नेपाल राज्य संवाददाता
अर्घाखाँची– प्रदेश सांसद रामजीप्रसाद घिमिरेले अर्घाखाँची प्रदेशसभा (२) २ बाट दोस्रो पटक निर्वाचित भएपछि अबको पहिलो प्राथमिकतामा राखेर अर्घाखाँची अस्पताललाई ५० वेडको बनाउन भुमिका खेल्ने बताए । प्रदेश सरकारबाट अस्पतालको ५० वेडको स्वीकृत भैसकेको छ ।
अब भौतिक संरचना निर्माण गरेर विशेषज्ञ डाक्टर सहितको सुविधा उपलब्ध गराउने उनले बताए । बुटवलमा हुने स्वास्थ्य सेवा जिल्लामै गराउने आफ्नो पहिलो ध्यान रहेको घिमिरेले बताए । ५० वेडको अस्पतालमा ९ जना विशेषज्ञ डाक्टर रहने व्यवस्था छ ।