हरि कुँवर, अर्घाखाँची ।
नेपाल पत्रकार महासंघ अर्घाखाँचीका नवनिर्वाचित अध्यक्ष गणेश खनालले पूर्णरूपमा जनताको पक्षमा काम गर्ने बताएका छन् ।
बिहीबार सन्धिखर्क नगरपालिकाले नेपाल पत्रकार महासंघ अर्घाखाँचीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष खनालले जिल्लाका सक्रिय पत्रकारको प्रशंसा गर्दै पत्रकार जनताको सेवामा लाग्दा लाग्दै कुनै बाधा, व्यवधान, अड्चन, अप्ठ्यारो उत्पन्न भए जिल्ला पत्रकार महासंघ त्यसको समाधानका लागि तयार रहने बताएका हुन् ।
अध्यक्ष खनालले पत्रकार सधै लोकतन्त्र, सत्य र जनताको पक्षमा रहेकोले कमप्रमाइज शब्द नरहने बताए ।
खोजमूलक ,जनताको भरोसा र जिम्मेवारपूर्ण पत्रकारिताबिना विकास र समृद्धिको यात्राको संवाहक हुन नसक्ने तर्फ सबै सचेत हुनुपर्ने बताउदै गलत गर्ने लाई नछाड्ने प्रतिबद्धता समेत व्यक्त गरेका हुन् ।