Author: नेपाल राज्य
अनिल नेपाली , अर्घाखाँची । सन्धिखर्क नगरपालिका स्वास्थ्य शाखाको आयोजना अर्घाखाँची अस्पतालको प्राविधिक सहयोगमा सन्धिखर्क नगरपालिका वडा नं ७ खाँचीकोट स्वास्थ्य चौकीको व्यवस्थापनमा प्रजनन् स्वास्थ्य रुग्णताको स्क्रनिङ्ग शिविर फरज्याङ्गखोला स्थित गाउँघर क्लिनिकमा सम्पन्न भएको छ। जस्मा ७५ जनाले सेवा लिएका छन्। शिविरबाट यहाँका नागरिकले प्रत्यक्ष लाभ लिएको समेत बताउनुभयो । आर्थिक अवस्था कमजोर भएर उपचार गर्न समस्या भएका नागरिकलाई समेत लक्षित गरेर शिबिर आयोजना गरिएको खाँचिकोट स्वास्थ्य चौकिमा अर्घाखाँची अस्पतालको प्राविधिक सहयोगमा भएको स्वास्थ्य चौकी ईन्चार्ज प्रेम चन्द्र बि क ले जानकारी दिनुभयो ।
हरि कुँवर , अर्घाखाँची । चौथो अर्घाखाँची प्रीमियर लिग टि-२० क्रिकेट प्रतियोगिताको उपाधी इलाभेन ब्रदर्श डिभर्नाले जितेको छ । अर्घाखाँची क्रिकेट संघको आयोजना चौथो अर्घाखाँची प्रीमियर लिग टि-२० क्रिकेट प्रतियोगिता सन्धिखर्कमा मंगलबार सम्पन्न गरेको हो । आठौं दिन राेयल सन्धिखर्क लाई ८७ रनले पराजित गर्दै इलाभेन ब्रदर्श डिभर्ना १२१ रन लिएर प्रथम भएको हो । क्रिकेट प्रतियोगितामा पुष्प वारीयर्स टिमका खेलाडी सागर चौहान १४७ रन लिएर बेस्ट ब्याटमेन भएका हुन । यस्तै रोयल सन्धिखर्क टिमका विजय भट्टराई १४ विकेट लिएर बेस्ट बलर भएका थिए । चार टिम मध्य प्रथम इलाभेन ब्रदर्श डिभर्ना र दोस्रो रोयल सन्धिखर्क टिम भएको हो । अर्घाखाँची…
दाङ । चार वर्षकी नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दाङबाट एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका-१८ का ३४ वर्षीय बिराज लम्साल रहेका जिल्ला प्रहरी कार्यालय दाङले आज जारी गरेको सूचनामा उल्लेख छ । जिल्लाको बंगलाचुली गाउँपालिका-८ मा मदजुरी काम गर्दै आएकी नाबालिकाकी आमाले उजुरी दिएपछि लम्साललाई पक्राउ गरिएको हो। सोही स्थानमा मै काम गर्ने क्रममा नाबालिकालाई १० रुपैयाँको नोट दिएर नजिकै रहेको खरबारीमा लिएर ललाईफकाई जबरजस्ती करणी गरेको पीडित बालिकाकी आमाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।
काठमाडौं। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार पद तथा गोपनीयताको शपथ लिदैँ छन् पौडेलको शपथग्रहण राष्ट्रपति निवास शीतलनिवासमा हुनेछ । उनलाई सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनेछन् । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल देशको तेस्रो राष्ट्रपतिका रूपमा निर्वाचित हुँदा उनले एमाले उपाध्यक्ष सुवास नेम्वाङलाई पराजित गरेका थिए ।
काठमाडौं । चालु आर्थिक वर्षको सात महिनाको अवधिमा रू छ खर्ब ८९ अर्ब ८८ करोड बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको सात महिनाको विवरण अनुसार विप्रेषण आप्रवाह २७ दशमलब एक प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह चार दशमलब चार प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६ दशमलब चार प्रतिशतले वृद्धि भई पाँच अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह पाँच दशमलब तीन प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ५७ दशमलब तीन…
