सुशील भरति सहित २९ सदस्य नगर कमिटी निर्वाचित भएकाे छ। नगर कमिटीका अध्यक्ष बिक्रम नेपाली को अध्यक्षता, अनेरास्ववियु स्थायी कमिटी सदस्य प्रदिप नेपालीकाे प्रमुख अतिथ्यता, लुम्बिनी प्रदेश उपाध्यक्ष नारायण प्रसाद भुसाल, नेकपा (एमाले) सन्धिखर्क नगर कमिटी अध्यक्ष श्रीकृष्ण भुसालकाे विशिष्ट अतिथ्यता, नेकपा एमाले सन्धिखर्क नगर कमिटी अध्यक्ष श्रीकृष्ण भुसाल विशिष्ट अतिथ्यता,…

Read More