Author: नेपाल राज्य

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी माल्दिभ्स पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा बर्दिया बढैयाताल गाउँपालिका-१ घर भई काठमाडौं टोखा नगरपालिका-३ बस्ने ४३ वर्षीय नरेन्द्र कुमार वलीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । वलीले माल्दिभ्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं टोखा नगरपालिका-३ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको जनाएको छ ।

Read More

अर्घाखाँची । नेकपा एमाले मालारानी गाउँपालिका अर्घाखाँचीकाे दाेस्राे अधिवेशन असाेज १२ गते हुने भएको छ। पालिका भित्रका ९ वटा वडा र क्रियाशील जनसंगठनहरूबाट असाेज ५ गते एकैदिन २०९ जना प्रतिनिधि छनाैट समेत सम्पन्न गरेको छ । अधिवेशनलाई भब्य रूपमा सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरू गठन गरेकाे हो । कमिटीका का.वा. अध्यक्ष बिष्णु प्रसाद मिश्रकाे संयाेजकत्वमा ३११ सदस्यीय मुल ब्यवस्थापन समिति, का.वा. अध्यक्ष बिष्णु प्रसाद मिश्रकै संयाेजकत्वमा राजनीतिक, सांगठनिक एवम् आर्थिक प्रतिवेदन तयारी उपसमिति, कार्यालय सचिव देबिराम पाेख्रेलकाे संयाेजकत्वमा प्रतिनिधि ब्यवस्थापन उपसमिति र प्रचारप्रसार उपसमिति, तारा प्रसाद भुसालको संयाेजकत्वमा स्वयंसेवक परिचालन उपसमिति, केेहव पुनकाे संयाेजकत्वमा मंच तथा साउण्ड ब्यवस्थापन समिति, मधु…

Read More

शोभाखर पन्थी, अर्घाखाँची । नेकपा एमाले सन्धिखर्कको दोस्रो नगर अधिवेशन कार्तिक ३ गते हुने भएको छ । एमाले सन्धिखर्कको बैठकले नगर अधिवेशनको मिति तय गरेको हो । बैठकले अधिवेशन सम्पन्न गर्नको निम्ति नगर कमिटीका अध्यक्ष कुशल भुसालको अध्यक्षतामा १ सय ५५ सदस्यीय मूल आयोजक कमिटी निर्माण गरेको छ । साथै अधिवेशन सानदार रुपमा सम्पन्न गर्नको लागि विभिन्न ६ वटा उप-समिति समेत बनाईएको छ । बैठकले असौज १२ गते नगरका १२ वटै वडा कमिटी तथा जनसंगठनका बैठक बसी प्रतिनिधि चयनको लागि योजना बनाउने निर्णय गरेको छ । अधिवेशनको निम्ति असौज १९ गते सबै वडा बाट एकसाथ प्रतिनिधि चयन गर्ने एमालेको तयारी…

Read More

हरि कुँवर, अर्घाखाँची । साथी बचत तथा ऋण सहकारी संस्था लि.को १२औं वार्षिक साधारणसभा उद्घाटन गर्दै सन्धिखर्कका मेयर कृष्ण प्रसाद श्रेष्ठले साथी सहकारीमा ढुक्क भएर कारोबार गर्न आग्रह गरेका छन् । सहकारीकै माध्यम बाट नागरिकको आर्थिक उन्नतति विकासमा महत्वपुर्ण योगदान गर्ने हुदा सहकारी अवस्था हेरेर कसरी स्थानिय जनता लाई समृद्ध बनाउन सकिन्छ भन्ने विषय महत्त्वपूर्ण भएकोले सन्धिखर्क भित्र हरेका सहकारी अनुगमन तथा आवश्यक अनुसार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । ठुला सहकारीले जनता लाई ठगी गरी फरार भएको अवस्थामा साथी बचत तथा ऋण सहकारी जिल्लाको विस्वासीलो संस्था भएकाले ढुक्कले कारोबार गर्न आग्रह गरेका हुन् । दैनिक उपभोग गर्ने वस्तु सस्तो…

Read More

हरि कुँवर, अर्घाखाँची । प्रेस काउन्सिलद्वारा पत्रकार रुद्रमणि भुसाल सम्मानित हुने भएका छन् । प्रेस काउन्सिल नेपालले आफ्नो ५५औं वार्षिकोत्सवका अवसरमा अर्घाखाँचीका पत्रकार एवम् नेपाल पत्रकार महासंघ अर्घाखाँचीका काेषाध्यक्ष रुद्रमणि भुसाल लाई प्रेस काउन्सिल युवा पत्रकारीता पुरस्कार बाट पुरस्कृत हुने भएका हुन् । आइतबार प्रेस काउन्सिल को बार्षिक उत्सब समारोहमा राष्टपति रामचन्द्र पौडेल बाट भुसाल सहितका पत्रकारहरु सम्मानित हुने भएका हुन । यसैगरी यस वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार अन्नपूर्ण पोष्ट दैनिकका प्रधानसम्पादक अखण्ड भण्डारी र नेपाल प्रेस इन्स्टिच्युटलाई संयुक्त रूपमा प्रदान गर्ने घोषणा गरिएको छ । यस पुरस्कारको राशि एक लाख ५१ हजार रुपैयाँ रहेको बताइएको छ ।

