हरि कुँवर
अर्घाखाँची– २०६४ देखि निरन्तर चुनावमा निर्वाचित हुँदै आएका एमाले सचिव टोपबहादुर रायमाझीको मंसिर ४ गतेको चुनावमा ५ हजार बढी लोकप्रिय मत पाएका छन् । निर्वाचन आयोगका अनुसार एमालेको समानुपातिकमा ३७ हजार ४ सय ५० मत आएको छ भने प्रतिनिधिसभा सदस्यमा रायमाझीको ४२ हजार ६ सय ७५ मत छ ।
एमाले पाटीको भन्दा उनको लोकप्रियताको व्यक्तिगत मत ५ हजार २ सय २५ मत रायमाझीले पाएका छन् । जिल्लामा सामानुपातिकमा एमाले पहिलो दल बनेको छ । २०६४, २०७०, २०७४ र २०७९ को चुनावमा उनले सधै पाटीको भन्दा लोकप्रिय मत पाएका छन् ।