बुटवल ।
रास्वपाका सभापति रवि लामिछानेको पक्राउबारे राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले समर्थन गरेका छन् ।
लामिछानेको गिरफ्तारी सहि भएको बताउदै उनले कानुन सबैको लागि समान भएको जिकिर गरेका हुन् । सत्य र तथ्यको आधारमा निष्पक्ष छानबिन गरेर कारबाही गरिनु पर्ने विज्ञप्ति मार्फत बताएका हुन् ।
थप हाइप्रोफाइल समावेश भएको हुनसक्ने बताउदै निष्पक्ष छानबिन गरेर कारबाही गर्न माग गरेका छन् ।