शोभाखर पन्थी, अर्घाखाँची।
नेकपा एमालेले आज एकसाथ अर्घाखाँचीका सबै पालिकामा बैठक सम्पन्न गरेको छ ।
एमाले जिल्ला कमिटीको बैठकले बनाएको कार्ययोजना अनुसार आज एकै पटकसन्धिखर्क,भुमिकास्थान,शीगगंगा,मालारानी,पाणिनि,छत्रदेव र सन्धिखर्क विशेष ईलाकाको बैठक सम्पन्न गरेको हो । बैठकले आगामी एक महिनाको निम्ति पार्टीको योजना निर्माण गरेको छ ।
जस अनुसार चैत-५ गते जिल्लाका सबै ६१ वडा र ४ वटा विशेष शाखा गरी ६५ ठाउँमा पार्टी सदस्यको भेला गर्ने , भेलामा उपस्थित सबै सदस्य परिक्षामा सहभागी हुने । सोहीदिन पार्टी सदस्यता नविकरण गर्ने र पार्टीको केन्द्रीय कार्यालय निर्माणको लागि प्रत्येक सदस्य बाट कम्तिमा एकसय रुपैयाँ संकलन गर्ने निर्णय गरेको छ ।
साथै वैठकले पालिका स्तरमा दुईदिने प्रशिक्षण संचालन गर्ने । नयाँ सदस्यको निम्ति आवेदन फाराम भराउने निर्णय गरेको छ ।
यस्तै बैठकले पार्टी बाट निर्वाचित स्थानीय जनप्रतिनिधिको कामलाई थप प्रभावकारी र जनमुखी बनाउन जनप्रतिनिधि सँग अन्तरक्रिया गर्ने लगायतका निर्णय गरेको जनाइएको छ ।
यसैबीच नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालले पुरानो गठबन्धन ढले सँगै प्रतिगामी कित्तामा हलचल मच्चिएको बताउनु भएको छ । उहाँले नेपाली जनताको बलिदान,कठोर संघर्ष र ठूलो त्याग बाट प्राप्त उपलब्धि खोसेर नेपाली जनतालाई पुन: रैती बनाउने षडयन्त्र भएको भन्दै त्यसका बिरुद्ध सबै अग्रगामी र परिवर्तनशील शक्ति एकजुट भई अगाडि वड्नुपर्नेमा जोड दिनुभयो । नेकपा एमाले एकताबद्ध भएर अगाडि बढेमा मुलुकको कुनै पनि तागतले जित्न नसक्ने दाबी गर्दै उहाँले झिना मसिना कुरामा नअल्झिएर एकमना एकताका साथ पार्टी निर्माणमा जुट्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।
भुसालले पार्टीको तर्फ बाट जनप्रतिनिधि वा संघसंस्था जुनसुकै ठाउँमा प्रतिनिधित्व गर्ने व्यक्ति भएपनि उदाहरणीय र अब्बल काम गरी श्रेष्ठता हासिल गर्न आग्रह गर्नु भयो ।
नेकपा एमाले सन्धिखर्क नगर कमिटीका अध्यक्ष श्रीकृष्ण भुसालको अध्यक्षता , सचिव कुशल भुसालको संचालन र उपसचिव लक्ष्मण पराजुलीको स्वागत मन्तव्य रहेको कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य द्वय केवी भुसाल,भोज बहादुर गन्दर्व,क्षेत्रीय समन्वय कमिटीका संयोजक रामबहादुर रायमाझी,रामचन्द्र पोख्रेल, नगर कमिटीका ईन्चार्ज युवराज श्रेष्ठ , सह-ईन्चार्ज मोतिजङ्ग रायमाझी, एमाले नेता सरोज भुसाल लगायतको उपस्थित रहेको थियो ।