Author: नेपाल राज्य

अर्घाखाँची । अर्घाखाँची जिल्लाको अर्घा धरमपानी , ऐतिहासिक, धार्मिक, र सांस्कृतिक दृष्टिले महत्वपूर्ण गन्तव्य भनेर परिचीत छ । यो क्षेत्र स्थानीय रूपमा आफ्नै विशिष्टता र पहिचानले चिनिन्छ। “अर्घा” र “धरमपानी ” नामले नै यसको ऐतिहासिक महत्त्वलाई झल्काउँछ। अर्घा धरमपानी, अर्घाखाँची जिल्लाको एक महत्त्वपूर्ण ठाउँ हो, जुन पहाडको हरियाली बीचमा अवस्थित छ। यहाँको प्राकृतिक सौन्दर्य र शान्त वातावरणले आगन्तुकलाई आकर्षित गर्छ। अर्घा जुन गाउँ नेता उत्पादन गर्ने स्थानको रुपमा पनि चिनिन्छ । अर्घा दरबार अर्थात् अर्घा भगवती मन्दिरमा १० फिटको बेसमा, २१ फिटको भगवतीको मूर्ति राखिएको छ । “मिसन ग्रासरुट अभियान” कार्यक्रमका लागि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आएका…

Read More

काठमाडौं । विभिन्न अन्तर्राष्ट्रिय खेलमा पदक विजेता खेलाडीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानित गर्ने भएका छन् । पुस २३ गते (मंगलबार) बिहान १० बजे बालुवाटारमा एक कार्यक्रम गरी प्रधानमन्त्रीले खेलाडीलाई सम्मानित गरि पुरस्कृत गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Read More

हरि कुँवर , अर्घाखाँची । अर्घाखाँची जिल्ला उद्योग वाणिज्य संघले छैठौं अर्घाखाँची महोत्सवको काम तीब्र रुपमा अगाडि बढाएको छ । संघले सोमबार पत्रकार सम्मेलन मार्फत पौष २९ गते देखी माघ १२ गतेसम्म कुडुलेफाँटमा छैठौं अर्घाखाँची महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका मुख्य मन्त्री चेतनारायण आचार्य द्वारा हुने बताएको हो। “कृषि, पर्यटन, उद्योग र व्यापार स्थानीय उत्पादनको प्रयोग रोजगारीको मुख्य आधार ” भन्ने नारासहित सञ्चालन गरिने महोत्सवले विशेषगरी स्थानीय उत्पादन, जिल्ला को पहिचान , कृषि उत्पादन अभिवृद्धि, पर्यटन प्रवर्द्धन अर्घाखाँची बासीको हितमा हुने ३ सय ५० स्टल रहने अर्घाखाँची उद्योग वाणिज्य संघ अध्यक्ष प्रदिप मिश्रले बताए । अर्घाखाँची उद्योग वाणिज्य संघले विभिन्न समय…

Read More

हिम जिसि लेकाली, अर्घाखाँची । रिटर्नी फेडेरेसन नेपाल अर्घाखाँचीकाे दाेस्राे जिल्ला अधिवेशन मदन आश्रीत स्मृति भवन सन्धिखर्कमा शनिवार सम्पन्न भएको छ । संगठनका अध्यक्ष मित्रमणि मिश्रकाे अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय परिषद सदस्य नरेन्द्र कुमार क्षेत्रीले शुभकामना ब्यक्त गर्दै युवाहरू नै देशकाे मुख्य शक्ति भएकोले उनिहरू उत्पादन कार्यमा लागि स्वदेशमै बस्ने वातावरण सिर्जना गर्नु पर्ने बताउनु भयाे । उहाँले अहिले पार्टी र सरकारलाई चाैतर्फि हमला भैरहेकाे स्थितिमा ,जनतालाई भ्रम पैदा गर्ने झुट्टा खबरहरूलाई चिर्दै त्यास्ता सामाजिक सन्जालमा आउने गलत समाचारकाे भण्डाफाेर गर्न आग्रह गर्नुभयाे । कार्यक्रममा पार्टीका अध्यक्ष पिताम्वर भुसालले रिटर्नी फेडरेसन नेपाल अर्घाखाँची नेपालकै उत्कृष्ट…

Read More

हरि कुँवर, अर्घाखाँची । साथी बहुउद्देश्यीय सहकारी द्वारा बरिस्ठ पत्रकार बिरेन्द्र केसी सम्मानित भएका छन् । साथी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड को चाैथाे वार्षिक साधारणसभाकाे अवसरमा साथी सहकारीको गतिविधिकाे उत्कृष्ट समाचार सम्प्रेषण गरेको भन्दै कान्तिपुर दैनिकका उपसम्पादक एवम् अर्घाखाँची जिल्लाका बरिस्ठ पत्रकार वीरेन्द्र केसीलाई सम्मान गरिएको छ । यस कार्यक्रममा लुम्बिनी प्रदेश सांसद रामजीप्रसाद घिमिरेले सम्मान गरेका हुन् । केसी दुई दशकदेखि पत्रकारितामा क्रियाशिल छन् । पत्रकारिता पेशा मर्यादा, जवाफदेहिता र उत्तरदायित्वसहितको पेशा हो तर पछिल्लो समय पत्रकार लाई हेर्ने नजर अलि भिन्न किसिमको पाइने प्रवृत्ति बढेको छ । तर केसीले आफ्नो पत्रकारितामा कसैको र कुनै किसिमको रंग मिसावट गरेनन्…

