Author: नेपाल राज्य
अर्घाखाँची । नेकपा एमाले सन्धिखर्क नगर कमिटीकाे अध्यक्षमा कुशल भुसाल निर्वाचित भएका छन् । नेकपा एमाले सन्धिखर्क नगर कमिटीकाे दाेस्राे अधिवेशनबाट कुशल भुसालको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी सर्वसहमत निर्वाचित गरेको हो । शुक्रबार सन्धिखर्कमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा नारायण खड्का, सचिवमा तुल्सीराम रायमाझी, उपसचिवमा डिलाराम बन्जाडे र आशा परियार लाई निर्वाचित गरेको थियो ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । शुक्रबार लामिछानेलाई उनको पार्टी मुख्यालय बनस्थलीबाट सीआईबीको टोलीले पक्राउ गरेको हो । सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएसँगै उनी पक्राउ परेका हुन् । सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्धा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको थियो। रबि लामिछाने विरुद्ध जारी भएको पक्राउ पुर्जी:
कमला घिमिरे , पाणिनी अर्घाखाँची । नेपाली कांग्रेस जिल्ला सचीव अचुत गौतमले मान्छे असल कर्मले पवित्र हुने बताएका छन् । नेपाली कांग्रेस पाणिनी गाउँपालिका स्तरीय भेटघाट तथा अन्तर्क्रीया कार्यक्रममा बोल्दै मान्छे असल कर्मले हुने हुँदा पहिला कर्म गरेर मात्र आफुले अधिकार खोज्न आग्रह गरेका हुन् । सचीव गौतमले भने पाटिको काममा सधै सक्रिय भएर लाग्नु भनेको पदको आसा गर्नु होइन पद आफैं खोज्दै आउछ । म सत्य बोलिरहेको छु दियो ज्यानले पार्टीलाई माया गर्छु । उनले पार्टी भित्रको क्रियाकलापले पार्टी सकिन्न नदिन सफा नियतको कर्मले ईश्वर खुशी हुन्छ्न् अनि देखावटी र ढोंगीपनले मान्छेहरू आफैं सकिने प्रष्ट पारेका थिए ।
बुटवल । मुख्यमन्त्री चेतनारायण आचार्यले प्रहरी संगठनलाई थप बलियो बनाउन बदलिँदो परिवेशअनुसार रुपान्तरण गर्नुपर्ने बताएका छन् । ६९औं प्रहरी दिवसका अवसरमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा उनले बढ्दो अपराधलाई न्यूनीकरण गर्न समयअनुसार प्रहरी सङ्गठनलाई प्रविधियुक्त बनाउँदै रुपान्तरणको आवश्यकता रहेको औंल्याएका हुन् । ‘अपराधका घटनाहरु बृद्धि भएका छन् । चुनौतीहरु थपिएका छन् । हाम्रो प्रहरी सङ्गठन बदलिँदो परिवेशअनुसार आफूलाई पनि रुपान्तरण गरेर जनहितको रक्षाका निम्ति केन्द्रित गरेर अघि बढ्नु पर्नेछ’, मुख्यमन्त्री आचार्यले भने, ‘प्रहरीले मुलुकमा शान्तिसुरक्षा कायम गर्न, बढ्दो अपराधलाई न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेलेको छ । बदलिँदो परिवेशअनुसार समाजमा हुने अपराध न्यूनीकरण गर्न आधुनिकीकरण गरेर अघि…
धनगढी । डडेल्धुरामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। घटनास्थलमा बुधबार बिहान ११ बजे थप एकजनाको शव फेला परेकाे थियाे । याे सँगै मृतकको संख्या पाँच पुगेको हो। बैतडीको पुर्चौडी नगरपालिका–१० की ६० वर्षीया गोवणी महराको शव घटनास्थलबाट निकालिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएकाे छ । उनका अनुसार खोज तथा उद्धारका क्रममा उनको शव आज बिहान ११ बजेतिर मात्रै फेला परेको हो। कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौडीका लागि छुटेको पवनदुत यातायातको ना ८ ख १०७८ नम्बरको बस राति साढे १२ बजे डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु भएका अन्य चारजनाको पनि यसअघि नै सनाखत…
भुतपुर्व विद्यार्थी समाज बाँगीको १९ ओैं वार्षिकोत्सब तथा अन्तक्रिर्या कार्यक्रम सम्पन्न