Read More

हिम लेकाली ,सन्धिखर्क । नेपाल टेलिकम केन्द्रीय कार्यालयले अर्घाखाँची अस्पताललाई १० थान  “बेड कम चेयर्स “हस्तान्तरण गरेकाे छ । नेपाल टेलिकम केन्द्रीय कार्यालयले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ काे उपलक्ष्यमा कम्पनीकाे संस्थागत सामाजिक उत्तर दाईत्व (csr )कार्यक्रम अन्तरगत यी सामग्री प्रदान गरिएकाे हाे । नेपाल टेलिकम दूर सन्चार कार्यालय पाल्पा प्रमुख ईन्जिनियर राकेस पाण्डेले   अस्पताल  प्रमुख जगन्नाथ तिवारिलाई यी सामाग्रीहरू हस्तान्तरण गर्नु भएकाे छ । अस्पतालमा उपचारकाे लागि आउने बिरामीका कुरूवाका लागि लक्षीत  गरेर यी सामाग्री हस्तान्तरण गरिएकाे हाे । याे साधन  दिनमा फाेल्ड गरेर कुर्सी आकारकाे बस्न सकिने र  रातमा तानेर बेड बनायर सुत्न  सकिन्छ । यसरी टेलिकमले प्रत्येक …

Read More

हरि कुँवर, अर्घाखाँची । प्रेस चौतारी अध्यक्ष गणेश बस्नेत लाई पक्राउ गर्न खोजेको प्रति प्रेस चौतारी अर्घाखाँचीको ध्यानाकर्षण भएको छ । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई समाचारको विषयलाई लिएर नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउको प्रयास गरेको घटनाप्रति प्रेस चौतारी अर्घाखाँचीको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । प्रेस चौतारी नेपाल अर्घाखाँचीका अध्यक्ष बसन्त श्रेष्ठ र सचीव माधव बेल्वासेले बिहीबार प्रेस विज्ञप्ति जारी गरि समाचारमा चित्त नबुझे प्रेस काउन्सिल नेपालमा उजुरी दिने कानूनी व्यवस्था रहदा रहदै पनि समाचार लेखेकै कारण अपराधी जसरी सुनियोजित रुपमा पकाउ गर्न खोजिनु आफैमा आश्चर्यजनक विषय भएको विज्ञप्तिमा उल्लेख गरेको छ । बिहिवार दिउँसो करिब ४ बजे…

Read More

काठमाडौँ । नेपाली महिलाको विशेष पर्व तीज माइतीघरको नियास्रो तुष्टि, व्रत साधना, स्वादिलो खानपान, नाचगान, पञ्चमी स्नान र परिशुद्धताको समष्टिगत उत्सव हो । महिलाले आफ्ना खुसी र बेदना गीतमार्फत अभिव्यक्त गर्न किञ्चित नहिचकिचाउने अवसर भएकाले तीजको मुख्य विशेषता नाचगान नै हो, जसको आफ्नै मौलिक भाका र स्वाद छ । अचेल गीत/सङ्गीत रेकर्डिङ सहज र जो पनि कलाकार बन्न सक्ने सुविधाले हुनसक्छ, तीज आउनु एक महिनाअघिदेखि नै तीज गीत भन्दै बजारमा अनेक भाव भङ्गीमाका भिडियोहरू सार्वजनिक हुने गरेका छन् । ती गीतहरू कतिपय शालिन र मर्मस्पर्शी पनि हुने गरेका छन्, कतिपय छाडा । विडम्बना, तीजको मौलिक भाका, भाव र मर्मको उपहास…

Read More

पोखरा – पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महानगरमा खानेपानी र सरसफाईका समस्या समाधानका लागि जनताको सक्रिय सहभागिता अनिवार्य रहेको बताएका छन्। फ्रेस वाटर एक्सन नेटवर्क (फान्सा)को सहकार्यमा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल (फेडवासन) द्वारा आयोजित नीति बहस कार्यक्रममा उनले पोखराका विभिन्न वडामा पानीको आपूर्तिमा असमानता, गुणस्तर र फोहोर व्यवस्थापनका समस्या रहेको उल्लेख गरे । उनले भने, ‘यी समस्याको समाधानका लागि जनताले पनि आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बेला आएको छ । जनताको सहभागिता आवश्यक छ ।’ उनले महानगरले खानेपानी समस्या समाधानमा दीर्घकालीन कार्य योजना बनाउन आवश्यक रहेको बताए । ‘शुद्ध पानी पिउन पाउने सबैको अधिकार हो र यसलाई सुनिश्चित गर्न…

Read More

अर्घाखाँची । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी, अर्घाखाँचीकाे सम्पन्न प्रथम पूर्ण बैठकले लिला बराललाई पुन: कार्यालय सचिवकाे जिम्मेवारी प्रदान गरेको छ । नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) एकिकरण पश्चात् बनेकाे नेपाल कम्युनिष्ट पार्टीकाे अबधि देखि कार्यालय सचिवकाे जिम्मेवारी प्राप्त गरेका बरालकाे उक्त जिम्मेवारी बहन गर्ने याे तेस्राे कार्यकाल हाे । मालारानी -४ खनका स्थायी बासिन्दा ३८ वर्षका बराल सानैदेखि मिलनसार एवम् गम्भीर स्वभावका छन् । विद्यार्थी जीवन् देखि राजनीतिमा सक्रिय कार्यालय संचालन, ब्यवस्थापन एवम् सूचना प्रविधिमा समेत दख्खल राख्ने उनले बिगत ५ वर्षदेखि कुशलतापूर्वक याे भुमिका निर्वाह गर्दै आएका छन्। आफ्नाे जिम्मेवारीकाे हरेक कामलाई गम्भीरताका साथ लिने, दिनरात…

Read More