Read More

कमला घिमिरे , अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा -५ मैदानको वडा स्तरीय भलिबल प्रतियोगिता शुरु भएको छ । स्वास्थ्यको लागि खेलकुद रास्ट्रको लागि खेलकुद भन्ने मुल नाराका साथ आयोजना गरिएको पाणिनी गाउँपालिका वडा नम्बर -५को आयोजनामा वडा स्तरीय भलिबल प्रतियोगिता कार्यक्रमको उद्वघाटन गर्दै गाउँपालिका उपाध्यक्ष नर्मदा गौतमले खेल भनेको मनोरञ्जन मात्र नभई शरीर तन्दुरुस्त हुनुका साथै खेलले आफ्नो स्वाभिमान पनि चिनाउने कुरा व्यक्त गरिन । त्यस्तै गौतमले लुम्बिनीमा बलिबल खेलको राम्रो सम्भावना रहेको र यही खेलले जिल्ला हुदै राट्रलाई चिनाउने समेत बताइन् । खेल र खेलाडीहरु को लागि पालिका बाट सक्दो सहयोग हुने बताइन् । कार्यक्रममा वडा-५ का…

Read More

अर्घाखाँची । शान्ति मा.वि बाँगीले हिँउदे विदा दिने भएको छ । मालारानी गाउँपालिका -५ बाँगीको शान्ति माध्यमिक विद्यालयले पुष २१ गते आइतबार देखि लागु हुने गरि माघ ९ गते बुधबार सम्म हिँउदे विदा दिने भएको हो । अर्को सूचना नभए सम्म हिँउदे विदा दिएको स.प्रधानाध्यापक माधव प्रसाद पन्थीले जानकारी दिएका हुन ।

Read More

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणका काम चैत मसान्तभित्र सम्पन्न गर्न निर्देशन दिएको छ । महामन्त्री गगन थापाको संयोजकत्वमा रहेकाे क्रियाशील सदस्यता व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले कार्यतालिका बनाएरै चैतभित्र क्रियाशील सदस्यता नवीकरण सक्न मातहत निकायहरूलाई निर्देशन दिने निर्णय गरेको हो । यस्तै नयाँ क्रियाशील सदस्यता वितरणका लागि वैज्ञानिक प्रक्रिया अबलम्बन गर्न जातजाति, जनसंख्या, लिंग, पार्टीले प्राप्त गरेको मतको प्रतिशत सन्तुलन हुने गरी प्राविधिक र विज्ञहरूको सहयोगमा समितिले अध्ययन गरी आवश्यक निर्णय लिने भएको छ । यस्तै डोल्पामा कार्यवाहक सभापतिमार्फत् क्रियाशील फारम र कार्ड पठाउने निर्णय पनि समितिको छ । कांग्रेसमा महामन्त्री थापाको संयोजकत्वमा केन्द्रीय सदस्यहरू सीता गुरूङ, योगेन्द्र…

Read More

अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँची लाई जिल्लामा “एक नम्बर” बनाउने कसरत सुरु गरिएको छ । मिसन ८४ अन्तरगत राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीले पुस र माघ महिनाभित्र हरेक पार्टी सदस्यले कम्तिमा एकजना नयाँ सदस्य थप्ने गरि अभियान शुरु गरेको छ । यस अभियानले जिल्लामा “एक नम्बर” पार्टी बनाउने कसरत सुरु भएको हो । अर्घाखाँची जिल्ला सभापति हरिप्रसाद भुसालले यस अभियानको महत्वलाई जोड दिँदै भने “हामी सबैले आफ्नो जिम्मेवारीलाई गम्भीरताका साथ लिने हो भने, यो अभियानले पार्टीलाई थप सशक्त बनाउनेछ । जिल्लामा तेस्रो शक्तिको रुपमा देखिएको राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो नम्बर आउन कसैले रोक्न नसक्ने बताए । गत चुनावमा राष्ट्रिय स्वतन्त्र…

Read More

नेपाल राज्य संवाददाता-अर्घाखाँची । पाणिनी गाउँपालिकाको पणेनामा लघु उद्यमशिल तालिमको सुरुवात भएको छ । शिप विकास गरेर स्वरोजगार बनाउने उद्देश्यसहित तालिम आयोजना गरिएको हो । पुष २४ गतेसम्म चल्ने कार्यक्रम पालिकाको उद्योग विकास शाखाको आयोजनामा स्थानीय कच्चापदार्थको प्रयोगलाई प्राथमिकता दिएर विभिन्न किसिमका वस्तु उत्पादनमा तालिम केन्द्रीत बनाइएकाे पालिकाले जनाएको छ । सीप सिकाएर स्वरोजगार बनाउने र आय आर्जन हुने किसिमले काममा लगाउने तालिमको मुख्य उदेश्य रहेको छ । गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले कार्यक्रमको उद्घाटन गर्दै उत्पादन प्रमुख प्राथमिकता भएको भन्दै यो कार्यक्रमले बेरोजगार युवायुवती सबैले फाइदा लिने बताएका छन् ।

Read More