हिम लेकाली , अर्घाखाँची ।
निबृत राष्ट्र सेवक समाज अर्घाखाँची काे आयाेजनामा सन्धिखर्ककाे शान्ति बगैचामा “मुक्ति पथका तीन पाईला “नामक कविता संग्रह विमाेचन भएकाे छ ।
समाजसेवी रामचन्द्र पाख्रेलकाे अध्यक्षता मा सन्धिखर्क नगरपालिका १ निवासि कवि बिष्णु प्रसाद भुसाल द्वारा लिखित पुस्तककाे बिमाेचन कार्यक्रमका प्रमुख अतिथि निबृत राष्ट्र सेवक समाज केन्द्रीय महासचिब बिष्णु प्रसाद बस्यालले गर्नु भएको थियाे । पुस्तककाे समीक्षा शैक्षिक ब्यक्तित्व धुर्ब के.सि . ले गर्नु भएको थियाे ।
पुस्तकमा जन्मभूमि प्रतिकाे प्रेम ,पितृ भक्ती तथा प्रकृति प्रेमका कविता ,आध्यात्मिक मार्गमा मुक्ति र माेक्षका कविता रहेका छन् । सबै कविताहरू छन्दमा लेखिएकाले रसिला र शान्त रसका छन् । यी सबै कविता ले नयाँ पुस्तालाई जागरण पैदा गराएका छन् भने समाज परिवर्तन र सुधार का लागि नयाँ सन्देशदिएका छन् । कविता संग्रहमा कतिपय कविताहरू राजनिती मा देखियकाे बिकृति लाई ब्यङ्ग गर्दै बाेलेका छन् । पुस्तकमा ६२ कविताहरू संग्रहित छन् ।कार्यक्रममा समाजसेवी संस्कृति प्रेमी जित बहादुर खड्का , लक्ष्मी नारायण आचार्य , दधिराम बस्याल डिल्ली राज भुसाल ,मुकुन्दराज आचार्य ,प्रेम नारायण खनाल , काे बिशिस्ट आतिथ्यता रहेका थियाे । कार्यक्रममा संस्कृति प्रेमी जनार्दन खनाल , शिक्षा समन्वय प्रमुख मनिराम पराजुली साहित्यकार माेति खनाल , हिम लेकाली,बुद्धि राम गैर , माधव राज चुँदाली , कमल पाेख्रेल , लगायतले शुभकामना मन्तब्य सहित रचना बाचन गर्नु भएको थियाे ।
संस्थाका सचिव कमल प्रसाद घिमिरे काे स्वागतमा सम्पन्न कार्यक्रमकाे सन्चालन शैक्षिक ब्यक्तित्व गंगाराम भुसालले गर्नु भएको थियाे । २३ बर्ष भूमिकास्थान नगरपालिकाकाे जनप्रिय मा.वि. असुरकाेटमा मा शिक्षण पेशामा संलग्न भई प्रधानाध्यापककाे भूमिका निर्बाह गर्नु भएका
लेखक अहिले निबृत राष्ट्र सेवक समाज नेपाल अर्घाखाँचीकाे अध्यक्ष हुनुहुन्छ ।