हरि कुँवर, अर्घाखाँची ।
बाँगीका मृगौला पीडित कमल बस्नेत लाई उपचारमा सहयोग गर्न नवदिप युवा क्लबले साथ दिएको छ ।
अर्घाखाँची जिल्ला मालारानी – ५ बाँगी भन्डार (कोखा) निवासी ३२ वर्षीय कमल बस्नेतको दुबै मृगौला फेल भएको हुँदा उपचारको लागि आर्थिक सहयोग अपिल गरिए सगै क्लबले २ लाख भन्दा बढी आर्थिक सहयोग संकलन गरि साथ दिएको हो ।
कमलको परिवारले सहयोगको अपिल गरे पछि नवदिप युवा क्लब बाँगीले १० हजार सहयोग गरि अभियान चलाएको थियो । अभियान बाट शुक्रबार साझ सम्म २ लाख १३ हजार आर्थिक संकलन भएको अझै सहयोग दाताहरु थपिएको नवदिप युवा क्लब बाँगीका अध्यक्ष सुर्य कुँवरले जानकारी दिए ।
अध्यक्ष कुँवरले सहयोग दाताहरु लाई धन्यवाद दिदै एक दुई दिनमै सहयोग रकम कमल लाई हस्तान्तरण गर्ने बताए ।
कमल बस्नेत -९८४७१८२६९३
Kumari Bank Limited
A/c- 069010986900001
नपदिप युवा क्लब बाँगी द्वारा मृगौला पीडित कमल बस्नेत उपचारको लागि हालसम्म संकलित रकम आइतबार सार्वजनिक गरेको छ ।