वावुराम रसाइली ,अर्घाखाँची । भुतपुर्व विद्यार्थी समाज मालारानी गाउँपालिका वडा नं. ५ बाँगीकाे आयाेजनामा शान्ति माध्यमिक विद्यालयमा एक भव्य समाराेहका विच विद्यालयकाे शिरविन्दुका लागि सराेकारवालाहरुकाे भूमिका विषयक अन्तक्रिर्या कार्यक्रम शान्ति मावि बाँगिमा सम्पन्न भएकाे छ । कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा पुर्व राष्ट्रिय सभा सदस्य चन्दबहादुर खड्का (उज्ववल) काे प्रमुख आतिथ्यता, विद्यालयका प्रधानाध्यापक मान बहादुर पाण्डे, ५ नं. वडा कावा अध्यक्ष हुम बहादुर महतकाे विशिष्ट आतिथ्यता, पुर्व वडा अध्यक्ष शाेभाखर भुसाल, विद्यालयका सहायक प्र.अ. माधव प्रसाद पन्थी, भपु विद्यार्थी समाजका अध्यक्ष गणेश खनाल, जिल्ला खेलकुद विकास समिति अध्यक्ष तथा पुर्व विद्यार्थी विष्णु क्षेत्री, वडा सदस्य ऋषि पन्थी, मधु खनाल,…
दसै शुभकामना : “समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’को साझा सङ्कल्प पूरा हुन्छ” : मन्त्री आचार्य
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विजयादशमी पर्व–२०८१ ले ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’को साझा सङ्कल्प पूरा गर्न थप ऊर्जा मिल्ने विश्वास व्यक्त गरेका छन् । बडादसैँ–२०८१ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले प्रदेश सरकारले समृद्धि, विकास, सुशासनको चाहना पूरा गर्ने अभियानमा आफ्नो भूमिकाहरू अगाडि बढाइरहेको सन्दर्भमा बडादसैँले त्यसमा थप ऊर्जा थप्ने विश्वास व्यक्त गरे । मुख्यमन्त्री आचार्यले नेपाली मौलिक सांस्कृतिक पर्वहरूले एकता र पहिचानलाई अक्षुण्ण राख्न महत्वपूर्ण योगदान गरिरहेको स्मरण गर्दै यस प्रकारका चाडपर्वको संरक्षण एवं सम्वर्द्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्दै आएको समेत उल्लेख गरे । ‘यस पर्वले…
काठमाडौं । बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै सुरु भएको छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ। टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः३६ बजेको साइत उत्तम रहेको जनाएको थियो । विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापेर मनाइदै छ ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्। शुभकामना सन्देशमार्फत उनले आसुरी प्रवृत्तिमाथि सत्यको विजयको प्रतीक महान् चाड विजया दशमीको दिनमा नवदुर्गा भवानीको प्रसाद टीका, जमरा र आशिर्वाद मान्यजनबाट ग्रहण गर्ने उल्लेख गर्दै उनले दसैँको अवसरमा मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गरेका छन्। ‘विजया दशमी, २०८१ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिका लागि राष्ट्रको कल्याणका लागि दुर्गा भवानीसँग प्रार्थना गर्दै मुलुकमा स्थायित्व, सुशासन र समृद्धिको कामना गर्दछु,’ पौडेलद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ।
नवराज घिमिरे, दाङ । इन्टरनेट सेवाप्रदायक कम्पनी वाईफाई नेपालले दाङको तुलसीपुरमा सेवा विस्तार गरेको छ । नेपालकै सवै भन्दा सस्तो इन्टरनेट प्याकेजका साथ बजारमा आएको यो कम्पनीले आफ्नो सेवा विहिबार (घटस्थापना) देखि औपचारिक रुपमा तुलसीपुरमा पनि सुरु गरेको हो । अब तुलसीपुरका प्रयोगकर्ताले वाईफाई नेपालको ५० र ८० एमबीपीएस गतिको इन्टरनेट प्याकेज खरिद गर्न सक्नेछन् ।कम्पनीले मासिक ३३३ रुपैयाँमा ५० एमबीपीएस र मासिक ५०० रुपैयाँमा ८० एमबीपीएस गतिको इन्टरनेट प्याकेज उपलब्ध गराइरहेको छ । विहिबार कम्पनीका सेल्स तथा मार्केटिङ प्रमुख हरि गुरुङ्ले विपि चोकमा तुलसीपुर शाखाको उत्घाटन गर्दै तुलसीपुर आसपासका उपभोक्तालाई उच्च गुणस्तर र सस्तो दरमा इन्टरनेट प्रदान गर्ने प्रतिवद्धता…