काठमाडौं । सिन्धुलीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। फिकल गाउँपालिका–४ कुइभिरडाँडामा आइतबार बिहान बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। ओखलढुङ्गाबाट काठमाडौँ आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस ‘ब्रेक’ फेल भएर दुर्घटना भएको प्रहरीले बताएको छ ।
पाल्पा । पाल्पामा टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। पाल्पाको माथागढी गाउँपालिका–६, गोठादी चिलेपानीमा भएको टिपर दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु भएको हो । गोठादीबाट रहवासतर्फ जाँदै गरेको लु २ ख ११९६ नम्बरको टिपर दुर्घटना हुँदा सोही टिपरका चालक ४० वर्षीय विष्णु गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए । थप अनुसन्धान भैरहेको प्रहरी श्रोतले जनाएको छ ।
दाङ । राष्ट्रिय अपाङ्ग संघगठन नेपाल लुम्बिनी प्रदेशको प्रथम सम्मेलन दाङमा सम्पन्न भएको छ । नेकपा एमाले निकट राष्ट्रिय अपाङ्ग संघगठन नेपाल लुम्बिनीको सनिवार सम्पन्न सम्मेलनले हेमनाथ ज्ञवाली नेतृत्वमा ३१ सदस्यीय थप्ने गरि कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेकाे हो । जसको उपाध्यक्षमा फर्सुराम पाण्डे उपाध्यक्ष महिला भविसरा घर्ती मगर सचिव कमल प्रसाद ढुंगाना सहसचिव शिला घिमिरे काेषाध्यक्षमा शिव घर्ती लाई सर्वसम्मत चयन गरेको हो । सदस्यमा कमला परियार , बिष्णु प्रसाद भट्टराई , शुसिला भण्डारी ,दिप ब. चन्द्र ,मुना नेपाल , दोम कुमारी कडेल ,तेज ब. राना, दया राम चौधरी , सन्दीप भट्टराई , मनोज पङ्गेनी, पवन आचार्य ,निखीराम डागी,…
अनिल नेपाली, अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र शितगंगा नगरपालिकाकाे बैठक सम्पन्न भएको छ । पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज ठाकुर कुमार बिक “किशोर”ले मन्तब्य राख्दै विकले देशमा परिवर्तनको नेतृत्व गरेर देशमा सघिय लाेकतान्त्रिक गणतन्त्र सहितको सविधान जारी भएको अबस्थामा देशमा देशी विदेशी शाक्तीले चलखेल गरेर माओवादी लाई अपराधीकाे बिल्ला भिराएर माओवादी लाई कमजोर पार्ने परिवर्तन विराेधी शक्ति लागेको बताउदै माओवादीले सहिद परिवार घाइते परिवार अपाङ्ग परिवार जहिले पनि साथमा लिएर जानुपर्ने बताउदै माओवादी प्रति जनताको आशा अपेक्षा बढि रहेकोले माओवादी निरन्तर रूपमा जनतासँग जाेडिएर विकास र समृद्धिकाे यात्रा सगै गनुपर्ने बताए। एक फरक प्रसगमा नेता विकले बर्तमान…
अर्घाखाँची । नेकपा एमाले मालारानीको मिसन ग्रासरूट कार्यक्रममा ९ जना पार्टी प्रवेश गरेका छ्न । नेकपा एमाले मालारानी- ३ खनदह वडा कमिटीको आयोजनामा सनिवार मिसन ग्रासरूट कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरि धर्मगत खनाल, मिना खनाल,तारा प्रसाद खनाल,मिरा खनाल,लगायत ९ जना नेकपा एमाले पार्टी प्रवेश गरेका हुन । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य जीवनारायण कोइराला नेकपा एमाले जिल्ला सचीव तोज बहादुर रायमाझी लगायतले टीका माला लगाइ पार्टी प्रवेश गराएका थिए । वडा कमिटी अध्यक्ष दण्डपाणि पोखरेलको अध्यक्षता नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य जीवनारायण कोइरालाको प्रमुख अतिथित्यतामा सम्पन्न भएको कार्यक्रममा महत्त्वपूर्ण निर्णय समेत भएको एमाले मालारानी गाउँपालीका कमिटी कार्यालय सचिव…